वीरगन्ज,१३ फागुन । नेपाल कम्युनिष्ट पार्टी एमाले पर्सा निर्वाचन क्षेत्र नं. २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार रिमा यादवले वीरगञ्ज महानगरपालिका–१९ अन्तर्गत बर्वा र बिन्द्वासानी टोलमा घरदैलो अभियान सम्पन्न गरेकी छन्।
घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार यादवले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले पर्सा–२ लाई समृद्ध र व्यवस्थित क्षेत्रका रूपमा अघि बढाउने स्पष्ट योजना प्रस्तुत गर्दै आगामी निर्वाचनमा सहयोग र समर्थनको अपिल गरिन्।
कार्यक्रममा बिचारी यादव, प्रेम पटेल, लियाकत अली, अजय साह लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। टोलीले घरघर पुगेर पार्टीका नीति तथा कार्यक्रमबारे जानकारी गराएको थियो।
स्थानीय बासिन्दाले उत्साहजनक सहभागिता जनाउँदै विकासमुखी नेतृत्वको आवश्यकता औंल्याएका थिए।
