काठमाडौं । नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक नियुक्ति पाएका सबैलाई पद त्याग्न आग्रह गरेको विषय अहिले बजारमा व्यापक चर्चा बनेको छ।
नयाँ जनादेशअनुसार पुराना संरचना परिवर्तन गर्ने योजनासहित यस्तो कदम चाल्न लागिएको हल्ला चलिरहेको छ।
रास्वपा स्रोतका अनुसार, करिब ११ सय ७० भन्दा बढी पदमा रहेका नियुक्तिहरू प्रभावित हुन सक्ने बताइएको छ। राष्ट्र बैंकका गभर्नरदेखि राजदूत, विश्वविद्यालय तथा विभिन्न संस्थानहरूमा रहेका पदाधिकारीहरूलाई लक्षित गर्दै मेरिट र क्षमताका आधारमा नयाँ नियुक्ति गरिने तयारी भइरहेको चर्चा छ।
यस्तै, स्वयं पद नछाडेमा सरकार गठनलगत्तै निलम्बन प्रक्रिया सुरु हुन सक्ने संकेत पनि सार्वजनिक रूपमा आएको भनाइ छ।
यता, पदमा रहेका केही व्यक्तिहरूले भने आफूहरूलाई हटाउन खोजिए कानुनी उपचार खोज्ने चेतावनी दिएका छन्। पूर्वसचिव शारदाप्रसाद त्रितालले समेत राजनीतिक मात्र नभई अन्य नियुक्तिहरू पनि पुनरावलोकन गर्नुपर्ने धारणा राखेको चर्चा छ।
हाल यो विषय औपचारिक निर्णयभन्दा बढी बजारमा चलेको चर्चाको रूपमा फैलिएको छ।
