Author: Scoop Khabar

काठमाडौं । प्रहरी प्रधान कार्यालयले कार्यसम्पादन क्षमता कमजोर भएका केही जिल्लाका प्रहरी प्रमुखहरु परिवर्तन गर्न खोजेको छ । गृह मन्त्रालयसँग समन्वय गरेर कार्यालयले जिल्ला कमाण्ड गरेका प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा तयारी गरेको हो । जिल्ला प्रहरी कार्यालय सर्लाही, मोरङ, धनुषा, बाँके, कन्चनपुर, रुपन्देही, मकवानपुरलगायतका एसपीहरुलाई परिवर्तन गर्न खोजेको हो । सर्लाहीका एसपी योगेन्द्रकुमार खड्काले खटाएका कतिपय चौकीका इन्चार्जहरुको घुस डिल गरेको भिडियो छताछुल्ल भएपछि उनको कमाण्ड कन्ट्रोलमा प्रश्न उठेको छ । पटकपटक निलम्बनमा परेका वैद्यनाथ दास, रामबालक यादव जस्ता जुनियर अधिकृतलाई चौकी इन्चार्जको जिम्मा दिएर खुलेआम तस्करीको लाइन चलाएको आरोप उनीमाथि छ । यस्तै मोरङका एसपी नारायण चिमरियाको बारेमा पनि…

थप

काठमाडौं । नेपालमा राष्ट्रिय अनुसन्धान विभागले गोप्य सूचना संकलन गरेर सरकारलाई उपलब्ध गराउने काम गर्छ । त्यसैले गुप्तचरी निकायलाई सरकारको आँखा, कान र दिमाग भन्ने गरिन्छ । गुप्तचरको सूचनाका आधारमा सरकार र सुरक्षा निकायले आवश्यक सावधानी र पूर्व तयारीको काम गर्छन् । जसकारण गुप्तचर निकायको काम, गतिवधि र कार्यक्रमस्थल सबै अत्यन्त गोप्य राखिन्छ । नेपालको कानुनमै गुप्तचरसम्बन्धी कुनैपनि गतिविधि, सूचना वा प्रतिवेदन सार्वजनिक गर्न निषेध छ । त्यसैले गुप्तचरको सूचनामा क्षति पुर्याउने वा चुहावट गर्ने कार्य राज्यविरुद्धको अपराध मानिन्छ । तर, पछिल्लो समय राष्ट्रिय अनुसन्धान विभाग अर्थात गुप्तचर निकायभित्रको गोपनियता र सूचनाको सुरक्षामाथि प्रश्न उठ्न थालेको छ । गुप्तचर निकायभित्रको…

थप

काठमाडौं । बागमती प्रदेशका चार जना मन्त्रीहरुले मुख्यमन्त्री बहादुर सिंह लामा तामाङलाई राजीनामा बुझाएका छन् । सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले राजीनामा बुझाएका हुन् । चारै जना मन्त्रीले मुख्यमन्त्री तामाङलाई विद्युतीय माध्यमबाट राजीनामा पठाएका छन् । विविध कारणले जिम्मेवारी बहस गर्न सक्ने अवस्था नरहेको भन्दै उनीहरुले आजकै मितिबाट लागू हुनेगरी राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् । राजीनामा दिएका चारै जना मन्त्री नेपाली कांग्रेसका हुन् । बागमतीका मुख्यमन्त्री तामाङ पनि कांग्रेसकै नेता हुन् । बागमतीमा कांग्रेसभित्रै मुख्यमन्त्री परिवर्तनको खेल…

