Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । नेपाली सेनाको सबैभन्दा सुरक्षित र निगरानीयुक्त क्षेत्र मानिने जंगीअड्डामा एक सर्वसाधारण युवकले तारबार नाघेर रातभर तोडफोड मच्चाउँदै सेनाले सुईंकोसम्म नपाएको खुलासा भएको छ। देशको सैन्य नेतृत्वको मुख्यालयभित्रै यस्तो घटना घटेपछि सेनाको सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ। घटना असोज १८ गते राति ११ बजेतिर सुरु भएको थियो। सिन्धुलीको तीनपाटन गाउँपालिका–६ का २४ वर्षीय राहुल बोगटीले जंगीअड्डाको कम्पाउन्ड नाघेर भित्र पस्दा कुनै सुरक्षाकर्मीले पत्ता पाएनन्। त्यसपछि उनले त्रिभुवन आर्मी अफिसर क्लबको सभामण्डप भवनभित्र रहेको ड्राइसौनामा प्रवेश गरी त्यहाँका उपकरण, फर्निचर र सामग्री तोडफोड गरे। सेनाको दाबीअनुसार, यो तोडफोडबाट करिब ३७ हजार २ सय रुपैयाँ बराबरको क्षति पुगेको छ। रातभर…
काठमाडौं । अधिवक्ता गोविन्द पन्थीले नेकपा एमालेका नेता सूर्य थापालाई जनतालाई अपराधी भनेको कुरा पुष्टि गर्न चेतावनी दिएका छन् । गएराती काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र थापा ‘बालेन’ ले सामाजिक सञ्जाल फेसबुमा लेखेको स्टाटसलाई स्क्रिन सर्ट गरेर थापाले बालेनलाई लुसिफर, सैतान र दलाल भन्दै आरोप लगाएका छन् भने बालेनलाई भोट दिएर मेयर बनाउनेहरुलाई अपराधी र देशद्रोहीको संज्ञा दिएका थिए । सोही विषयलाई लिएर अधिवक्ता पन्थीले थापालाई आम जनतामाथि लगाएको आरोपको पुष्टि गर्न चुनौती दिएका हुन् । पन्थीले फेसबुकमा लेखेका छन्–‘सुर्य थापा जी, बालेनले त त्यस्ता लेखे बिरोध गर्नु भयो ठिकै छ । तपाईको नागरिक स्वतन्त्रता को उपयोग गर्नु भयो । तर…
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले शनिबार राति सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गरेका छन् । उनले स्टाटसमा अमेरिका, भारत र चीन तथा एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विरोध जनाएका थिए । उनले लेखेका थिए, ‘तिमीहरू सबै मिलेर केही गर्न सक्दैनौँ ।’ उनले स्टाटसमा आपत्तिजनक अंग्रेजी शब्द प्रयोग गरेका थिए । चर्को आलोचनापछि स्टाटस हटाए (डिलिट) गरेका हुन् ।
बाजुरा । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका उप–महानिरीक्षक (डीआईजी) ओम बहादुर राणाले जिल्ला प्रहरी कार्यालय बाजुराको निरीक्षण गर्दै प्रहरी सेवाको प्रभावकारिता र नागरिकमैत्री व्यवहारमा अझ सुधार गर्न निर्देशन दिएका छन्। निरीक्षणका क्रममा डीआईजी राणाले विकट मानिने बडिमालिका माताको पवित्र भूमि बाजुरा जिल्लास्थित प्रहरी कार्यालयको अवलोकन गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गरे। उनले कार्यालयको पेरिमिटर, भवन संरचना तथा व्यक्तिगत सरसफाइ अवस्था सन्तोषजनक रहेको बताए। राणाले शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालयले स्थानीय तहका सरकारी कार्यालय, संघ–संस्था, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी र भद्रभलादमीहरूसँग राम्रो समन्वय गर्दै काम गरिरहेको उल्लेख गरे। उनले गाउँ–गाउँमा गस्ती, सामुदायिक सचेतनामूलक कार्यक्रम तथा अपराध न्यूनीकरणका प्रयासहरू प्रभावकारी देखिएको…
मकवानपुर, मनहरी गाउँपालिका-८ सिमपानी डेरा गरी बस्ने बारा कलैया उपमहानगरपालिका-७ घर भएका ५२ वर्षीय महमद मन्जुर मियालाई अवैध लागूऔषध गाँजा करिब ७ किलो १ सय ६० ग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । कपिलवस्तु, कपिलवस्तु नगरपालिका-८ कुवा गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ग्राम ४२ मिलिग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत सिद्धार्थनगर थाना बस्ने ४२ वर्षीय विनोद कुमार निषाद र २६ वर्षीय शिव रतन रहेका…
