Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौँ । हायात रिजेन्सीस्थित प्राइड क्यासिनो भदौ २४ मा जेनजी प्रदर्शनको अवसर पारेर त्यहीँ टेबल चलाउने समूहबाटै लुटिएको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ। लुटमा संलग्न आरोपमा ‘सेठ्ठी’ भनेर चिनिने दावा शेर्पा र ‘रने’ भनेर चिनिने रञ्चित खड्गी पक्राउ परेका छन्। क्यासिनोमा टेबल सञ्चालन गर्ने सेठ्ठीले घरेलु हतियारसहित समूह लिएर प्रवेश गरी लुटपाटको नेतृत्व गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले बताए। अनुसन्धान अनुसार, पहिलो चरणमा ‘रने’ समूह क्यासिनोमा प्रवेश गरी तोडफोड र आगजनी गरेको, त्यसपछि सेठ्ठी समूह भित्रिएको पाइएको छ। क्यासिनो सञ्चालकका अनुसार सोहीबेला करिब १४ करोड रुपैयाँ नगद लुटिएको दाबी छ। लुटपाटमा काभ्रेली समूहका सदस्यहरूको पनि संलग्नता देखिएको…
काठमाडौं । बैतडीको सुर्नया गाउँपालिका–५ कारिकोटका ४३ वर्षीय नरेन्द्रबहादुर बिष्ट र उनकी २० वर्षीया छोरी आयुसा बिष्ट नेपाली सेनाको इतिहासमा पहिलोपटक बुबाछोरी दुवै एकै समयमा, एकै दर्जामा तालिमरत भएको दुर्लभ उदाहरण बनेका छन्। २४ वर्षे सेवा अवधि पूरा गर्दै सहायक सेनानीको पदमा पुगेका नरेन्द्र र पहिलो प्रयासमै सेकेन्ड लेफ्टिनेन्टमा चयन भएकी आयुसा दुवै हाल तालिममा व्यस्त छन्। नरेन्द्र हाल सबुज गण बारामा कार्यरत छन भने,आयुसा सि.नं. ६५ खरिपाटी तालिममै व्यस्त छिन् । बुबाछोरी दुवैको एकै स्थानमा, एउटै चरणको तालिममा सहभागिता स्वयं नेपाली सेनाको इतिहासमै अनौठो र प्रेरणादायी देखिएको छ। आयुसा सेनामा छिर्ने बाल्यकालदेखिको सपना पूरा गरिरहेकी छिन्। बुबाको हौसला, अनुशासन…
टोकियो । नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले प्रवासमा रहेर पत्रकारिता गरेपनि पत्रकार आचारसंहिता उत्तिकै पालना गर्नुपर्ने आवश्यकता रहेको बताइन् । नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौं अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको शपथग्रहण तथा पदभार हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले प्रवासबाट पत्रकारिता गरे पनि पत्रकार आचारसंहिता पालना गर्न सबै पत्रकारहरुलाई आग्रह गरिन्। फरक प्रसङ्गमा बोल्दै अध्यक्ष शर्माले तोकिएको समयमा नै निष्पक्ष निर्वाचन हुनुपर्ने कुरामा समेत जोड दिइन्। यस्तै कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने, नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्ल, पूर्व अध्यक्ष मोहन घले, निवर्तमान अध्यक्ष शान्त पहरी तथा नव(निर्वाचित अध्यक्ष रविन्द्र श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा…
काठमाडौं । नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारी पक्राउ परेका छन् । सुन तस्करीको आरोपमा आरोपमा उनलाई कतारमा दोहा प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेसँगै तिवारीलाई तीन महिनाको लागि जागिरबाट निलम्बन गरिएको बताइएको छ। तिवारीको साथबाट ८ तोला सुन बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त घटना नोभेम्बर २९ मा भएको हो । उडान नम्बर आरए २४० दोहाबाट काठमाडौँ आइपुग्ने तालिका थियो। दोहा विमानस्थल भन्सार जाँचका क्रममा तिवारीको साथबाट ८ तोला सुन भेटिएको जनाइएको छ । जसकारण उडान लगभग ३५ मिनेटको लागि रोकिएको थियो । नेपाल एयरलाइन्सका दोहा स्टेसन म्यानेजर कृष्ण बजगाईंले यसको पुष्टि गरे।
काठमाडौँ । प्रहरी वृत्त स्वयम्भूले पछिल्ला महिनामा अपराध नियन्त्रण र जनसुरक्षामा देखाएको सक्रियताले स्थानीयवासीको विश्वास उल्लेख्य रूपमा बढेको छ। जेएनजी आन्दोलनपछिको परिवेशमा प्रहरी–नागरिक समन्वयलाई मजबुत बनाउँदै वृत्तले लैंगिक हिंसा न्यूनीकरणदेखि चोरी, लुटपाट, गुण्डागर्दीसम्मका गतिविधिमा कडाइ गरेको छ। स्वयम्भू क्षेत्रमा नागरिकमैत्री सुरक्षा वातावरण निर्माण गर्ने उद्देश्यका साथ वृत्तले निरन्तर ‘घरदैलो कार्यक्रम’, सचेतना अभियान र गस्ती गतिविधि विस्तार गर्दै आएको छ। स्थानीयहरूका अनुसार प्रहरीको सक्रियताले शान्ति-सुरक्षामा सकारात्मक परिवर्तन दैनिक रूपमा अनुभूति हुने गरेको छ। वृत्तका इन्चार्ज प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन मणि आचार्यका अनुसार ‘राजनीतिक हैसियत वा पहुँचले अपराध ढाकछोप गर्न नसक्ने वातावरण बनाउनु’ वृत्तको प्रमुख प्रतिबद्धता रहेको छ। यस्तै देशभर चलिरहेको…
