Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । बबरमहलस्थित कानुन किताबखाना व्यवस्था समितिको कार्यालय रहेको भवनमा नेपाल प्रहरीको ‘मानव बेचबिखन अनुसन्धान ब्यूरो’को कार्यालय छ । कार्यालय प्रमुख छन् प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण प्रसाद पंगेनी । एसएसपी पंगेनी गत २१ जेठदेखि ब्यूरो प्रमुखको जिम्मेवारीमा छन् । ब्यूरोमा हाजिर भएकै दिन एसएसपी पंगेनीले मानव तस्कर तथा बेचबिखन अपराधका गतिविधि बढ्दो क्रममा रहेको र त्यसको प्रकृति पनि फरक देखिएकाले सोहीअनुसार रणनीति तय गरी परिचालित हुन मातहतका कर्मचारीहरुलाई निर्देशन दिए । जतिबेला प्राप्त जनशक्ति र प्रविधिको भरपुर उपयोग गरी नतिजा निकाल्ने गरी काम गर्ने एसएसपी पंगेनीको प्रतिबद्धता पनि थियो । सोहीअनुसार मानब बेचबिखन अनुसन्धान ब्यूरोको टोली सम्भावित बेचबिखन हुने…
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले सीमा क्षेत्रबाट हुने चोरी–निकासी, पैठारी र अवैध आवतजावत रोक्न थप कडाइका साथ सुरक्षा व्यवस्था लागू गर्न निर्देशन दिएका छन् । मंगलबार सशस्त्र प्रहरी प्रधान कार्यालयमा भर्चुअल माध्यममार्फत सीमा क्षेत्रमा तैनाथ सबै तहका युनिट कमाण्डरलाई सम्बोधन गर्दै आइजी अर्यालले जवाफदेही, जिम्मेवार र चेन अफ कमाण्ड कायम गर्ने कुरामा जोड दिएका हुन् । उनले सीमा सुरक्षामा कुनै कमजोरी देखिएमा वा शंका लागेमा सम्बन्धित कमाण्डर स्वयं छानबिन र कारबाहीको भागीदार बन्ने स्पष्ट पारे । उनले हरेक कमाण्डरलाई मुलुक, जनता र संगठनको हितमा विवेक प्रयोग गर्न स्वतन्त्र रहेको भन्दै सकारात्मक कार्यका लागि मुख्यालयको आदेशको पर्खाइमा बस्न…
काठमाडौं । मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका(४ गाम्चा बस्ने रूकुम पश्चिम बाफिकोट गाउँपालिका-२ घर भएका कल बहादुर बस्नेत रहेका छन् । एनसिबि आबुधाबी युएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ सोमबार नेपाल फिर्ता ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ पुस ११ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि मानव बेचबिखन…
काठमाडौं । पूर्वपत्नीले बलात्कार र ज्यान मार्ने उद्योगमा उजुरी दिएपछि एक जना इन्स्पेक्टरलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा प्रहरी प्रधान कार्यालय, नक्सालको १ नम्बर गणमा कार्यरत इन्स्पेक्टर दिनेश गुरुङ छन् । उनलाई अहिले जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट मंगलबार बलात्कार र ज्यान मार्ने उद्योगको कसुरमा पाँच दिनको म्याद थप भएको परिसरका एसपी तथा प्रवक्ता चक्रराज जोशीले बताए । अहिले हिरासतमा रहेका इन्स्पेक्टर गुरुङले यसअघि सामाजिक सञ्जालमा आफू पूर्वपत्नीबाट पीडित भएको उल्लेख गरेका थिए । पूर्वपत्नी सँगै रहेकी छोरीसँग भेट्न जाँदा आफूमाथि अभद्र व्यवहार भएको दाबी उनको छ ।
वीरगन्ज ।सशस्त्र प्रहरी बल नेपाल पर्साले भन्सार छलि गरि भित्राएको मोबाइलको पार्टस बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौबाट सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराको कमान्डमा वीरगन्जको आईसिपी गेटमा खटि गएको सशस्त्र प्रहरीको टोलीले भारतबाट भन्सार छलि गरि भित्राएको मोबाइलको पार्टसहरु पक्राउ गरेको हो। सशस्त्र प्रहरीले अवैध रुपमा भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको मुल्य रु.४,२९,५००।- रुपैया बराबरको मोवाईल पार्टस पक्राउ गरि भन्सार कार्यालय वीरगन्जमा बुझाएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक पुजाराले बताउनुभयो ।
