एजेन्सी । मुम्बईको नालासोपारामा फेला परेको एउटा बुर्काले ढाकिएको शवले प्रहरीलाई अचम्ममा पार्यो। शव चिन्नै नसक्ने गरी चकू प्रहार गरिएको थियो र घटनास्थलमा कुनै प्रत्यक्षदर्शी थिएन।
सुराकसमेत हात नपरेको जस्तो देखिएको यो अन्धा हत्या प्रकरणपछि प्रहरीको सूक्ष्म अनुसन्धानले यस्तो कथा उजागर गर्यो, जसले पारिवारिक सम्बन्धको मर्यादालाई नै चकनाचुर पारिदियो।
घटनास्थलबाट बरामद यौन शक्ति बढाउने स्प्रे, प्रयोग गरिएको कण्डम र रगतले माखिएको चाकू नै यस गुत्थीको मुख्य प्रमाण बने। प्रहरी अनुसन्धानबाट खुलासा भयो कि हत्या भएकी महिला ३५ वर्षीया सायरा बानो थिइन्।
उनको आफ्नै भतिजा नजाबुद्दीन मोहम्मद सामी सँग करिब दुई वर्षदेखि अवैध सम्बन्ध रहेको खुलेको छ। स्रोतका अनुसार, सामीको हालै विवाह भएपछि उसले चाचीसँगको सम्बन्ध तोड्न र उनलाई आफ्नो जीवनबाट हटाउन योजनाअनुसार उनको हत्या गरेको हो।
योजनाअनुसार उसले सायरालाई सुनसान ठाउँमा बोलाउँछ र शारीरिक सम्बन्ध हुन्छ । त्यसपछि आफूसँगको सम्बन्ध तोड्नकै लागि उनको निर्ममतापूर्वक चकू प्रहार गरेर हत्या गर्छ।
हत्या गरेर भाग्न सफल भए पनि अपराध स्थलमा छुटेका प्रमाणले नै सामीलाई प्रहरीको फन्दामा पुर्याएको हो। अहिले उसलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।
