काठमाडौं । ‘जेनजी आन्दोलन’का कारण तीव्र बनेको राजनीतिक दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। पद छाडेपछि उनी राजधानी नजिकैको शिवपुरी जङ्गलमा नेपाली सेनाको कडा सुरक्षा घेराबन्दीमा बसिरहेको उच्च स्रोतले जनाएको छ ।
आन्दोलन चर्किएसँगै राजनीतिक वातावरण अस्थिर बन्दै गएपछि ओलीले राजीनामा दिन बाध्य भएको बताइन्छ। पद त्यागेपछि उनी कुनै सार्वजनिक कार्यक्रम वा राजनीतिक गतिविधिमा नदेखिएका कारण उनी शिवपुरी पुगेको पुष्टि भएको हो।
नेपाली सेनाले पूर्व प्रधानमन्त्रीको सुरक्षा संवेदनशीलता मध्यनजर गर्दै विशेष निगरानीमा राखेको बताइएको छ। सेनामार्फत् आवश्यक दैनिक सामग्री पुग्ने गरे पनि ओली सार्वजनिक सम्पर्कमा नरहेको स्रोतले जानकारी दिएको छ।
Facebook Comments Box
