रौतहट । चन्द्रनिगाहपुर नगरपालिका–६ देउरालीचोकबाट प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्र.ना.नि. तुल प्रसाद पुडासैनीको कमाण्डमा खटिएको टोलीले बुधबार बिहान ११ः५० बजेतिर चेकजाँच गर्दा ट्रामाडोल बरामद भएको हो।
नियन्त्रणमा परेका व्यक्ति चन्द्रनिगाहपुर नगरपालिका–७ बस्ने ५३ वर्षीय दिपेन्द्र कुमार साह रहेका छन्। साहले चलाएको ना३३प ९५३३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागुऔषध ट्रामाडोल ३०० पत्ता, ३,००० पिस फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएको मोटरसाइकल, लागूऔषध र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय तल्लोबजार ल्याइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
