काठमाडौं । सर्वोत्तम पेन्टस्ले राष्ट्रिय गुणस्तर प्रमाण पत्रप्राप्त गरेको छ । कम्पनीले उत्पादन गर्ने विभिन्न प्रकारका पेन्टस् तथा अन्य सामग्रीसमेत अन्तराष्ट्रिय स्तरको गुणस्तर, सुरक्षा मापदण्ड, तथा वातावरणीय मापदण्ड भएको भन्दै उक्त प्रमाण पत्र दिएको हो ।
कम्पनीले अन्तराष्ट्रिय प्रमाणपत्र प्राप्त गरेसँगै अन्तराष्ट्रिय बजारमा समेत व्यावसाय बिस्तारका लागि बाटो खुलेको जनाएको छ ।
सर्वोत्तम पेन्टस्लाई राष्ट्रिय गुणस्तर प्रमाण पत्रप्राप्त गर्न सम्पूर्ण टीमको मेहनत र ग्राहक प्रतिको समर्पण गरेको कम्पनीका प्रवन्ध निर्देशन नवीन प्रसाद भट्टले जानकारी दिए ।
कैलालीको गोदावरीमा मूख्य कार्यालय रहेको सर्वोत्तमले सूदुरपश्चि प्रदेश र कर्णाली प्रदेशलाई मूख्य आधार बनाएको थियो । राष्ट्रिय गुणस्तर प्रमाण पत्रप्राप्त गरेसँगै देशका अन्य सहरहरु र अन्तराष्ट्रिय बजार बिस्तार गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले पछिल्लो समय भक्तपुरको मध्पुर थिमीबाट समेत व्यवसाय विस्तार गरेको छ ।
