वीरगञ्ज महानगरपालिका–१७ अलौमा आज नेपाल काग्रेस पार्टीका पर्सा क्षेत्र नं. २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार अजय चौरसियाको घरदैलो कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको छ। चुनावी माहोल तातिरहेका बेला उम्मेदवार चौरसिया टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवादमा जुटेकाछन्।घरदैलो कार्यक्रममा चौरसियाले स्थानीय संग भेटघाट गर्दै विकास, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार निर्माणका विषयमा आफ्नो स्पष्ट योजना रहेको बताए।उम्मेदवार चौरसियाले काग्रेसको सरकारले पर्सा–२ लाई आर्थिक, सामाजिक र पूर्वाधारका हिसाबले नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे। उहाँले युवालाई रोजगारी सिर्जना, किसानलाई आधुनिक कृषि प्रविधिमा जोड, महिलाको सशक्तीकरण तथा नगर क्षेत्रमा सडक, ढल र सरसफाइ व्यवस्थापनलाई प्राथमिकतामा राख्ने बताए।पर्सा क्षेत्र नम्बर २ मा शिक्षा, स्वास्थ , पुर्वाधार र बिकासको कार्यको काग्रेसको पालामा भएको चौरसियाले दाबी गरे।स्थानीय युवा नेता सजय गुप्ताले मतदातालाई आगामी निर्वाचनमा रुख छापमा मतदान गरी काग्रेसका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरेका थिए। स्थानीय बासिन्दाले पनि विकास र सुशासनको अपेक्षा राख्दै सकारात्मक प्रतिक्रिया दिएका थिए।वडा नं.१७ मा सम्पन्न उक्त कार्यक्रमसँगै काग्रेसको चुनावी अभियान थप सक्रिय बनेको छ। नेता–कार्यकर्ताले आगामी दिनमा पनि घरदैलो र जनभेटघाटलाई तीव्रता दिने बताएका छन्।
