Author: Scoop Khabar

काठमाडौं । १६ वर्षीया किशोरीको अवैधानिक रूपमा गर्भपतन गराएको अभियोगमा महोत्तरीको बर्दिबासस्थित एक निजी क्लिनिकका सञ्चालक चिकित्सक पक्राउ परेका छन् । सर्लाही बलरा नगरपालिका–१ का स्थायी बासिन्दा तथा बर्दिबासको डीएन्बी मेडिकेयर सेन्टरमा कार्यरत ४१ वर्षीय डा. प्रविण मिश्रलाई बिहीबार पक्राउ गरिएको हो । उनलाई साउन ५ गते महोत्तरीको जलेश्वरस्थित जिल्ला अदालतबाट जारी भएको पक्राउ अनुमति पत्रका आधारमा पक्राउ गरिएको डीएसपी शैलेन्द्रकुमार भट्टले जानकारी दिए । उनीमाथि जबर्जस्ती करणीसहित गर्भपतनसम्बन्धी गम्भीर आरोप लागेको छ । प्रहरीका अनुसार मिश्रले १६ वर्षीया किशोरीको १० हप्ताको गर्भ अनधिकृत रूपमा पतन गराएका थिए । सो क्रममा अत्याधिक रक्तस्राव भएपछि ती किशोरी अचेत भएकी थिइन् ।…

थप

काठमाडौं । भारतबाट भागेर नेपाल आएका सुर्खेतको पञ्चपुरी नगरपालिका–८ का दिदीवहिनी १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सृजना कँडेल बिहीबार बिहान भक्तपुरको मध्यपुर ठिमी नगरपालिका– ८, बोडे, सिन्टिटारस्थित डेरामा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । उनीहरूले आत्महत्याअघि आफ्नै मोबाइल प्रयोग गरी सेल्फीमोडमा आत्महत्या तयारीका फोटो खिचेका थिए । एउटै डोरीमा पासो लगाएको अवस्थामा उनीहरूले मोबाइलबाट फोटो खिचेर त्यसै आधारमा टिकटक भिडियो बनाएका थिए । उनीहरू प्यासेजमा रहेको फलामको डन्डीमा नाइलनको डोरी बाँधेर डोरीको दुई भागमा एक–एकजना झुन्डिएको अवस्थामा भेटिएका हुन् । भिडिओमा ‘मरेर गए नि नतोडिने बन्धन माया हो‘’ भन्ने गीत प्रयोग गरिएको पाइएको छ । भक्तपुर प्रहरीले…

थप

एरिस्टोटल भनेका छन्– ‘हामी सामाजिक प्राणी हौं । सामाजिक हुनुको अर्थ समाजमा बस्छौं । समाजमा बसिसकेपछि त्यहाँ सामाजिक मुद्दा, विषयहरू हुन्छन् । त्यस विषयमा निर्णय कसले लिन्छ ? त्यो निर्णय लिने व्यक्ति वा संस्था नै नेतृत्व हो ।’ हो एरोस्टोटलका भनाइअनुसार गैर-आवासीय नेपाली संघ (एनआरएनए) जापानका निवर्तमान उपाध्यक्ष सुभाष लामिछाने अब एनआरएनए जापानको नेतृत्व लिन खोजिरहेका छन् । जबकी लामिछाने त्यस्ता व्यक्ति हुन्, जसको सामाजिक मुद्दा र विषयहरुमा राम्रो ज्ञान समेत छ । समाजमा हुने सामाजिक मुद्दा र विषयहरूमा राम्रो अनुभव बटुलेका युवा व्यवसायी तथा समाजसेवी लामिछानेले एनआरएनए जापानको २०२५-२०२७ कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।…

थप

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७७ जना प्रहरी सहायक निरीक्षक (असई) लाई प्रहरी नायव निरीक्षक (सई) मा बढुवा सिफारिस गरेको छ। बढुवा सिफारिस समितिको बुधबार बसेको बैठकले रिक्त सई पदमा बढुवा सिफारिस गरेको हो। हेर्नुहोस् बढुवा सिफारिस सुची

थप

काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) लोकराज भट्ट असार महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन् । भट्टले ट्राफिक व्यवस्थापनमा देखाएको सक्रियता, अनुशासन र कामकारबाहीमा पनि प्रभावकारिता देखिएकाले महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बाराअन्तर्गत मधेश प्रदेशका आठवटै जिल्लाका ट्राफिक कार्यालयहरूबाट प्राप्त मूल्यांकनमा भट्ट उत्कृष्ट ठहरिएको जनाएको छ । प्रहरी निरीक्षक भट्ट ट्राफिक व्यवस्थापन, ह्यान्डलिङ, आकस्मिक परिस्थितिमा चाँडो निर्णय क्षमता, जनसम्पर्क, सहकार्य र प्रभावकारी नेतृत्वद्वारा विशेष पहिचान बनाउन सफल भएको प्रमाणपत्रमा उल्लेख छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा तथा मातहतसमेतमा उत्कृष्ट ट्राफिक व्यवस्थापन सकिएको…

