Author: Scoop Khabar

अछाम । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ढकारी गाउँपालिका-२ बलातीबाडा कालिकास्थान बस्ने १९ वर्षीय पुष्प साउदलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । साउदले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढकारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बझाङ, २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा जयपृथ्वी नगरपालिका-३ बस्ने २२ वर्षीय सुरज जोशीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुरजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

थप

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ बस्ने कञ्चनपुर बेदकोट नगरपालिका-१० घर भएका ३३ वर्षीय भिम बहादुर महरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । भिम बहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-४ सुकेधाराबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

थप

कञ्चनपुर । बेदकोट नगरपालिका-८ भाँसीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय महेन्द्र डगौरालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट गैलनदीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-३ चौराहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ ग्राम ३ सय ६० मिलिग्राम सहित कञ्चनपुर लालझाडी गाउँपालिका-५ बस्ने २७ वर्षीय गोविन्द विष्टलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, भद्रपुर नगरपालिका-९ प्रगती टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने…

थप

मोरङ । रतुवामाई नगरपालिका-१ हटियाडाँडाबाट अवैध लागूऔषध गाँजा करिब ६ सय ७८ किलोग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा सहिदभूमि गाउँपालिका-२ बस्ने २१ वर्षीय समेल राई र सोही गाउँपालिका-१ बस्ने २२ वर्षीय विक्रम विशुङ्खे रहेका छन् । इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले आमबारीबाट सोनापुरतर्फ जाँदै गरेको प्र.१-०१-००१ ख ३८२५ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको ढाला भित्र लुकाईछिपाई राखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारी चालक समेल र ट्रक साहु विक्रमलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरि रहेको छ ।

थप

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाको नेतृत्वमा प्रहरी सेवामा पारदर्शिता, चुस्तता र सर्वसाधारणको प्रत्यक्ष पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित ‘बिचौलिया निषेध’ अभियान सुरु गरिएको छ। यस अभियानअन्तर्गत अब सम्बन्धित कामका लागि आवश्यक व्यक्ति बाहेक अन्य बिचौलियाका रूपमा आउने जो–कसैलाई पनि काठमाडौं परिसरभित्र प्रवेशमा कडाइका साथ रोक लगाइएको छ। प्रहरी सेवामा आम नागरिकको प्रत्यक्ष पहुँच बढाउँदै सर्वसाधारण र प्रहरीबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित उक्त अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ। पीडित व्यक्तिलाई ‘म प्रहरी कार्यालय पु¥याइदिन्छु, काम मिलाइदिन्छु’ भन्दै विचौलियाको भूमिकामा सक्रिय व्यक्तिहरूलाई पूर्णरूपमा निरुत्साहित गर्ने नीति अवलम्बन गरिएको हो। परिसरमा कार्यरत एक प्रहरी अधिकृतका…

थप

लुम्बिनी । लुम्बिनी विकास कोषकी योजना प्रमुख स्मिता भट्टलाई निलम्बन गर्न स्थानीय युवाहरुको संस्था रेस्पोन्स टिम लुम्बिनीले माग गरेको छ । योजना प्रमुख भट्टले कोषका ठेक्कामा आर्थिक चलखेल गरेको, विकास कोषको मुख्य कार्यालयमा अति न्यून कार्यदिन उपस्थित भएको भन्दै उनलाई निलम्बर र छानवीन गरी कारवाही गर्न टिमले माग गरेको हो । https://scoopkhabar.com/?p=20896 टिमले शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी लुम्बिनी गुरुयोजनाका सबै परियोजनाको स्वतन्त्र अडिट गर्नुपर्र्ने, सरकारी सुविधा दुरुपयोगबारे सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिन गर्नुपर्ने र पदको दुरुपयोग पदाधिकारीलाई बर्खास्त गर्न पनि माग गरेको छ । पछिल्लो पटक ३ करोड ५६ लाख रुपैयांको दियो वत्तीको ठेक्कामा टेण्डरमा योजना प्रमुख भट्टले आफू निकटका ठेकेदारलाई…

