काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले कांग्रेस तत्काललै केपी ओली नेतृत्वको सरकारबाट बाहिरिनुपर्ने बताएका छन्। यो संकटको घडिमा कांग्रेस सरकारबाट बाहिरिनुको विकल्प नभएको बताए।
उनले भने, ‘संकट समाधानको लागि २०४६ पछिका राजनीतिक नेता, राजनीतिक नियुक्ति पाएका तथा राष्ट्रको सुबिधा लिएका राष्ट्र सेवकहरुको सम्पत्ति छानविन गरी भ्रष्टाचारमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने शक्तिशाली आयोग बनाउनु पर्दछ ।’
कांग्रेसका मन्त्रीहरु अहिले सामूहिक छलफलमा छन्।
Facebook Comments Box