काठमाडौं । देशभरका विभिन्न सहकारी संस्थाहरूको रकम दुरुपयोग गरेको दाबीका आधारमा प्रभु बैंकका उच्च पदाधिकारी र कर्मचारीहरूमाथि प्रहरीको चासो बढेको छ। सोही मुद्दासँग सम्बन्धित रहेर बैंकका सीईओ अशोक शेरचन तथा डीसीईओ लमणिराम पोखरेलसहित केही कर्मचारीहरुलाई हिजाे प्रहरीले अनुसन्धान सहजीकरणका लागि पक्राउ गरेको हाे । https://scoopkhabar.com/?p=20819 यस प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले व्यापक वित्तीय लेनदेन, दस्तावेज तथा सम्भावित संलग्नता सम्बन्धी प्रमाण संकलन गरिरहेको जनाएको छ। ब्यूरोले यसअघि भएको प्रारम्भिक अध्ययनका आधारमा केही व्यक्तिहरूलाई निगरानीमा राखेको र आवश्यक परे थप कानुनी प्रक्रिया अघि बढाइने स्राेतकाे दाबी छ। सिआईबीले प्रभु बैंकका केही कर्मचारी तथा संबंधित व्यक्तिहरूविरुद्ध अनुसन्धान जारी रहेको जनाएको…
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह उर्फ बालेनका बुवा रामनारायण शाहको निधन भएको छ । उनको उपचारको क्रममा निधन भएको हो । उनी आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अस्पताल स्रोतका अनुसार, उनको पिसाबमा संक्रमण भएर शरीरमा फैलिएको थियो । (यसअघि समाचारमा फोटो फरक पर्न गएकाले क्षमायाचनासहित सच्याइएको छ । सम्पादक)
रौतहट । पूर्व–पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रपुर नगरक्षेत्रमा प्रहरीले दुई दिनभित्र लागूऔषध कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। गाँजा र ब्राउन सुगरसहित विभिन्न स्थानबाट भएका यी पक्राउहरूले नगरक्षेत्रमा लागूऔषध नियन्त्रण अभियान थप कडा रूपमा अघि बढेको संकेत दिएको छ। गत आइतवार राति चन्द्रपुर–५ सुन्दरबस्ती टोलमा लागूऔषध गाँजाको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका सई अनिल तामाङको कमाण्डमा गएको टोलीले राति साढे ७ बजे ३३ वर्षीय सुमन तामाङ योन्जनको घरमा तलासी गर्दा पलङको घर्रामा लुकाइछिपाइ राखिएको ४ किलो ७५० ग्राम गाँजा फेला पारेको डीएसपी रुपा लाबुङले बताइन्। साथै गाँजा बिक्रीबाट संकलन गरिएको अनुमान…
काठमाडौं । रांचीको जेएससीए अन्तर्राष्ट्रिय रंगशाला कम्प्लेक्समा दक्षिण अफ्रिकाविरुद्धको पहिलो एकदिवसीय खेलमा भारतीय क्रिकेटर विराट कोहलीले उत्कृष्ट प्रदर्शन गरे। कोहलीले केवल १२० बलमा १३५ रन बनाए। उनले यसमा सात छक्का र ११ चौका प्रहार गरे। उनले एक छक्का र एक चौका प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरे। यो कोहलीको ५२ औं एकदिवसीय शतक हो यो शतकसँगै कोहली एकै ढाँचामा सबैभन्दा धेरै अन्तशतक बनाएपछि फ्यानले घुँडा टेकेर विराट कोहलीको छोए खुट्टार्राष्ट्रिय शतक बनाउने ब्याट्सम्यान बने। उनले टेस्ट क्रिकेटमा ५१ शतक प्रहार गर्ने सचिन तेन्दुलकरलाई पछि पारे। यसैबीच कोहलीले शतक पूरा गरेपछि खुसी मनाइरहेका बेला एक फ्यान सुरक्षा घेरा तोडेर मैदानमा प्रवेश…
काठमाडौं । जेनजी आन्दोलनका बेला काठमाडौँको बौद्धस्थित हायात होटलभित्र रहेको क्यासिनोमा भएको चोरी, आगजनी र तोडफोड प्रकरणमा संलग्न दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सेठी भन्ने दावा शेर्पा र रने भन्ने रञ्जित खड्गी रहेका छन् । क्यासिनोभित्र रहेका संरचना तोडफोड, आगजनी तथा चोरीमा संलग्न व्यक्तिहरूको पहिचानका क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार क्यासिनोको काउन्टरमा राखिएको करोडौं रुपैयाँ अपरिचित व्यक्तिहरूले लुटेर लगेका थिए । दुवैलाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर चोरी तथा डाँका सम्बन्धी कसूर, र आपराधिक उपद्रव मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।