काठमाडौं । पर्साको कालिकामाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमित गिरी भ्रष्टाचार लिलामा महारथ हासिल गरेको पाइएको छ । बिगत ३ आर्थिक वर्षदेखि गिरीले पालिकाको आय व्यव गोप्य राखेर स्थानिय नागरिक, कार्यपालिकाका साथै महालेखा परीक्षणको कार्यालयलाई समेत ढाटेर भ्रष्टाचार गरेको पाइएको छ ।
कालिकामाई गाउँपालिकाको महालेखा परीक्षण प्रतिवेदनमा विगत ३ वर्षदेखि आन्तरिक लेखा परीक्षण नगरेको तथा कुनैपनि माध्यमबाट हरहिसाब सार्वजनिक नगरेकोमा अपारदर्शीता हटाई सार्वजनिक परीक्षण गरि पालिकाको आर्थिक कारोबारमा जवाफदेहिता र पारदर्शीताको प्रवर्धन गर्न अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतलाई महालेखाले निर्दिस्ट गरेको छ ।
महालेखाले पटक पटक पालिकाको आन्तरिक लेखापरीक्षण गर्न भन्दै आएपनि गिरीले आफ्नो भ्रष्टाचार ढाकछोप गर्न महालेखाले औल्याएको कमजोरीको समेत वास्ता नगरेका हुन् ।
गिरीले भ्रष्टचार लुकाउन परीक्षकको जिम्मेवारी नै खोसे
एकातिर महालेखा परीक्षणको प्रतिवेदनमा कालिकामाई गाउँपालिकाले आन्तरिक लेखा परिक्षण नगर्नु र बजेट खर्च सार्वजनिक नगरेकोमा जिम्मेवार हुन पालिकालाई निर्देशन गर्दै आएको छ ।
तर अर्कोतिर गिरीले पालिकामा कार्यरत स्थाई अडिटर (लेखापरीक्षक) को जिम्मेवारी नै खोसेर आन्तरिक परिक्षण गर्न दिएका छैनन् । कालिकामाईमा सुरेश यादव लेखापरीक्षकको रुपमा कार्यरत हुँदा पनि उनलाई गिरीले जिम्मेवारी दिएका छैनन् ।
यादवले तलब मात्र बुझेर बिनाकामको पालिकामा समय व्यतित गर्दै आएको एक कर्मचारीले जनाए । पालिकामै हर हिसाबको परीक्षण कार्य हुन थालेपछि आफ्नो पोल खुल्ने डरले कार्यालय प्रमुख गिरीले यादवलाई कामविहिन बनाएर खर्चमा मनोमानी गरिरहेको कर्मचारीहरुमा चर्चा छ ।
भ्रष्टाचार लुकाउन गिरी भूमिगत
बितेको ३ आर्थिक वर्षको कार्यभारमा रहेको अमित गिरीले पालिकावासीलाई आम्दनी र खर्च विवरण सार्वजनिक गर्न किन नचाहेका होलान ? यो प्रश्न उनको नियतमाथि शंका जन्माएको छ ।
यदि उनि इमान्दार छन् भने जनताको रकम कसरी खर्च भएको छ , त्यसको जानकारी दिन किन लुक्दै आए ? यस्ता प्रशनहरुको जवाफ पालिकावासीले हाल खोज्दैछन् । तर गिरी कार्यालयबाट फरार रहेका छन् ।
उनी भुमिगत रहेरै कार्यालयको खरिद ,बजेटको सम्झौता तथा खाता संचालनको कार्य गर्दै आएका छन् । जेनजी पुस्ताले गरेको भ्रष्टाचार विरुद्धको आन्दोलनले जनताको सेवा प्रदानमा कार्यालयबाट हुने वेथितीको अन्त गर्दै वर्तमान सरकारले विभिन्न निर्णय गर्दापनि त्यो गिरीलाई छोएको छैन ।
उनी कार्यालय नगएको ३ महिना भन्दा बढी भएको छ । कार्यालय जाँदा जनताले हिसाब खोज्छन् भन्ने डरले उनि भुमिगत भएर कार्य गरिरहेका हुनसक्ने बताइन्छ । जेनजी आन्दोलनपछि बनेको नागरिक उत्रदायी सरकारले गिरीलाई जिम्मेवार बनाउन सकेको छैन ।
भ्रष्टाचार काण्डका दर्जनौं मुद्दामा मुछिएको र कर्मचारीभित्र भ्रष्टाचार माफियाले प्रख्यात व्यक्ति गिरी कालिकामाईसहित पर्साको ५ वटा स्थानिय तह पोखरिया नगरपालिका, जिराभवानी, जगरनाथपुर, बन्दिवासनी गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत रहेर दजनौं भष्टाचार कसुमा अख्तियारमा अनुसन्धानको क्रममा छ ।
बजेट दुरुपयोग र करार कर्मचारी भर्ना बाट रकम उठाउने कार्यमा माहिर गिरीको वर्तमान सरकारले सम्पती र भ्रष्टाचार काण्ड छानबीन गरि कार्यवाही नगरे नागरिक स्तरबाट कारवाही गर्न कालिकामाई पालिकावासीले जनाएका छन् ।