टोकियो । नेपाली समुदायबीच धार्मिक, सांस्कृतिक र सामाजिक एकताको सन्देश फैलाउने उद्देश्यले गैराआवसीय नेपाली संघ, एनआरएन जापानको आयोजनामा ‘टोकियो सप्ताह २०२५’ आयोजना हुने भएको छ। नोभेम्बर ८ (शनिबार) बिहान ११ः०० बजे सुरु हुने उद्घाटन समारोह अन्तर्गत ‘शान्ति कलश यात्रा’ आयोजना गरिने भएको हो। यस सप्ताह कार्यक्रमको विशेष उद्देश्य जापानमा ‘एकीकृत नेपाली घरः बहुसांस्कृतिक केन्द्र’ निर्माण अभियानका लागि सहयोग संकलन गर्नु रहेको आयोजकले जनाएको छ। ‘घरघरबाट उठौं, नगरनगरबाट जुटौं, यो महाअभियानमा कोही पनि नछुटौं,’ भन्ने नारासहित सुरु हुने अभियानले जापानबासी नेपालीबीच सहकार्य, आस्था र पहिचानको भावना जगाउने विश्वास लिइएको छ। कार्यक्रममा वाचन प्रविण पण्डित दिनबन्धु पोखरेल र महान बौद्ध गुरु टुल्कु…
गत भदौ १८ गते नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा नियुक्त भएका चन्द्रकुवेर खापुङ आउँदो कात्तिक २७ गते सेनानिवृत्त हुँदै छन् । यसपछि सरकारले ३३ औं महानिरीक्षक नियुक्त गर्नुपर्ने हुन्छ । ३३औँ आईजीपी नियुक्तिको मिति नजिकिँदै गर्दा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दान बहादुर कार्कीविरुद्ध योजनाबद्ध रूपमा ‘छवि कमजोर पार्ने खेल’ सुरु भएको खुलेको छ। संकटको समयमा नेतृत्व क्षमता देखाउँदै भदौ २४ गते उपत्यका प्रमुखको जिम्मेवारी सम्हालेका कार्कीले संगठनलाई स्थायित्व दिलाउने निर्णायक भूमिका खेलेका थिए। अन्य एआईजीहरूले सो जिम्मेवारी लिन अस्वीकार गर्दा उनले अघि बढ्दै संकट व्यवस्थापनको नेतृत्व सम्हालेका थिए। यही कारण उनी संगठनभित्र सशक्त नेतृत्वकर्ता र निर्णयक्षम अधिकारीका रूपमा चिनिएका छन्। तर,…
काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले राजीनामा दिएका छन् । घरायसी कारण देखाउँदै उनले आज प्रहरी प्रधान कार्यालयमा राजीनामा पेस गरेका हुन् । २०५८ साउन १८ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट सेवा प्रवेश गरेका रानाभाट यसैवर्ष एसएसपीमा बढुवा भएका थिए । उनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए । राजीनामा स्वीकृतिका लागी आईजीपीले निर्णय गरेर गृह मन्त्रालयमा पठाउनुपर्ने कानुनी व्यवस्था छ । त्यसपछि गृह मन्त्रालयले स्वीकृत गर्नुपर्ने हुन्छ ।
काठमाडौं । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा जलेका ७ वटा मानव कंकालको सनाखत नभएपछि बेवारिसे मानेर अन्त्येष्टि गर्ने तयारी गरिएको छ। आगजनीमा परेको काठमाडौंको चुच्चेपाटी भाटभटेनीमा भेटिएका ७ वटा शवको पहिचान खुल्न नसकेपछि बेवारिसे मानेर अन्त्येष्टि गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ। शव पूर्ण रूपमा जलेकाले डिएनए परिक्षणसमेत हुन नसकेको केन्द्रीय प्रहरी कार्यालयको प्रवक्ता डिआइजी बिनोद घिमिरेले जानकारी दिए। उनका अनुसार डिएनए परिक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक विभागले जलेका शवबाट केही टुक्रा निकालेर पठाएको थियो। तर जीवित सेल नभेटिएकाले परिक्षण हुन सकेन।
‘गफले होइन, अब ठोस कदमले पार्टी जोगाउनुपर्छ’- महामन्त्री थापालाई तरुण नेताका १० प्रश्न
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि राजनीतिक दलका नेतृत्वहरुप्रति पार्टीभित्रैबाट प्रश्न उठ्न थालेका छन् । भौतिक आक्रमणबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि पनि नेतृत्व छाड्नु पर्ने दबाब पार्टीभित्रैबाट आइरहेको छ । पछिल्लो समय पार्टीको महाधिवेशनको मागसहित सभापति देउवाले नेतृत्व त्याग्नुपर्ने आवाज उठाइरहेका पार्टीका महामन्त्री गगन थापालाई कार्यकर्ताहरुले प्रश्न गर्न थालेका छन् । महाधिवेशनको रटान लगाइरहेका महामन्त्री थापालाई महामन्त्री जस्तो जिम्मेवार पदमा रहँदा नियमित महाधिवेशन किन भएन भनेर आवाज उठेको छ । सोहीक्रममा कांग्रेस भातृ संगठन नेपाल तरुण दलका केन्द्रीय सदस्य रोशनराज पाण्डेयले महामन्त्री थापालाई विभिन्न प्रश्न सोध्दै पार्टीको महाधिवेशन, पार्टीमा सुधार, कार्यकर्ताहरुको निराशालाई…