Author: Scoop Khabar

काठमाडौं । नेपाल प्रहरीले शरीर बन्धक तथा ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बूढानीलकण्ठ नगरपालिका–८ भङ्गालस्थित एक घर भाडामा लिइ वैदेशिक रोजगारीका लागि इटाली देश पठाइदिने भनी बङ्गलादेशी नागरिकलाई बङ्गलादेशबाट काठमाडौँ बोलाइ बन्धक बनाइ ठगी गर्ने सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा बङ्गलादेश घर भई काठमाडौँ बस्दै आएका ३८ वर्षीय आल मामुन, ३९ वर्षीय बिलाल मामुन, २९ वर्षीय रिवन विश्वास, ४३ वर्षीय बाबु हुसेन, ४० वर्षीय यमडी मसिभुर रहमान, भारतका ४१ वर्षीय सरोज कुमार र नुवाकोटका ३२ वर्षीय शशि पाठक छन् । परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले…

थप

कोहलपुर । नेपाल प्रहरीद्वारा प्रदान गरिँदै आएको सेवा नागरिकमैत्री, प्रभावकारी र गुणस्तरीय बनाउन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सम्पूर्ण प्रहरी कर्मचारीलाई स्पष्ट निर्देशन दिएका छन्। उनले प्रहरी सेवालाई केवल जिम्मेवारी मात्र नभई अनुशासन, निष्ठा र सेवाभावले निर्देशित जीवनशैलीका रूपमा आत्मसात् गर्नुपर्नेमा जोड दिएका छन्। बुधबार बाँकेको इलाका प्रहरी कार्यालय, कोहलपुरमा आयोजना गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नवनिर्मित भवन शुभारम्भ समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले प्रहरीको भूमिका जनताको भरोसाको केन्द्र बन्नुपर्ने बताए। उनले नागरिकको सेवा गर्ने भावनाका साथ अनुशासित, व्यावसायिक र उच्च नैतिक मापदण्डमा रहेर कार्य सम्पादन गर्न सम्पूर्ण प्रहरी जनशक्तिलाई आग्रह गरे। कार्यक्रममा बोल्दै उनले भने, ‘प्रहरी…

थप

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी सम्हालेपछि प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त रजौरेले अवैध गतिविधिविरुद्ध कडा कदम चाल्न थालेका छन्। उनको नेतृत्वमा सुरक्षा निगरानी कडा बनेसँगै विमानस्थलबाट अवैध सुन ओसारपसार गर्नेहरू धमाधम पक्राउ पर्न थालेका छन्। विमानस्थल सुरक्षा कार्यालयले पछिल्लो २४ घण्टाभित्र छुट्टाछुट्टै दुई घटनामा अवैध सुनसहित एक भारतीय नागरिक र विमानस्थलमै कार्यरत एक सरसफाइ कर्मचारीलाई पक्राउ गरेको छ। एसएसपी रजौरेकाअनुसार बुधबार बिहान करिब १० बजे दुबईबाट फ्लाई दुबईको उडानमार्फत काठमाडौं आएका ४९ वर्षीय भारतीय नागरिक अबु बरकत कुदरते खुदा काजीलाई शंका लागेपछि नियन्त्रणमा लिइएको थियो। प्रारम्भिक चेकजाँचमा असामान्य व्यवहार देखिएपछि थप परीक्षण गरिएको थियो। चेकजाँचकै क्रममा उनले…

थप

काठमाडौं । उपत्यकामा कार्यरत ट्राफिकलाई लक्षित गरी सञ्चालन गरिएको तालिममा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले सडकमा खटिने प्रहरी ‘रोड एम्बास्डर’ रहेको बताएका छन् । ‘दुर्घटना न्यूनीकरण दायित्व ट्राफिक प्रहरीको हो । दुर्घटनाको मुख्य कारण मानवीय हो । सबैलाई सुसूचित गर्ने काम ट्राफिक प्रहरीको हो । तपाईहरू सडकको एम्बास्डर हो । स्मार्ट बोल्ने । म्यासेज डेलिभर गर्ने । सडकको राजदूत हो,’ उपत्यका ट्राफिक प्रमुख अधिकारीले भने । प्रमुख अधिकारीले ट्राफिक प्रहरी सडकको शिक्षक र न्यायाधीश पनि रहेको बताए । ‘लेन, लाइट, ओभर पास के हो भनेर सुसूचित गर्ने सडक शिक्षक हो । पब्लिक पुलिस पार्टनरसिप हुनुपर्छ,’ उनले भने, ‘ट्राफिक प्रहरी…

थप

काठमाडौं । युरोपको प्रतिष्ठित इटालियन फुटबल क्लब इन्टर मिलानले आफ्नो आधिकारिक फेसबुक पेजमा नेपाली गीत प्रयोग गर्दै नेपाली भाषामै क्याप्सन राखेपछि सामाजिक सञ्जालमा व्यापक चर्चा सुरु भएको छ। इन्टर मिलानको अफिसियल फेसबुक पेज स्क्रोल गर्ने जो–कोही नेपालीका लागि यो दृश्य भावनात्मक र गर्विलो बनेको छ। विश्व चर्चित क्लबले पृष्ठभूमिमा नेपाली गीत बजाउँदै नेपाली भाषामै क्याप्सन लेखेको भिडियो सार्वजनिक गरेको हो। झन् रोचक संयोग के छ भने, उक्त गीत नेपाल प्रहरीका प्रमुख (आईजीपी) दानबहादुर कार्कीले रचना गरेको हो। इन्टर मिलानले प्रयोग गरेको गीत हो- ‘आँखा झिमझिम भो…’। गज्जब टिभी युट्युब च्यानलमार्फत करिब सात महिनाअघि सार्वजनिक भएको यो गीतमा सदीक्षा कट्टेल र…

