Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेका अभियुक्त राजन तिमल्सिना १६ वर्षपछि पक्राउ परेका छन् । पक्राउ परेका तिमल्सिना काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ मा लुकिछिपी बस्दै आएका थिए। उनलाई प्रहरीको निरन्तर अनुसन्धानपछि २०८२ असार २४ गते पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। मिति २०६५ पुस २ गते, काठमाडौं जिल्ला अन्तर्गतको तत्कालीन सुन्दरीजल गाविस वडा नम्बर ४ नयाँपाटी घर भएकी १४ वर्षीया एक किशोरीलाई “विवाह गर्ने” प्रलोभन देखाई तत्कालीन हाज्मा कम्पनी, सिन्धुलीमा कार्यरत पियन राजन तिमल्सिनाले भारत लगेका थिए। त्यसपछि उनलाई बेचबिखन गरिएको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ। पीडितको दिदीले काठमाडौं प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्, जसको…
जनकपुरधाम । सशस्त्र प्रहरी बल नेपाल ८ नं. गण धनुषाको टोलीले बुधबार धनुषाको लक्ष्मीनिया गाउँपालिका ७ स्थित ईट्टाभाट्टाको खाली धरमा लुकाइराखेको अवैध काजु बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल ८ नं. गण धनुषा जनकपुरबाट डिएसपी दिनेश शर्माको कमाण्डमा १५ जनाको टोलीले लक्ष्मीनिया गाउँपालिका–७ स्थित ईट्टाभाट्टाको खाली धरमा लुकाइराखेको अवैध काजु बरामद गरेको हो । सशस्त्रले बरामद गरेको अवैध काजु अन्दाजी १३ लाख २० हजार रुपैयाँ बराबरको रहेको छ । सशस्त्र प्रहरी बल नेपाल ८ नं. गणका गणपति एसपी निर्मल खड्का अनुसार अवैध काजु १३ क्विन्टल २० किलो बरामद भएको छ । बरामद अवैध काजु आवश्यक कारवाहीका लागि जनकपुर भन्सार…
काठमाडौं । रसुवामा बाढीको कारण फसेका नागरिकको उद्धार गर्न गएका सशस्त्र प्रहरी बलको एक जना सहायक हवल्दार भिरबाट खसेका छन् । गोसाईंकुण्ड गाउँपालिका- ३ लिङलिङमा उद्धारको लागि २ नम्बर गुल्मबाट गएका सहायक हवल्दार विशाल थापा भिरबाट लडेर घाइते भएका हुन् । २१ जनाको टोली गएकोमा थापा १० मिटर तल खोँचामा खसेका थिए । उनको टाउको र घुँडामा चोट लागेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनको प्राथमिक उपचारको लागि टिमुरे तर्फ स्ट्रेचरमा हालेर लगिएपनि अवस्था गम्भीर भएकोले नेपाली सेनाले हेलिकप्टर पठाउन लागेको छ । सेनाको हेलिकप्टरमार्फत ल्याएर सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा उपचार गराउने तयारी रहेको…
काठमाडौं । जनकपुरधाममा ससुरालाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ परेका छन् । धनुषा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका १५ का ६५ वर्षिय वासुदेव प्रसाद साहको हत्या आरोपमा पक्राउ परेका उनकै ज्वाइँ बेचन महासेठलाई पक्राउ गरी सार्वजनिक गरेको हो । लेनदेन विवादमा असार १८ गते वासुदेवलाई चक्कु प्रहार गरी ज्वाइँ फरार भएका थिए । धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले घरायसी विवादको कारण ज्वाइँले ससुरालाई चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए । प्रहरीले घटनास्थलबाट चक्कु र आरोपी चढ्ने प्रदेश ०२-००७ प. ९९३२ नम्बरको स्कूटर पनि बरामद गरेको हो । मतृतको श्रीमती शैल देवीले किटानी जाहिर दिएपछि उनलाई मंगलबार खजुरी…
महोत्तरी । महोत्तरीको गौशाला बजारका व्यापारीहरूबाट अवैध रूपमा मासिक रकम असुली गरेको आरोपमा ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी इन्सपेक्टर उत्तम सिंह भण्डारीसहित तीन जना प्रहरीलाई कारवाहीका लागि जनकपुरधाम तानिएको छ । मधेश प्रदेश प्रहरी कार्यालयको निर्देशनमा निरीक्षक भण्डारीसँगै प्रहरी जवान धिरज महतो र अर्जुन विश्वकर्मालाई समेत नेपाल प्रहरीको जनकपुरधामस्थित गणमा बोलाइएको हो । उनीहरूमाथि चेक अनादर सम्बन्धी मुद्दाका आरोपितहरूसँग आर्थिक लाभ लिएको, बिचौलियामार्फत प्रहरी परिसरमै नियमित रकम संकलन गरेको लगायतका गम्भीर आरोप लागेको छ ।
