धादिङ । पहिरोका कारण अवरुद्ध भएका राजमार्ग सञ्चालनमा आएको छ ।
धुनिवेशी नगरपालिका–१ ठुलोखोला धार्के–सितापाईला सडक खण्ड र बेनीघाट रोराङ गाउँपालिका–१० बादरेमोडस्थित पृथ्वी लोकमार्गमा खसेको पहिरो पन्छाएपछि दुवै तर्फको सवारी आवागमन सुचारु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
कार्यालयका अनुसार हाल जिल्लाभित्रका कुनै पनि राजमार्ग अवरुद्ध छैन् । यातायात सहज रूपमा सञ्चालन भइरहेको छ ।
थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालय धादिङको सञ्चार शाखामा सम्पर्क गर्न सकिनेछ (सम्पर्क नम्बर : ९८५१२८३४८०) ।
Facebook Comments Box