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कलियुगका जेलका भित्ते कृष्णजी भन्दै टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत बस्नेतले लामिछानेको अडान र गतिविधिलाई “नाटककै नाटक” भन्दै व्यंग्य गरेका हुन् ।उनले लामिछानेमाथि सहकारी ठगी, टेलिभिजन सञ्चालनमार्फत ब्ल्याकमेलिङ, अदालतको आदेशप्रति दोहोरो व्यवहार देखाएको आरोप लगाए । “अरु जेल जाँदा अदालतलाई गाली गर्ने, तर आफैं मन्त्री हुँदा अदालतको फैसला भन्दै पन्छिने, यही दोहोरो चरित्र हो,” बस्नेतले लेखेका छन्।बस्नेतले लामिछानेले विभिन्न सहकारीहरूबाट करोडौं ठगी गरी त्यसकै लगानीमा सञ्चार माध्यम खोलेर जनतामा भ्रम फैलाएको आरोपसमेत लगाए। साथै, उनले जेलभित्र सुविधा छैन भनेर नाटक गर्ने, हस्ताक्षर संकलन गरेर…
काठमाडौं । प्रहरीले गुन्डा नाइकेको रूपमा चिनिँदै आएका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली)लाई पक्राउ गरेको छ जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गोर्खालीलाई चन्द्रागिरीबाट पक्राउ गरेको हो । बैंकिङ कसुरको आरोपमा उनी पक्राउ परेका हुन् । यसअघि २०७९ सालको प्रतिनिधिसभा चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट गोर्खाली उम्मेदवार सिफारिसमा समेत परेका थिए । पछि उनले टिकट पाएनन् ।
काठमाडौं । शनिबार साँझ नेपाल प्रहरीका अवकाशप्राप्त एकजना अफिसरले फेसबुकमा एक पोष्ट गर्दै १३ जना प्रहरी कर्मचारीलाई ‘एरिया हद’ तोकेर लामो समयदेखि नजरबन्दमा राखिएको खुलासा गर्दै गम्भीर आरोप लगाएका छन् । यसरी आरोप लगाउनेमा पूर्वडीएसपी गोविन्द पन्थी हुन् । ३० वर्ष प्रहरी संगठनमा जागिर खाएर केही समयअघि मात्रै अवकाश भएका पन्थीले प्रहरी प्रधान कार्यालयको उजुरी छानबिन शाखाले १३ जना प्रहरी कर्मचारीलाई एक नम्बर गणभित्र ‘एरिया हद’ तोकेर लामो समयदेखि नजरबन्दमा राखेको खुलासा गरेका हुन् । जसमा कतिपय एक वर्षभन्दा बढी समयदेखि गैरकानुनी रूपमा कैद जस्तै अवस्थामा रहेको पन्थीले खुलाएका छन् । तर, उनले कसलाई त्यसरी गैरकानुनी थुनामा राखिएको केही खुलाएका…
एजेन्सी । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अमेरिकाको अध्यक्ष पदका लागि नेपालको संविधान च्यात्ने सतेन्द्र साह चुनावी मैदानमा छन् । उनी खुलेरै आफ्नो टिम बनाएर औपचारिक रुपमा चुनावी मैदानमा छन् । तर, यसरी नेपालको संविधान नै च्यात्नेले कसरी एनसीसी अमेरिकाको नेतृत्व गर्छ ? भनेर धेरैले आलोचना गरेका छन् । जुनकुरा उनले आफैले दिएको अन्तर्वार्तामा समेत भनेका छन् । पत्रकारले संविधान जलाउनु भएको हो भन्ने प्रश्नमा साहले जलाएको नभएर च्यातेको बताएका छन् । यसरी संविधान च्यात्ने साहले त्यही संविधान अन्तर्गत चल्ने एनआरएनको नेतृत्व समाल्न तयार छु भनेर प्रचारबाजी गर्दै अध्यक्षमा उठ्नु हास्यास्पद हो । साहसँगै चुनावी मैदानमा भानु खरेल र रामहरि…
काठमाडौं । जिल्ला प्रहरी कार्यालय धादिङको कार्यालय प्रमुखको जिम्मेवारी पाएका प्रहरी उपरीक्षक (एसपी) भेषराज रिजालले पदभार ग्रहण गरेका छन् । प्रहरी प्रमुखको जिम्मेवारी पाएका रिजालले शुक्रबार पदभार ग्रहण गरेसँगै जिल्लाको कमाण्ड सम्हालेका हुन् । एसपी रिजालले कार्यालयको निरीक्षण गरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई व्यावसायिक निर्देशन समेत दिएका छन् । एसपी रिजालले अपराध र अपराधीविरूद्ध कठोर भएर उभिने बताए । उनले आफूसँग भएको अनुभवलाई प्रयोग गरेर यहाँका नागरिकलाई शान्तिसुरक्षा प्रदान गर्नमा कुनै कसर बाँकी नराखी काम गर्ने बताए । आफू केही गर्नका लागि यहाँ आएको उल्लेख गर्दै एसपी रिजालले सबैलाई साथ र सहयोग गर्न समेत आग्रह गरे । उनले जिल्लामा रहँदासम्म…