थप

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आरोपीहरुको तस्वीर तथा भिडिओहरु सार्वजनिक नगर्न प्रहरी कार्यालयहरुलाई परिपत्र गरेको छ । ५ साउनमा प्रहरी कार्यालयहरुलाई परिपत्र गर्दै प्रेस मिट गर्दा वा सञ्चारमाध्यम सूचना मेल गर्दा पनि पक्राउ परेका आरोपीहरुको कुनै पनि तस्वीर तथा भिडियो सार्वजनिक नगर्न भनिएको हो । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता तथा नायब महानिरीक्षक (डिआईजी) विनोद घिमिरेले पनि आरोपीको तस्वीर र भिडियोहरु सार्वजनिक नगर्न भन्दै परिपत्र गरिएको पुष्टि गरे । १९ असारमा महान्यायाधिवक्ता कार्यालयले आरोपितहरुको तस्वीर र भिडियो सार्वजनिक गर्न नहुने निर्णय गरेको थियो । उक्त निर्णयको जानकारी प्रहरी प्रधान कार्यालयलाई गराइएको थियो । सोही अनुरुप महान्यायाधिवक्ता कार्यालयको निर्णयपछि प्रधान कार्यालयले तस्वीर,…

थप

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी उपमहासचिव जनार्दन शर्मालाई जवाफ फर्काएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजना भएको कार्यक्रममा प्रचण्डले शर्माको नमै नलिई पार्टीभित्र सिँगौरी खेल्न दिएको बताएका हुन् । ‘भिन्न मतलाई दमन गर्ने मेरो कमजोरी होइन । मेरो कमजोरी उदार हुनु हो । मैलै बादल, किरणलाई कसैलाई पनि पार्टीबाट हटाएको होइन । अहिले केहि केहि साथीले सिँगौरी खेलेका छन् । मैले पार्टी कमिटी र परामर्श समितिमा आफ्ना मत राख्न दिएकै छु । योभन्दा बढी के हो जनवाद ?’, उनले प्रश्न गरे । शर्माले मङ्गलवार सोही…

थप

काठमाडौं । ललितपुरको चापागाउँका २६ वर्षीय रिनेश घिमिरेको आत्महत्या प्रकरणमा एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत १५ साउनमा घिमिरेले आफ्नो फेसबुकमा भावुक स्टाटस र तस्बिर पोस्ट गरेर आत्महत्या गरेका थिए । घिमिरेले लेखेका थिए, ‘बाउ–आमाको बुढेसकालको साहारालाई आज घाँटीमा पासो लगाउन बाध्य बनाउने तिमीलाई उज्वल भविष्यको शुभकामना अनि धेरै माया । अलबिदा ।’ स्टाटस लेखेको १५ मिनेटमै उनी चापागाउँको टौखेलस्थित आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । ललितपुरको महालक्ष्मीस्थानमा मोबाइल पसल सञ्चालन गर्दै आएका घिमिरेको आत्महत्याको कारण प्रेमिकासँगको मनमुटाव भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीका अनुसार, घिमिरेले फेसबुकमा…

थप

कास्की । पोखरामा झण्डै १० महिनाअघि सडकछेउमा फालिएको नवजात शिशुको शव प्रकरणमा संलग्न अभियुक्त बाबुलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका–५ स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका–९, नागढुंगा बस्दै आएका ३७ वर्षीय गोविन्द लामिछाने छन् । सुत्केरी व्यथा लागेकी श्रीमतीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउन लैजाँदा उनलाई प्रहरीले पक्राउ गरेको हो । ०८१ असोज १३ गते साँझ ५ बजे पोखरा–१४ चाउथेस्थित पृथ्वी राजमार्गको छेउमा जेब्रा झोलाभित्र फलाटिनको कपडाले बेरी, रातो गुलाबी रंगको ब्लाङ्केटमा बेरेर फालिएको नवजात शिशुको शव फेला परेको थियो । शवको पोस्टमार्टम गर्दा शिशुको टाउको र घाँटीमा गम्भीर चोट रहेको…

थप

काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले अडियो घुसकाण्डमा मुछिएका पूर्व सामान्य प्रशासन मन्त्री र बहालवाला भूमि सुधार मन्त्रीलाई तत्काल पक्राउ गरी छानबिन गर्न माग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै शाहीले नैतिकताको प्रश्न उठाउँदै उनले यस्तो माग गरेका हुन् । उनले यसबारे तत्काल कदम चाल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे । उनले भनेका छन्, ‘अलिकति मात्र नैतिकता बाँकी छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व सामान्य प्रशासन मन्त्री र बहालवाला भूमि सुधार मन्त्रीलाई पक्राउ गरेर हिरासतमा राखेर छानबिन गर्नुपर्छ।’ उनले खुला रूपमा घुस लिएको अडियो सार्वजनिक भइसक्दा पनि सरकारले ढाकछोप गर्न खोज्नुले प्रधानमन्त्री र उनको सचिवालयमाथि नै प्रश्न…

थप