थप

काठमाडौं । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक कुमार गौतमले विभिन्न सहकारीबाट लिएको करिब १९ लाख ऋण नतिरेको पाइएको छ । उनी एकीकृत समाजवादीको कोटाबाट जिसस प्रमुख बनेका हुन् । उनले सहकारीको ऋण तिर्न निकै अटेर गरिरहेका छन् । हाल विभिन्न सहकारी बचतकर्ताको बचत रकम अपचलन भई सहकारी संचालक थुनिरहेको अवस्थामा सरकारकै मातहतमा रहेका र राजनैतिक छत्रछायामा रहेका गौतमको कर्तुत बाहिर आएको हो । जिसस काभ्रेको प्रमुख नै यस्तो हर्कत गर्नसक्छन् भने अन्य सदस्यहरुबाट रकम असुली गरी बचत फिर्ता गर्न संचालकलाई गाह्रो परिरहेको अवस्था छ । गौतमले जेष्ट सहकारीलगायत अन्य सहकारीहरुबाट ऋण लिएर नतिरेको पाइएको हो । उनले पैसा तिर्दिन…

थप

काठमाडौंँ । गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेबीच आज कञ्चनपुरको मझगाउँ विमानस्थल पुनःनिर्माण एवं स्तरोन्नतिका विषयमा गृह मन्त्रालयमा छलफल भएको छ । विसं २०५६ यता बन्द रहेको मझगाउँ विमानस्थलको पुनःनिर्माण गरी चाँडो पुनः सञ्चालनमा ल्याउने विषयमा मन्त्री लेखक र पाण्डेबीच छलफल भएको हो । उहाँहरुसँगै बैठकमा नागरिक उड्डयन प्राधिकरण, कर्पोरेट निर्देशनालयका उपमहानिर्देशक इञ्जिनीयर बाबुराम पौडेललगायतको सहभागिता थियो । विमानस्थलको रन्वे निर्माण, टर्मिनल भवन निर्माण, विद्युत् विस्तारलगायतका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । “विमानस्थल पुनःनिर्माण चाँडो सक्ने र अस्थायी रुपमा सञ्चालन गर्ने विषयमा सरोकारवाल अधिकारीसहितको उपस्थितिमा छलफल भएको हो”, गृहमन्त्री लेखकका प्रमुख स्वकीय सचिव…

थप

काठमाडौं । यतिबेला जापानको गर्मीसँगै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA) जापानको चुनावी सरगर्मी पनि उत्तिकै बढेको छ । जुलाई २७ तारिक आइतबार हुने चुनावको लागी मिति तय भइसकेको छ । विभिन्न पदमा उम्मेदवारी दर्ता भइरहेका बेला क्षेत्रीय सह-कोषाध्यक्ष पदमा रमेश गिरीले आफ्नो नाम दर्ता गराएका छन् । जापानको एक प्रतिष्ठित आइटी कम्पनीमा कार्यरत गिरीले एनआरएनएलाई अब डिजिटलसँग जोड्न योगदान दिन सक्ने मुख्य एजेण्डासहित आफूले नाम दर्ता गराएको बताउँछन् । साथै गिरीले एनआरएनएको सिमित स्रोत,साधनबीच परिणाममुखी कार्यसम्पादनको प्रयोग अपरिहार्य रहेको र त्यसमा आफ्नो दक्षतालाई प्रयोग गरी संस्थाको आर्थिक कारोबार र महत्वपुर्ण अभिलेखहरू दस्तावेज गरि भण्डार गर्ने कामको लागी पनि…

थप

काठमाडौं । मान्छेबाट नै हुने हो गल्ती, कोहीले जानेर गर्छन् भने कोही अन्जानमा गर्छन् । त्यसैले एकपटकको गल्तीले जीवनमा सधैं पछाडि मात्र फर्केर हेर्नुपर्ने हुन्छ भन्ने होइन । तर, नेपाल प्रहरीका प्रहरी उपरक्षिक (एसपी) विमल बस्नेतको हकमा त्यहि लागू भएको देखिन्छ । ५ साउनमा गृह मन्त्रालयले ११ जना एसपीलाई बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गर्यो । तर, एक नम्बरमा रहेका एसपी बस्नेत योपटक पनि बढुवामा छुटे । २०७४ साउन २ गते प्रहरी नायब उपरीक्षक (डिएसपी)बाट एसपी हुँदा बस्नेत १० औं नम्बरमा बढुवा भएका थिए । त्यसयता एसएसपी बढुवा ५ पटक निस्कियो । ब्याचमेट सबै बढुवा भइसके, तर उनी एसपीमै छुटिरहेका…