वीरगञ्ज । जलवायु परिवर्तनका कारण उत्पन्र खडेरीले तराई–मधेस क्षेत्रमा खानेपानीको गम्भीर अभाव सिर्जना गरेको छ। विशेषगरी पर्सा, बारा र रौतहट जिल्लाहरूमा अधिकांश चापाकल सुकेका कारण जनजीवन अत्यन्त कठिन बनेको छ। यसै सन्दर्भमा खानेपानीमन्त्री प्रदीप यादव आज आफ्नो गृहजिल्ला वीरगञ्ज पुगेर खानेपानी अभावको स्थलगत अवलोकन गरेका छन्। मन्त्री यादवले यस प्राकृतिक विपत्तिबाट पीडित नागरिकहरूप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै वीरगञ्जवासीको खानेपानी समस्या समाधानका लागि आफू स्वयं वीरगञ्ज महानगरपालिकाका विभिन्न प्रभावित क्षेत्र, वडाहरू, टोल तथा घर–घरमा पुगेर स्थलगत निरीक्षण गरेको बताएका छन्। उनले बारा र पर्साका जिल्लाहरूमा २३७ भन्दा बढी स्थानमा डिप बोरिङ सम्पन्न भए पनि पानीको समस्या पूर्ण रूपमा समाधान हुन नसकेको…
ललितपुरबाट १ अर्ब ५० करोडभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबारमा संलग्न २ भारतीय पक्राउ
काठमाडौँ । ललितपुरको सानेपाबाट अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न २ जनमा भारतीय नागरिक पक्राउ परेका छन् । १ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले सोमबार पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारतीय नागरिक रुपेश कुमार गुप्ता र बिपिन कुमार लाई पक्राउ रहेका छन् । पक्राउ परेकामध्ये गुप्ता भारतको बिहार राज्य मोतिहारीका स्थायी बासिन्दा हुन् भने कुमार पूर्वी चम्पारण, बिजबनीका हुन्। दुवै हाल ललितपुर सानेपामा बसोबास गर्दै आएका थिए । उनीहरुले राजतीर्थ ट्रेडर्स नाम गरेको किराना पसलको आवरणमा हुण्डीकाे समेत कारोबार गरेको पाइएको ब्युरोका सूचना अधिकारी युजराज खड्काले जानकारी दिए…
काठमाडौं । पछिल्लो समय दैनिकरुपमा ईभी गाडीको दुर्घटना भएको खबर आइरहन्छ । सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमहरूमा ईभी गाडीको दुर्घटनाको खबर आइरहँदा ईभी गाडीमै समस्या हो कि भन्ने सवाल पनि आइरहेका छन् । दुर्घटना त पहिले पनि हुन्थे र अहिले पनि भइरहेका छन् । दुर्घटना हुँदा मानवीय क्षति पहिलो समाचार र विषय बन्ने भएकाले अन्य सवारी दुर्घटना भन्दा मानवीय क्षति भएको सवारी दुर्घटनाको समाचार बढी बन्ने गर्छ । किनभने मानवीय क्षति वा घाइते नै पहिलो प्राथमिकता हुन्छ जसका कारण यात्रुवाहक सवारीसाधनको दुर्घटना नै अन्य सवारी दुर्घटनाभन्दा बढी चासो र चिन्ताको विषय बन्छ । पछिल्लो समय भएका दुर्घटनाहरूमा पनि यात्रुवाहक सवारीसाधनकै विषय बाहिर…
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक कुमार यादवलाई सर्लाही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि मधेस प्रदेशमा राजनीतिक तापक्रम अकस्मात् उच्च भएको छ। यादवले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई फोनमा गम्भीर अपशब्द प्रयोग गर्दै ‘गुण्डा’ भनेको अडियो सार्वजनिक भएपछि उनलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको थियो। यो घटनाले मधेसको राजनीतिक र सामाजिक वातावरण तताएको हो। एसपी खड्का प्रहरी सेवामा उच्च नैतिकता, पारदर्शिता र इमान्दारिताका लागि चिनिन्छन्। उनको विरुद्ध अहिलेसम्म कुनै भ्रष्टाचार वा विवादका आरोप प्रमाणित भएका छैनन्। तर यादवले स्थानीय प्रहरी प्रमुखलाई “गुण्डागर्दी”को आरोप लगाएपछि प्रहरीले उनलाई खोजीको सूचीमा राख्दै पक्राउ अभियान…
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता अशोक यादवले मधेश कुनै न कुनै दिन नेपालबाट अलग हुने बताएका छन् । सर्लाहीका एसपी योगेन्द्र कुमार खड्कालाई टेलिफोनमा धम्की दिएपछि उनीमाथि पक्राउ पुर्जी जारी भएको छ । लगत्तै फरार भएका यादवले आफूलाई मर्नदेखि डर नभएको बताएका छन् । पूर्वसांसद समेत रहेका यादवले भिडियो सन्देश सार्वजनिक गर्दै सर्लाहीका एसपी र डीएसपीले गुण्डागर्दी गरेको आरोप लगाएका छन् । भिडियोमा उनले भनेका छन्–‘मधेश कुनै न कुनै समय अलग हुन्छ । म रहुँ वा नरहुँ ।’ ‘जय बिहार, जय नेपाल, जय भारत’ भनेर भिडिओ सन्देश सुरु गरेका यादवले आफूलाई पक्राउ गर्नबाट जोगाउन भारतीय प्रहरी अधिकारीहरुसँग…