Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । रुपन्देहीको भैरहवास्थित होटल निर्वाणा लक्जरी इन्टरनेसनल परिसरमा सोमबार मध्यरातमा गोली चलेको छ। रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार गएराति होटल निर्वाणाको क्यासिनोमा दुई समूहबीच विवाद भएको थियो। विवाद गर्दै सो समूह होटलको गेट अगाडि आइपुगेको थियो। उक्त समूह होटलभित्र प्रवेश गर्न खोजेपछि सुरक्षागार्डले रोक्न खोज्दा अपरिचित व्यक्तिले सुरक्षागार्डमाथि गोली प्रहार गरेका थिए। गोली लागेर बुटवल उपमहानगरपालिका-१५ का २७ वर्षीय मीनबहादुर परियार सामान्य घाइते छन्। घाइते परियारको राति भीम अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ । गोली चलाउने समूहमा रहेका तीन जना फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। क्यासिनो सञ्चालनमा रहेको उक्त होटलमा दैनिक…
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापनका नेताहरूलाई विशेष महाधिवेशन नगर्न निर्देशन दिएका छन् । विशेष महाधिवेशन माग गर्दै दुई हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहितको पत्र बुझाएका थिए । तर, त्यो पत्रको कार्यान्वयन नगरी नियमित महाधिवेशन गर्ने वातावरण निर्माण गर्न संस्थापनका नेताहरूलाई देउवाले निर्देशन दिएका हुन् । गत आइतबारको केन्द्रीय कार्यसमिति नियमित महाधिवेशन कहिले गर्ने भन्नेमा विवाद भएपछि स्थगित भएको थियो । त्यसपछि बसेको संस्थापन पक्षीय नेताहरूको अनौपचारिक बैठकमा सभापति देउवाले विशेष महाधिवेशन नगरी नियमित महाधिवेशनको वातावरण बनाउन आफूलाई निर्देशन दिएको जानकारी कार्यवाहक सभापति खड्काले दिएका हुन् । त्यो बैठकमा सहभागी भएका एक…
काठमाडौं । राजधानी नजिकैको थानकोट क्षेत्रमा खुल्लामखुल्लै चोरीको पेट्रोल र डिजेल किनबेच हुने गरेको पर्दाफास भएको छ । मकवानपुरमा ट्यांकरबाट अवैध रूपमा पेट्रोल झिकेर बिक्री गर्ने चालकसहित ४ जना पक्राउ परेपछि यो ‘तेल चोरीको सञ्जाल’ राजधानीसम्म फैलिएको प्रमाण खुलेको हो । मकवानपुरको मनहरी गाउँपालिका–८ मा रहेको जय शिव शरणम् फ्युल सेन्टर प्रा.लि. मा आइतबार ना४ख ९३७७ नम्बरको ट्यांकरबाट पेट्रोल झिक्दै गरेको अवस्थामा चालकसहित ४ जनालाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ । उक्त ट्यांकर बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगम डिपोबाट पेट्रोल लोड गरी थानकोट डिपो पुग्ने क्रममा थियो । तर बीचमै ठूलो परिमाणमा तेल झिकेर बेच्ने क्रममै उनीहरू समातिएका हुन्…
काठमाडौं । सरकारले ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेलाई डीआईजीमा बढुवा गर्ने निर्णय गरेका हुन्। एक सातापहिले नै उनीहरु बढुवाका लागि सिफारिस भएका थिए। बढुवा भएका डीआईजीको जिम्मेवारी पनि तोकिएको छ। यसअनुसार भुपेन्द्र खत्री सीआईबीमा, सानुराम भट्टराई अपराध अनुसन्धान विभागमा, ओम अधिकारी उपत्यका प्रहरी कार्यालयमा, शेखर खनाल अख्तियारमा र अबिनारायण काफ्ले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका छन्।
काठमाडौं । प्रहरी प्रधान कार्यालयले गत भदौ २३,२४ को घटनासम्बन्धी जाँचबुझ आयोगले बयानका लागि बोलाउन सक्ने भन्दै त्यसताका फिल्डमा खटिएका इन्चार्जलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ । मुख्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई पत्राचार गर्दै त्यसताका सबैभन्दा बढी क्षति भएको क्षेत्रहरूमा खटिएका इन्चार्जलाई कुनै पनि बेला आयोगमा सोधपुछका लागि बोलाउनुपर्ने भएकाले बाहिर नजाने व्यवस्था मिलाउन भनेको हो । हेर्नुहोस् निर्देशन पत्र