थप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय अन्तर्गत केनाइन उपशाखा, जनकपुर विमानस्थलमा कार्यरत विष्फोटक पदार्थ खोज्ने तालिमप्राप्त कुकुर ‘मेसी’ साउन २ गतेदेखि औपचारिक रूपमा सेवानिवृत्त भएका छन् । जर्मन सेफर्ड जातको मेसीले नेपाल प्रहरी सेवामा ७ वर्ष ९ महिना २० दिनसम्म विभिन्न सुरक्षामूलक जिम्मेवारीमा सेवा दिएका थिए । उनले जनकपुर, वीरगञ्ज, सर्लाही, रौतहटलगायत स्थानहरूमा हुने कार्यक्रम तथा विशिष्ट व्यक्तिहरूको सुरक्षामा सक्रिय रूपमा खटिने गरेका थिए । प्रहरी कार्यालयका अनुसार मेसीले दर्जनौ संवेदनशील कार्यक्रम, सुरक्षासम्बन्धी अपरेसन तथा बमजस्ता शंकास्पद वस्तु पहिचानमा उल्लेखनीय योगदान दिएका थिए । उनको सूँघ्ने क्षमता, तालीम र अनुशासनका कारण उनी सुरक्षा व्यवस्थापनमा भरपर्दो सहयोगी सावित भएका थिए ।…

थप

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट तत्कालीन स्वतन्त्र उम्मेदवार प्रभु साहको टिमबाट निर्वाचित सांसद किरण साहविरुद्ध मत फिर्ता र पद खारेजको माग गरिएको छ । हाल नेकपा एमालेका सांसद साहका मतदाता राजकुमार साहले निर्वाचन आयोगमा औपचारिक निवेदन दर्ता गराउँदै सांसद पद खारेजको माग गरेका हुन् । राजपुर नगरपालिका–४ निवासी साहले निर्वाचन आयोगलाई बुझाएको निवेदनमा किरण साहले आफ्नो उम्मेदवारी चुनावताका दलहरूविरुद्ध प्रस्तुत गर्दै स्वतन्त्र हैसियतमा जनताको विश्वास जितेको तर पछि ती दलहरूमै फर्केर जनतामाथि धोका दिएको दाबी गरिएको छ । निर्वाचन आयोगमा दर्ता नं. ९९६ अन्तर्गत यो निवेदन पेस गरिएको हो । निवेदनको सारांशराजकुमार साहद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ,…

थप

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले नेपाली युवाहरूलाई दलालसँग मिलेर पढ्न बाहिर जाउन् भन्ने बाध्य बनाइएको बताएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद भण्डारीले त्यसरी सेटिङमा नेपालमा स्वास्थ्य शिक्षा, आईटीलगायतका विषय पढ्न नदिइएको बताए । नेपाली युवाहरू बाहिर जाउन् भनेर नेपालमा कुनै पनि संस्था नखोलिएको उनले दाबी गरे । उनले नेपाली युवाहरूसँग नेपालको सम्पत्ति पनि बाहिर गइरहेको बताए । उनले भने, ‘मेरो भनाइ झुटो होस् । यहाँ तलदेखि माथिसम्म युवाहरू बाहिर जाउन्, नेपालमा नपढुन् भनेर दलालसँग मिलेर संस्था खोलिँदैन । निजी ३/४ वटा छन् । हाम्रा युवा यति राम्रा छन्, रोबट यिनैले बनाउँछन् । कम्प्युटर यिनैले…

थप