थप

संखुवासभा यो नामसँगै सम्झिन्छौँ- हिमाल, जङ्गल, नदी, जडिबुटी, श्रम र संघर्ष। यही माटोमा जन्मिएका एक छोरा आज फेरि यही माटोको भविष्य बदल्ने सपना बोकेर जनताको बीच उभिएका छन्- मिङ्मा शेर्पा। उनको जीवनकथा कुनै तयार स्क्रिप्ट होइन। उनी केवल चुनावी उम्मेदवार मात्र होइनन्। उनी संखुवासभाको वास्तविक अवस्था र भविष्यमा विश्वास राख्ने आवाज हुन्। उनै शेर्पा, हिमालका भरियादेखि संसदको बाटोमा कदम चालिरहँदा धेरैलाई अचम्म लाग्न सक्छ। गरिबीले छेकिएको पढाइ, संघर्षले बनेको बाटो संखुवासभाको दुर्गम भेगमा जन्मिएका शेर्पाको बाल्यकाल त्यति सहज थिएन। कलिलो उमेरमै गरिबी र पढाइ आफ्नो पहुँचभन्दा बाहिर हुँदा उनी काममा लाग्न बाध्य भए। रहरले होइन, बाध्यताले जीवनले उनलाई कठिन बाटोमा…

थप

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) विष्णु प्रसाद भट्टलाई दिइएको छ। यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका सशस्त्रका डिआइजी मनिष थापा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा भएपछि डिआइजी भट्टलाई सो जिम्मेवारी दिइएको हो। उनलाई मोबाईल नम्बर ९८५१२७२००७ र ईमेल ठेगाना spokesperson@apf.gov.np मा सम्पर्क गर्न सकिने सशस्त्रका सह-प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

थप

काठमाडौं । सशस्त्र प्रहरीले प्रतिनिधिसभा निर्वाचन अगाडि राजीनामा स्वीकृति, रवाना र बिदा बन्द गर्ने निर्णय गरेको छ । फागुन २१ मा सम्पन्न हुने निर्वाचन भन्दा अगाडी बिदा स्वीकृति र सरुवा भएकाहरूलाई रवाना लिन रोक लगाइएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता (डिएसपी) शैलेन्द्र थापाले बताए । उनले भने, ‘निर्वाचन अगाडि राजीनामा स्वीकृति पनि नगर्न सम्पूर्ण युनिटहरूमा सर्कुलर गरिएको छ ।’ माघ १९ मा सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सो सर्कुलर गरेको हो । सुरक्षाकर्मीलाई निर्वाचन सुरक्षामा केन्द्रित गर्नुपर्ने हुनाले सो निर्णय गरिएको डिएसपी थापाले बताए । एकीकृत सुरक्षा योजना अनुसार सशस्त्रले आफ्ना सुरक्षाकर्मीलाई परिचालन गर्ने गरी रणनीति तय गरेको छ ।

थप

काठमाडौं । हुन्डी कारोबारसम्बन्धी कसुर मुद्दामा पक्राउ परेका दावा भन्ने दाफुरी शेर्पालाई छुटाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका–१ घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका–८ नेपालटार बस्ने ४० वर्षीय दीपक थापामगर रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिए । उनले भने, ‘वादी नेपाल सरकार प्रतिवादी दावा भन्ने दाफुरी शेर्पासमेत भएको हुन्डी कारोबारसम्बन्धी कसुर मुद्दामा यही माघ १५ गते पक्राउ परेका दाफुरी शेर्पाको आमालाई आफू प्रहरी रहेको र पाँच लाख रकम दिएमा दाफुरीलाई छुटाइदिन्छु भनी रकम ठगी गरी फरार रहेको अभियोगमा निजलाई पक्राउ…

थप

काठमाडौँ । काठमाडौँ उपत्यकामा शान्ति–सुरक्षा मजबुत बनाउने उद्देश्यले सिसिटिभी प्रणालीको विस्तार, प्रभावकारी सञ्चालन र व्यवस्थापनबारे नेपाल प्रहरी र उपत्यकाभित्रका २१ स्थानीय तहबीच समन्वयात्मक छलफल सम्पन्न भएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको संयोजनमा मंगलबार आयोजित कार्यक्रममा काठमाडौँ, ललितपुर र भक्तपुरका महानगरपालिका तथा नगरपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, सूचना प्रविधि शाखाका जिम्मेवार अधिकारीहरू तथा नेपाल प्रहरीका वरिष्ठ पदाधिकारीहरूको सहभागिता रहेको थियो। छलफलमा उपत्यकाको शान्ति–सुरक्षा सुदृढीकरण, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने र नागरिकको दैनिकीलाई थप सुरक्षित बनाउने विषयमा सिसिटिभी प्रणालीको जडान, मर्मतसम्भार, प्रविधिको प्रभावकारी प्रयोग तथा प्रहरी र स्थानीय तहबीचको अन्तरनिकाय समन्वयलाई अझ मजबुत बनाउने विषयमा विस्तृत छलफल गरिएको उपत्यका प्रहरी…

थप