काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले कार्यभार सम्हालेको पहिलो दिनमै प्रहरी कर्मचारीका लागि महत्वपूर्ण निर्णय गरेका छन् ।
आईजीपी खापुङको अध्यक्षतामा बसेको नीति समन्वय समिति (पीसीसी) को बैठकले बहालवाला तथा अवकाशप्राप्त प्रहरीको लागि किरियापुत्री भवन निर्माण गर्ने निर्णय गरेको हो ।
प्रारम्भिक चरणमा महाराजगञ्जस्थित प्रहरी एकेडेमी परिसरमा रहेको जग्गामा भवन निर्माण हुने र आवश्यकताअनुसार अन्य प्रदेशमा पनि विस्तार गर्ने योजना रहेको प्रहरीले जनाएको छ ।
आईजीपी खापुङले बिहीबार बिहान फुली लगाएका थिए भने लगत्तै पदभार ग्रहण गरेका थिए ।

Facebook Comments Box