रौतहट । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई अपराध र अनुशासन उल्लङ्घनका विषयमा ‘शून्य सहनशीलता’ अपनाउन निर्देशन दिएका छन्। आइतबार जिल्ला प्रहरी कार्यालय रौतहटको स्थलगत अनुगमन तथा निरीक्षणपछि डीआईजी थपलियाले रौतहट प्रहरी प्रमुख एसपी रबिन कार्कीलगायत सिंगो रौतहट प्रहरीलाई उक्त निर्देशन दिएका हुन्। मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछिको यो पहिलो स्थलगत भ्रमण थियो। जिल्ला प्रहरी कार्यालय रौतहट पुगेका थपलियाले कार्यालय परिसरका सबै शाखा, थुनुवा हिरासत कक्ष, ब्यारेक भवन लगायतका संरचनाहरू अवलोकन गरेका थिए। निरीक्षणका क्रममा उनले प्रहरी कर्मचारीहरूको कार्यसम्पादन, भौतिक संरचना, स्वच्छता तथा सेवा प्रवाहको अवस्थाबारे प्रत्यक्ष जानकारी लिए। साथै सुधार आवश्यक रहेका…
काठमाडौं । नेपाल प्रहरीमा हाल खाली रहेका ६ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पद पूर्तिको तयारी अन्तिम चरणमा पुगेको छ। तर बढुवा प्रक्रियाभन्दा पनि प्रहरी वृत्तमा अहिले एउटा डर हावी छ- कतै एसएसपी विश्व अधिकारीको नियति फेरि दोहोरिन्छ कि? भदौ २३ गतेको ‘जेनजी विद्रोह’ का बेला काठमाडौं प्रहरी परिसर प्रमुख रहेका एसएसपी अधिकारी बढुवाको क्रममा डिआईजी सूचीमा परेनन्। उनी आफ्ना समकक्षीहरूमध्ये बरियतामा पहिलो नम्बरमा रहेका थिए। तर आन्दोलनको दमन र त्यसपछिका तोडफोडपछि राज्यको कोपभाजनका पहिलो सिकार बने। छानबिनका लागि बनेको गौरीबहादुर कार्की आयोगले अहिलेसम्म प्रतिवेदन नल्याए पनि एसएसपी अधिकारीको करिअर त्यसैसँग रोकियो। त्यसयता प्रहरी संगठनभित्र एउटा मौन त्रास बस्दै गएको छ-…
काठमाडौं । ट्यांकरबाट झिकेर अवैध रूपमा पेट्रोलियम पदार्थ बिक्री गरेको आरोपमा ट्यांकर चालकसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमबाट पेट्रोलिमय पदार्थ लोड गरी थानकोट डिपोमा आउँदै गरेको ना४ख ९३७७ नम्बरको ट्यांकर चालकसहित ४ जनालाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ । आइतबार दिउँसो साढे ४ बजे उक्त ट्यांकरले मकवानपुरको मनहरी गाउँपालिका-८ मा रहेको जय शिव शरणम् फ्युल सेन्टर प्रालिमा अवैध रूपमा पट्रोल झिकिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ट्यांकर चालकसहित पेट्रोल पम्पमा काम गर्ने ३ गरी ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । गत फेब्रुअरी महिनादेखि बेपत्ता रहेका झापा जिल्ला, दमक(८ स्थायी घर भई ११ वर्षदेखि अमेरिकामा बस्दै आएका धनबहादुर ठकुरी (प्रशान्त ठकुरी)को निधन भएको खबरले न्युयोर्कस्थित नेपाली समुदाय स्तब्ध बनेको छ। धेरै खोजीपछि हालै उनको शव क्विन्सको चिकित्सा शव परीक्षण केन्द्रमा रहेको पत्ता लागेको हो। नेपाली महावाणिज्यदूतावासमार्फत यो दुःखद खबर सार्वजनिक भएपछि उनको परिवार शोकमग्न छ। परिवारको आर्थिक अवस्था कमजोर भएकाले उनको अन्तिम संस्कार विधिपूर्वक सम्पन्न गर्न समस्या देखिएको छ। यस दुःखद घडीमा सहयोग जुटाउन गैर आवासीय नेपाली संघ (एनआरएनए) न्युयोर्क च्याप्टर, दर्शन ठकुरी समाज अमेरिका र झापाली समाज अमेरिकाले संयुक्त रूपमा पहल गरेका छन्। उनीहरूले गो फन्ड मीमार्फत अन्तिम…
काठमाडौं । सुनको प्रलोभन प्राणघातक बन्न सक्छ भन्ने डरलाग्दो प्रमाण बनेको छ, झापाको शिवसताक्षी नगरपालिका–१०, माईधारका ३३ वर्षीय सरोज शर्माको हत्या प्रकरण। कात्तिक ९ गतेदेखि सम्पर्कविहीन भएका शर्मा मृत फेला परे त्यसमा पनि गाडिएको अवस्थामा। उनी सस्तो सुनको लोभमा परे र सोही लोभले उनको ज्यान लिएको खुलेको छ। शर्माको शव प्रहरीले हुलाकी राजमार्ग अन्तर्गत बिरिङ खोलाको पुलमुनि प्लास्टिकमा बेरेर गाडिएको अवस्थामा फेला परेको हो। उनको कार भने मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वनभित्र आगो लगाएर जलाइएको अवस्थामा भेटियो। शर्मा साँझसम्म आफ्नो बागमती प्रदेश ०१–०३ च ७१९४ नम्बरको कारमा हिँडेका थिए। त्यसपछि उनी सम्पर्कविहीन बने। परिवारले खोजी गर्दै गर्दा कात्तिक १३ गते…