काठमाडौं । मुलुकभरको सुरक्षा अवस्था केही संवेदनशील बनेसँगै देशभरका सम्पूर्ण प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई तत्काल आफ्नो कार्यालयमा सम्पर्कमा रहन निर्देशन दिइएको छ।
नेपाल प्रहरीका अनुसार पछिल्ला दिनमा देशका विभिन्न स्थानमा देखिएको तनावपूर्ण अवस्था र विध्वंसात्मक गतिविधिका कारण सम्पूर्ण सुरक्षाकर्मीलाई सतर्क रहन र तत्काल खटिन सक्ने तयारी गर्न आदेश दिइएको हो।
‘सुरक्षा संवेदनशीलताको मूल्याङ्कनका आधारमा सबै प्रहरीलाई आ–आफ्नो कार्यस्थलमा सम्पर्कमा रहन र आवश्यकता परे खटिन तयार हुन भनिएको छ,’ प्रहरी स्रोतले जनाएको छ।
जेनजीको आन्दोलनमा अधिकांश प्रहरी बिटदेखि कार्यालयहरु आगजनी हुनुकासाथै त्यहाँ कार्यरत कर्मचारी ज्यान जोगाउन अन्तै गएको हुनाले आजदेखि कार्यालयमा सम्पर्क भई उपस्थित हुन निर्देशन गरिएको हो ।
यसअघि राजधानी काठमाडौंलगायतका विभिन्न जिल्लामा लुटपाट, आगजनी र हिंसात्मक गतिविधि बढेपछि नेपाली सेना र अन्य सुरक्षा निकायहरू पनि परिचालन गरिएको छ।
सुरक्षा निकायहरूले नागरिकलाई अफवाहमा नपर्न, भीडभाड नगर्न र सहयोग गर्न आग्रह गरेका छन्।
