Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । मधेस प्रदेशका आठवटै जिल्लाका सीमा नाकाबाट पछिल्लो समय तस्करी व्यापक रूपमा मौलाएको छ। सीमावर्ती क्षेत्रका बासिन्दा, व्यापारी तथा सुरक्षा स्रोतहरूका अनुसार भारतबाट चिनी, दाल, चामल, कपडा, मोटरपार्ट्स, कस्मेटिक्स, सुर्तीजन्य पदार्थलगायत दैनिक उपभोग्य सामग्री भन्सार छलेर नेपाल भित्र्याइँदैछ भने नेपालबाट मदिरा, चिनियाँ स्याउ, गिट्टी–बालुवासमेत पारि पठाउने क्रम तीव्र बनेको छ। तस्करी बढ्नुको मुख्य कारणका रूपमा प्रदेश प्रहरी कार्यालयबाट ‘सूचना संकलन’को नाममा खटाइएका घुमुवा (सादा पोशाकका प्रहरी) लाई लिइएको छ। स्रोतका अनुसार डिआइजी र जिल्लाका एसपीहरूबीच मिलेमतोमै घुमुवाहरू परिचालन हुने गरेका छन्। उनीहरूले सीमा नाकामा पुगेर ‘लाइन क्लियर’ संकेत दिएपछि तस्करहरूले निर्वाध रूपमा सामान ओसारपसार गर्ने गरेका छन्। सीमा नाकामा…
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र आम जनता पार्टीका अध्यक्ष प्रभु साहबीच भेटवार्ता भएको छ। लामिछानेको बूढानीलकण्ठस्थित निवासमा मंगलबार लामिछाने र साहबीच भेटवार्ता भएको हो। भेटका क्रममा सभापति लामिछानेले मधेसलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने बताएका उनको सचिवालयले जनाएको छ। ुदेश र अझ विशेषगरी मधेसले परिवर्तन चाहेको जनमतबाट स्पष्ट देखिएकाले यसलाई आत्मसात् गरी पारस्परिक सहयोगमार्फत अघि बढ्ने विषयमा छलफल केन्द्रित भएको थियो,ु सचिवालयले भनेको छ। भेटका क्रममा अध्यक्ष साहद्वारा पार्टी र सभापति लामिछानेलाई औपचारिक रूपमा बधाई दिएका थिए। यसअघि लामिछाने र राष्ट्रिय सभाका सदस्य महन्थ ठाकुरबीच आज बिहान भेटवार्ता भएको छ।
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा गठित सरकारले राजनीतिक नेता तथा उच्चपदस्थ व्यक्तिहरुमाथि अनुसन्धान केन्द्रीत गरेपछि राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ। केही व्यक्तिहरू देश छाड्न थालेको दाबीसमेत गरिएको छ। यसैबीच, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो भागेर भारत पुगेको दाबी एक उच्च प्रहरी अधिकारीले गरेका छन्। ती प्रहरीकाअनुसार उनीमाथि छानबिनको प्रक्रिया अघि बढ्न लागेसँगै महतो सुरक्षित स्थानको खोजीमा भारत गएको हुनसक्ने अनुमान गरिएको छ। महतोको नागरिकता विवाद छ । यस्तै उनीमाथि सम्पत्ति शुद्धीकरणमा समेत सरकारले अनुसन्धान गर्नसक्ने बताइएको छ। पछिल्लो २० वर्ष महतो सधैं सत्ता र शक्तिमा थिए । जसले गर्दा उनले अकुत सम्पत्ति आर्जन गरेको…
सुर्खेत । वीरेन्द्रनगरमा सोमबार साँझ आयोजित नेकपा एमालेको मसाल जुलुसका क्रममा एक अप्रिय घटना भएको छ। प्रदर्शनका बीच एक जना प्रदर्शनकारीले प्रहार गरेको मुक्काबाट प्रहरी निरीक्षक राजन भट्टराई घाइते भएका छन्। उनको माथिल्लो अगाडिको दाँत भाँचिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा एमालेको अगुवाइमा वीरेन्द्रनगर–६ स्थित हटिया चोकबाट मसाल जुलुस निकालिएको थियो। जुलुस अघि बढ्दै वीरेन्द्र चोक पुगेर पुनः पार्टी कार्यालयतर्फ फर्किएको थियो। प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार सोही क्रममा सुरक्षा व्यवस्थापनमा खटिएका प्रहरी निरीक्षक भट्टराईमाथि एक्कासि आक्रमण भएको हो। ‘भीड नियन्त्रणकै क्रममा एक प्रदर्शनकारीले अचानक मुक्का प्रहार गर्दा उहाँ…
काठमाडौं । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर्डले कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ । बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाहका क्रममा केही सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बीमित सेवाग्राहीलाई दुःख दिएको तथा सेवा प्रवाह नगरेको पाइएपछि बोर्डले सहज रूपमा स्वास्थ्योपचार गर्न गराउन आग्रह आग्रह गरेको छ । स्वास्थ्य संस्थाहरूले बीमा सेवा प्राप्त गर्न अग्रिम समय लिनुपर्ने, बीमितप्रति भेदभावपूर्ण व्यवहार गरिएको तथा आवश्यक सेवा सुविधा एवं औषधि उपलब्ध नगराइएकोप्रति बोर्डले ध्यानाकर्षण भएको जनाएको छ । स्वास्थ्य बीमा ऐन, २०७४, स्वास्थ्य बीमा नियमावली, २०७५ तथा प्रचलित कानुनविपरीतका गतिविधि नगर्न तथा…
