Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गायक तथा अभिनेता प्रशान्त तामाङको निधनप्रति दुःख व्यक्त गरेका छन्। उनले तामाङकी श्रीमती मार्था एलीलाई सोमबार पठाएको शोक पत्रमा प्रशान्तको निधनले अपूरणीय क्षति भएको भन्दै उनको गायन र अभिनय कलाको प्रशंसा गरेका हुन्। ‘आफ्नो भावपूर्ण गायकी र उत्कृष्ट अभिनयले प्रशान्त तामाङ जीले मनोरञ्जनको दुनियाँमा आफ्नो लागि एक विशिष्ट स्थान बनाउनुभयो। दृढ संकल्प र विशाल प्रतिभाको प्रतीक उहाँले देशभरका करोडौँ मन छुनु भयो। प्रशान्त तामाङजी अनगिन्ती मानिसहरूका लागि प्रेरणाको स्रोत हुनुहुन्छ,’मोदीको हस्ताक्षर रहेको पत्रमा उल्लेख छ। प्रशान्तको जीवन यात्राले युवाहरूलाई सपनामा विश्वास गर्न र कडा परिश्रम गर्न प्रेरित गर्ने उल्लेख गरेका छन्। उनले पत्रमा लेखेका…
जनकपुरधाम । गृहमन्त्री ओमप्रकाश अर्याल भोलिबाट सुरु हुने मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि आज मंगलबार धनुषाको जनकपुरधाम आइपुगेका छन्। जनकपुर विमानस्थलमा गृहमन्त्री अर्याललाई धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईँटेल, सहायक प्रजिअ उमेश प्रसाद दाहाल, प्रदेशका प्रहरी प्रहरी प्रमुख तथा सशस्त्र प्रमुख प्रमुख, प्रदेश अन्तर्गतका राष्ट्रिय अनुसन्धान प्रमुख, जिल्ला प्रंहरी प्रमुख तथा गृह मन्त्रालय अन्तर्गतका कमर्चारीहरुले स्वागत गरेका थिए। हरेक वर्ष नियमित तालिकामा हुँदै आएको प्रदेश सुरक्षा गोष्ठी यस वर्षको अन्तिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी मधेश प्रदेशमा गएर पुस३० गते सम्प्पन्न हुँदैछ। लुम्बिनी प्रदेशको रुपन्देहीबाट मङ्सिर ९ गतेबाट सुरु भएको सुरक्षा गोष्ठी पुष ३० गते मधेश प्रदेशमा आयोजना गरेर यस वर्षको…
दाङ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका कर्मचारीमाथि कुटपिट गरेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला नेता उमाकान्त भण्डारी पक्राउ परेका छन्। दाङको घोराही उपमहानगरपालिका–१४ निवासी भण्डारीले घोराही शाखामा कार्यरत बैंक कर्मचारीमाथि हातपात गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। कर्जा असुलीको क्रममा बैंक पुगेका भण्डारीले कर्मचारीमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको उजुरीपछि प्रहरीले कारबाही अघि बढाएको हो। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्र शाहका अनुसार भण्डारीलाई शुक्रबार पक्राउ गरी अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रशासन कार्यालय दाङबाट म्याद थप भई घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको…
काठमाडौं । कीर्ते कागजात तयार पारेर इन्स्योरेन्स ठगीमा संलग्न भएको आरोपमा एक प्रहरी हवल्दारविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ । प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत प्रहरी हवल्दार धुव्र शाहीविरुद्ध कीर्ते तथा ठगीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो । अनुसन्धानका क्रममा शाहीले हुँदै नभएको सवारी दुर्घटना भएको देखाउने नक्कली पत्र तयार गरी इन्स्योरेन्स कम्पनीमा पेश गर्न सघाएको खुलेको छ । हरि बुढाथोकी नामक व्यक्तिसँग मिलेर उनले नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीबाट रकम भुक्तानी गराई ठगी गरेको प्रहरीको निष्कर्ष छ । प्रहरीका अनुसार नक्कली दुर्घटनाको विवरण उल्लेख गरी पत्राचार गरिँदा इन्स्योरेन्स कम्पनीका कर्मचारी बिकेश कुँवरको समेत मिलेमतो रहेको पाइएको छ…
काठमाडौं । नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक (डीएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि १६ जनाको नाम सिफारिस गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले सोमबार बढुवा सिफारिस सूची सार्वजनिक गरेको हो। प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) बमोजिम २०८१ पुस १२ गते बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार डीएसपी पदमा कार्यरत १६ जनालाई एसपीमा बढुवाका लागि सिफारिस गरिएको जनाइएको छ। प्रधान कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार विभिन्न महाशाखा, ब्यूरो, प्रदेश कार्यालय, तालिम केन्द्र, जिल्ला प्रहरी कार्यालय तथा विशेष इकाइमा कार्यरत डीएसपीहरू बढुवाको सूचीमा परेका छन्। एसपीमा बढुवा सिफारिस भएका डीएसपीहरूको नामावलीःपुष्पराज मल्लधर्मराज भण्डारीरविन श्रेष्ठदिलीप कुमार…