थप

काठमाडौं । नेपाल प्रहरीका सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै ४ महिने छोराको हत्या गरेको हृदयविदारक घटना सार्वजनिक भएको छ। सिनामंगलस्थित भाडाको कोठामा बस्दै आएका कार्कीले आइतबार दिउँसो सुतेकै अवस्थामा रहेको बालकको घाँटी रेटेर ज्यान लिएका हुन्। जन्मेदेखि नै ब्रेन ट्युमरको समस्याबाट पीडित बालकलाई कार्कीले एक्लै कोठामा रहेका बेला हत्या गरेका प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ। छोराको ज्यान लिएपछि आफ्नै श्रीमती- जो स्वयं पनि प्रहरीमा कार्यरत छन्, उनलाई पनि कुटपिट गरी कार्की फरार भएका थिए। घटना भएलगत्तै पक्राउका लागि परिचालित टोलीले आइतबार बेलुकी नै कार्कीलाई नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।…

थप

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले देशभरका प्रहरी कार्यालयका प्रमुखहरूलाई भर्चुअल माध्यमबाट निर्देशन दिएको छन्। आइतबार आयोजित उक्त बैठकमा उनले समग्र रूपमा प्रहरी कार्यसञ्चालनलाई अझ प्रभावकारी बनाउन विभिन्न विषयमा महत्वपूर्ण निर्देशिका जारी गरेका हुन्। आईजीपी कार्कीले अपराध नियन्त्रण तथा अनुसन्धान, राजस्व चुहावट र तस्करी नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण, आसन्न निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थापन, प्रहरीको आचरण सुधार तथा नागरिकमैत्री सेवा प्रवाहजस्ता मुद्दामा गम्भीर भएर काम गर्न सबैलाई निर्देशन दिए। उनले प्रहरीको व्यवहार, जवाफदेहिता र सेवा प्रवाह सुधार गर्दै जनतासँगको भरोसा अझ मजबुत बनाउनु पर्ने बताउँदै, प्रत्येक क्षेत्रमा नतिजामुखी कामको अपेक्षा व्यक्त गरे। सोही अवसरमा अपराध अनुसन्धान…

थप

काठमाडौं । जेजनी प्रदर्शनमा पूर्व सांसद धनबहादुर बुढाको घरमा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुण्डागर्दी पृष्ठभूमिका ५२ वर्षीय विष्णु लामा छन् । बुढा तत्कालीन नेकपा (एकीकृत समाजवादी) का सांसद हुन् । भदौ २४ मा गोकर्णेश्वर नगरपालिका–६ स्थित बुढाको घर तोडफोड र आगजनीमा संलग्न लामा गुण्डागर्दी पृष्ठभूमिका हुन् । काभ्रेको तेमाल गाउँपालिका–३ घर भएर गोकर्णेश्वर नगरपालिका–६ स्थित नयाँ बस्तीमा बस्दै आएका लामालाई शनिबार पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । लामा यसअघि गुण्डागर्दीको आरोपमा पटक पटक पक्राउ पर्दै छुट्दै आएका थिए ।

थप

काठमाडौं । मोरङ लेटाङकी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले अंशु गौतमको हत्या आरोपमा छिमेकी ५९ वर्षीय वृद्ध पदमबहादुर अधिकारीलाई समातेको हो । आफ्नी नातिनी समानकी अंशुलाई उनले चार किलोमिटर टाढाको जंगलमा लगेर बलात्कार गरेका थिए । हत्यापछि अधिकारी भारत फरार भएका थिए । दुई महिनाको खोजतलासपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । बलात्कार गरेर फालेको अवस्थामा अंशुको शव फेला परेपछि सिआईबी, कोशी प्रदेश अनुसन्धान ब्यूरो र मोरङ प्रहरीको विशेष टोली अनुसन्धानका लागि परिचालन भएको थियो । अंशु हराएको केही दिनपछि काम गर्न भन्दै आसाम पुगेका अधिकारीमाथि शंकाको सुईँ सोझिएको थियो ।…

थप