काठमाडौं । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा जलेका ७ वटा मानव कंकालको सनाखत नभएपछि बेवारिसे मानेर अन्त्येष्टि गर्ने तयारी गरिएको छ।
आगजनीमा परेको काठमाडौंको चुच्चेपाटी भाटभटेनीमा भेटिएका ७ वटा शवको पहिचान खुल्न नसकेपछि बेवारिसे मानेर अन्त्येष्टि गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ।
शव पूर्ण रूपमा जलेकाले डिएनए परिक्षणसमेत हुन नसकेको केन्द्रीय प्रहरी कार्यालयको प्रवक्ता डिआइजी बिनोद घिमिरेले जानकारी दिए।
उनका अनुसार डिएनए परिक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक विभागले जलेका शवबाट केही टुक्रा निकालेर पठाएको थियो। तर जीवित सेल नभेटिएकाले परिक्षण हुन सकेन।
Facebook Comments Box