गोरखा । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशको अरुणखोला उप–शाखाले गोरखाको गण्डकी गाउँपालिका–४ स्थित श्री कालिका प्राथमिक विद्यालयका गरिब तथा जेहनदार ४५ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ। कम्पनीले उक्त विद्यालयको ४८ औं बार्सिक उत्सव तथा अभिभावक दिवसको समारोहमा विद्यार्थीहरुलाई ४५ थान विद्यालय झोला र २७० थान कपी वितरण गरेको हो। सहयोग सामग्री वितरण कार्यक्रम अरुणखोला उप–शाखाका प्रमुख दीपक पन्तको उपस्थितिमा सम्पन्न भएको थियो। शाखा प्रमुख पन्त स्वयं विद्यालयमा पुगेर विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए। सहयोग वितरण कार्यक्रममा बोल्दै शाखा प्रमुख दीपक पन्तले शिक्षा क्षेत्रको प्रवर्द्धन र बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा नेपाल लाइफ…
आगामी प्रतिनिधिसभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले रोल्पाबाट बालाराम थापालाई एकल उम्मेद्वार सिफारिस गरेको छ । जिल्ला कार्य समितिको पछिल्लो बैठकले प्रत्यक्षतर्फ थापालाई उम्मेद्वार बनाउने निर्णय गरेको हो । सुनिलस्मृति गाउँपालिका घर भएका थापा पेशाले पूर्वाधार विज्ञ तथा युवा व्यवसायी हुन् । राजनीतिशास्त्र मा मास्टर्स गरेका थापाले एक दशकदेखि विपन्न समुदायलाई लक्षित गरेर सामाजिक सेवा गर्दै आएका छन् । विगतमा रोल्पाबाट दर्जनौ नेताहरु राजकीय भूमिकामा पुगे पनि रोल्पाले विकासको आधारशिला भेटाउन नसकेको थापाको अनुभव छ । पुराना नेताहरु भाषणमा सिमित हुँदा जिल्लाले अपेक्षित फड्को मार्न नसकेको बताउने उनी विकासको लागि सर्वप्रथम जनताको आधारभुत पक्षमा सुधार गर्नुपर्ने विश्वास राख्छन् । ‘रोल्पाले…
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट कांग्रेसको अन्तरिम केन्द्रीय कार्यसमिति चयन गरिने भएको छ । महाधिवेशनको बन्दसत्रले पारित गरेको कार्यविधिमा नयाँ नेतृत्व चयनदेखि विधान संशोधन समेत गर्न सक्ने व्यवस्था उल्लेख छ । जसमा कांग्रेसको चौधौं महाधिवेशनपश्चात गठित केन्द्रीय निर्वाचन समिति, केन्द्रीय अनुशासन समिति र केन्द्रीय लेखा समितिको समेत विघटन गरिने छ । त्यसपछि विशेष केन्द्रीय महाधिवेशनबाट केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्न विधानको धारा ३५ अनुसार संयोजकसहित ५ सदस्यीय निर्वाचन समिति गठन गर्ने उल्लेख छ । जसले पुस २७ र २८ गतेको महाधिवेशन वैधानिक रहेको भनेर अनुमोदन गर्न सक्नेछ । कार्यविधिमा निर्वाचन सम्बन्धी व्यवस्था समेत उल्लेख छ । जसमा विधानको…
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानद्वारा आयोजित ‘टोकियो सप्ताह २०२५’ मा घोषणा गरिएका सहयोग रकमहरू धमाधम संकलन हुन थालेका छन् । सोहीक्रममा टोकियो सप्ताह २०२५ को सहआयोजक रहेको इबारिकी नेपाली समाज, जापानले कबोल गरेको १० मान रकम सोमबार एनआरएनए जापानलाई हस्तान्तरण गरेको छ । टोकियोस्थित एनआरएनए जापानको कार्यालयमै पुगेर इबारिकी नेपाली समाजका अध्यक्ष रबिन मिजारले एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछानेलाई उक्त रकम बुझाएका हुन् । रकम हस्तान्तरणका क्रममा अध्यक्ष मिजारले सहआयोजकको भूमिकामा रहेका संघसंस्था तथा व्यक्तिहरूले कबोल गरेको सहयोग समयमै उपलब्ध गराए जापानमा निर्माण हुन लागेको नेपाली घर (नेपाल हाउस) छिट्टै साकार हुने विश्वास व्यक्त गरे…
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले माघ ५ गते राजीनामा दिने तयारी गरेका छन् । प्रतिनिधिसभा निर्वाचन लड्ने उद्देश्यले उनले पद छाड्न लागेका हुन् । बालेनको सचिवालयका एक सदस्यका अनुसार राजीनामा दिने निर्णय लगभग निश्चित भइसकेको छ । ‘उहाँले माघ ५ गते नै राजीनामा दिनुहुन्छ,’ ती सदस्यले बताए । राजीनामापछि बालेन निर्वाचन तयारीका लागि झापा–५ जाने तयारीमा छन् । सो क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धाका विषयमा प्रारम्भिक छलफलसमेत भइरहेको जनाइएको छ ।