काठमाडौं । सशस्त्र प्रहरीले प्रतिनिधिसभा निर्वाचन अगाडि राजीनामा स्वीकृति, रवाना र बिदा बन्द गर्ने निर्णय गरेको छ ।
फागुन २१ मा सम्पन्न हुने निर्वाचन भन्दा अगाडी बिदा स्वीकृति र सरुवा भएकाहरूलाई रवाना लिन रोक लगाइएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता (डिएसपी) शैलेन्द्र थापाले बताए ।
उनले भने, ‘निर्वाचन अगाडि राजीनामा स्वीकृति पनि नगर्न सम्पूर्ण युनिटहरूमा सर्कुलर गरिएको छ ।’
माघ १९ मा सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सो सर्कुलर गरेको हो । सुरक्षाकर्मीलाई निर्वाचन सुरक्षामा केन्द्रित गर्नुपर्ने हुनाले सो निर्णय गरिएको डिएसपी थापाले बताए ।
एकीकृत सुरक्षा योजना अनुसार सशस्त्रले आफ्ना सुरक्षाकर्मीलाई परिचालन गर्ने गरी रणनीति तय गरेको छ ।
Facebook Comments Box
