काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले आफ्नो कार्यकालमा सकेको राम्रो गर्ने, तर नराम्रो नगर्ने बताएका छन् ।
गृह मन्त्रालयमा बिहीबार आयोजित दर्ज्यानी चिह्न सुशोभन समारोहमा आईजीपी खापुङले भने, ‘सकेको राम्रो गर्छु तर, नराम्रो चाहिँ गर्ने छैन ।’
‘स्वेच्छाले रोजेर प्रहरी बनेको उल्लेख गर्दै खापुङले भने, ‘मेरा सीमितता प्रति जानकार छु तर, राम्रो गर्ने प्रयास गर्नेछु ।’
तेह्रथुमको गाउँबाट निस्किएको आफ्नो यात्रा प्रहरी महानिरीक्षकसम्म पुगेको उल्लेख गर्दै खापुङले सकल दर्जाको हितको खातिर काम गर्ने बताए ।
गत १३ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई ३२ औं प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।
Facebook Comments Box