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीका लागि आवश्यक पोसाक स्वदेशमै उत्पादन गर्ने योजना अघि सारिएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा गृहमन्त्री गुरुङले भने, ‘प्रहरीको पोसाक उत्पादन गर्न आफ्नै फ्याक्ट्री स्थापना गरिनेछ, जुन सहरभन्दा बाहिर गाउँ क्षेत्रमा राखिनेछ ।’ उनले यसबाट गाउँका स्थानीय बासिन्दाले रोजगारी पाउने, स्वदेशमै उत्पादन बढ्ने बताए । मन्त्री गुरुङले भने, ‘प्रहरीको पोसाक आफैं उत्पादन गर्ने हो भने देशमै उद्योग विकास हुन्छ, रोजगारी सिर्जना हुन्छ र आवश्यक सामग्री समयमै उपलब्ध हुन्छ ।’ त्यस्तै, उनले प्रहरीको न्युट्रिसनु (पोषण) र कार्य अवस्थाबारे पनि कुरा उठाएका बताए । उनले प्रहरी कर्मचारीहरू दिनरात खट्नुपर्ने भएकाले उनीहरूको पोषण तथा सुविधामा…
काठमाडौं । सन् नेपाल इन्स्युरेन्सका सीईओ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सीईओ राजकुमार अर्याललाई राजधानीको पुतलीसडकबाट सोमबार पक्राउ गरेको हो । सीआईबीका एक अधिकृतले उनलाई केही बेरअघि पक्राउ गरिएको पुष्टि गर्दै उनीमाथि अनुसन्धान सुरु गरिएको बताए । उनीमाथिको आरोप भने सीआईबीले खुलाएको छैन ।
काठमाडौं । काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले आज बिहान उनलाई काठमाडौंको सुविधानगर क्षेत्रबाट पक्राउ गरेको हो । जेनजी प्रदर्शनबारे सत्यतथ्य पत्ता लगाउन गठित गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोग ले रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सरकारलाई सिफारिस गरेको थियो। भदौ २३ र २४ गते काठमाडौंको बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका बेला रिजाल नै प्रमुख जिल्ला अधिकारी थिए। उक्त प्रदर्शनका क्रममा किशोरहरूको ज्यान जानेगरी गोली चलाइएको घटनाले देशभर ठूलो विवाद र आक्रोश सिर्जना गरेको थियो । आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयपछि यसअघि नै केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री…
काठमाडौं । आज दिउँसो ठीक १ बजे, नेपाल प्रहरीको प्रधान कार्यालय परिसर असामान्य रूपमा सक्रिय देखिन्थ्यो। केहीबेरमै, सुधन गुरुङको सवारी भित्रियो। सुरक्षाकर्मीहरू तयारी अवस्थामा थिए। गाडी रोकिनासाथ गृहमन्त्री गुरुङ ओर्लिए र औपचारिकता सुरु भयो- प्रहरीको एक टुकडीले अनुशासित ढंगले सलामी अर्पण गर्यो। प्रधान कार्यालयमा उपस्थित अधिकारीहरू सतर्क मुद्रामा उभिएका थिए, वातावरणमा औपचारिकता र अपेक्षाको मिश्रण थियो। सलामी ग्रहणपछि गृहमन्त्रीले उच्च अधिकृतहरूसँग छोटो भेटघाट गरे। त्यसपछि उनी विभिन्न शाखाहरूको निरीक्षणतर्फ लागे- अपराध अनुसन्धानदेखि डिजिटल फरेन्सिकसम्म। प्रत्येक कक्षमा उनी चासोपूर्वक सुन्दै, सोधपुछ गर्दै अघि बढिरहेका थिए। त्यसपछि भएको सम्बोधनमा उनले आफ्ना विगतका अनुभव सम्झिए-तल्लो दर्जाका प्रहरीसँग काम गर्दा भोगेका अभाव, चिउरा र…
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई जनमैत्री र नमुना संस्थाका रूपमा विकास गर्ने लक्ष्यसहित सुधारको आवश्यकता औँल्याएका छन्। सोमबार नक्सालस्थित प्रहरी प्रधान कार्यालयको निरीक्षणका क्रममा उनले डिजिटल फरेन्सिक ल्याब, अपराध अनुसन्धान विभाग लगायतका विभिन्न इकाइको अवलोकन गरेका थिए। त्यसपछि आयोजित कार्यक्रममा प्रहरी उच्च अधिकृतहरुलाई सम्बोधन गर्दै उनले सर्वसाधारणसँग गर्ने बोली र व्यवहारमा सुधार ल्याउन विशेष निर्देशन दिए। ‘प्रहरीको छवि जनतासँगको व्यवहारबाटै देखिन्छ, त्यसैले तपाईंहरूको बोली र व्यवहार नमुना हुनुपर्छ,’ उनले भने। गृहमन्त्री गुरुङले प्रहरीको आधारभूत सुविधा सुधार गर्न सरकार प्रतिबद्ध रहेको समेत स्पष्ट पारे। उनले प्रहरीका लागि आवश्यक रासन व्यवस्थादेखि अनुसन्धानमा अत्याधुनिक प्रविधि भित्र्याउने काम सरकारले गर्ने उल्लेख गर्दै…