Author: Scoop Khabar

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल, सार्वजनिक बहस तथा विभिन्न राजनीतिक वृत्तमा नेपाल प्रहरीका वर्तमान आईजीपी दानबहादुर कार्कीमाथि जेनजेड आन्दोलनका घटनालाई लिएर विभिन्न किसिमले प्रताडना दिने, सके कट्लेआम गर्ने दुष्प्रयास भइरहेको छ । तर घटनाको समग्र सन्दर्भ, तत्कालीन कमाण्ड संरचना तथा त्यसपछिका संस्थागत सुधार र नेतृत्वलाई हेर्दा वर्तमान नेतृत्वमाथि दोष थोपरेर प्रताडना दिइरहनु अन्यायपूर्ण हुने तर्क झन् बलियो बन्दै गएको छ । सुरक्षा स्रोतहरूका अनुसार तत्कालीन एआईजी कार्की २३ गतेको घटनामा उपत्यका प्रहरी कार्यालयको कमाण्डमा थिएनन् । उनी २४ भदौमा मात्रै तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङको मौखिक आदेशमा परिचालित भई काममा खटिएका थिए । स्रोतका अनुसार दुःखद, विषम एवं…

थप

चितवन । चितवनको नारायणगढ क्षेत्रमा रहेको वडा प्रहरी कार्यालयको टोलीमाथि पछिल्लो समय सेवाग्राहीका गम्भीर गुनासा सार्वजनिक हुन थालेका छन्। उजुरी लिएर पुगेका सर्वसाधारणले प्रहरी प्रशासनले आफ्नो अनुकूल वा फाइदा हुने विषयमा मात्र चासो दिने, अन्यथा बेवास्ता गर्ने गरेको आरोप लगाएका छन्। नारायणगढ वडा प्रहरी कार्यालयमा उजुरी दिएका एक स्थानीयले आफ्नो चोरी भएको सामानबारे प्रमाणसहित जानकारी गराउँदा समेत प्रहरीले आवश्यक चासो नदिएको गुनासो गरेका छन्। ती सेवाग्राहीका अनुसार चोरी घटनासम्बन्धी सिसिटिभी फुटेजसहित पटक–पटक वडा प्रहरी कार्यालय पुग्दा पनि एक सातासम्म कुनै प्रभावकारी पहल नभएको बताए। ‘प्रमाण बोकेर जाँदा पनि सुनुवाइ भएन, उल्टै वास्ता नगरिएको महसुस भयो,’ ती पीडितले गुनासो गर्दै भने।…

थप

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेतृत्व सम्हालेको ६ महिनामै संगठनभित्र कल्याण, स्वास्थ्य, सामाजिक सुरक्षा र सेवासुविधामा उल्लेखनीय सुधारका प्रयास अघि बढाएका छन् । प्रहरी संगठनभित्र देखिएका व्यावहारिक समस्या समाधान गर्दै प्रहरी कर्मचारी र उनका परिवारलाई प्रत्यक्ष राहत दिने योजनालाई उनले प्राथमिकतामा राखेका छन् । आईजीपी कार्कीको नेतृत्वमा प्रहरी कल्याण कोषमार्फत प्रवाह हुने सेवालाई थप सरल, सहज र छरितो बनाइएको छ । यही अवधिमा बहालवाला, अवकाश प्राप्त तथा अमर÷अशक्त प्रहरी र आश्रित परिवारलाई मृत्यु राहत, औषधोपचार, किरिया खर्च तथा स्वास्थ्य उपचार शीर्षकमा ६ करोड ६१ लाख रुपैयाँभन्दा बढी सहायता उपलब्ध गराइएको छ । त्यस्तै, छात्रवृत्ति तथा सामाजिक कार्यक्रमअन्तर्गत…

थप

काठमाडौं । राजधानीका विभिन्न क्षेत्रमा श्रृंखलाबद्ध रूपमा ठुलो परिमाणमा चोरी गर्दै आएको आरोपमा पक्राउ परेका प्रेम थारूमाथि जिल्ला अदालत काठमाडौँमा दुई छुट्टाछुट्टै मुद्दा दर्ता गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले थारूमाथि नकबजनी चोरी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अभियोगपत्र दायर गरेको हो । प्रहरी अनुसन्धानअनुसार उनले काठमाडौंको बौद्ध र भोटबहाल क्षेत्रमा भएका दुई ठुला चोरी घटनामा प्रत्यक्ष संलग्नता देखिएको छ । प्रहरीका अनुसार थारूले बौद्धस्थित तेन्जिङ डोल्मा नेपालीको घरबाट करिब ८० लाख रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए । त्यस्तै, भोटबहालस्थित रामकुमार पण्डितको घरबाट पनि करिब ८० लाख रुपैयाँ बराबरको नगद तथा सुनका गहना चोरी गरेको खुलेको छ ।…

थप

काठमाडौँ । साविक विजेता रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) ले गुजरात टाइटन्सलाई ९२ रनले हराउँदै लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा स्थान बनाएको छ। आरसिबीले कप्तान रजत पाटीदारको विस्फोटक इनिङ्सको मद्दतमा २० ओभरमा पाँच विकेट गुमाएर २५४ रन बनाएको थियो। जवाफमा गुजरात १९.३ ओभरमा १६२ रनमै अलआउट भयो। गुजरातसँग भने अझै फाइनल पुग्ने एउटा अवसर बाँकी छ। अब टोलीले आज (बुधबार) हुने हैदराबाद र राजस्थानबीचको इलिमिनेटरको विजेतासँग शुक्रबार क्वालिफायर–२ मा प्रतिस्पर्धा गर्नेछ। आरसिबीले कुल पाँचौँ पटक आइपिएल फाइनलमा स्थान बनाएको हो। यसअघि टोली सन् २००९, २०११, २०१६ र २०२५ मा फाइनल पुगेको थियो। गत सिजन पञ्जाब किङ्सलाई हराउँदै…

थप

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी पार्टीमा प्रवेश गरेकी ममता शर्मालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको छ। सभापति गगनकुमार थापाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४ को उपधारा (१०) (ङ) बमोजिम बाराकी शर्मालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन्। रास्वपा मधेश प्रदेश संस्थापक सभापति समेत रहेकी शर्माले टिकट वितरणमा आर्थिक चलखेल र विधि मिचिएको आरोप लगाउँदै पार्टी छाडेकी थिइन्।

थप

काठमाडौं । नेपाल प्रहरीका तल्लो दर्जाका कर्मचारीको सेवासुविधासम्बन्धी बहुप्रतीक्षित ‘१६ वर्षे पेन्सन’ प्रस्ताव फेरि चर्चामा आएको छ । प्रहरी जवानदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मलाई १६ वर्ष सेवा अवधिमै निवृत्तिभरण (पेन्सन) पाउने तथा प्रहरी सहायक निरीक्षकदेखि प्रहरी वरिष्ठ नायब निरीक्षकसम्मलाई १८ वर्षमै पेन्सनको व्यवस्था गर्ने गरी संशोधन प्रस्ताव गृह मन्त्रालयमा पठाइएको छ । यो प्रस्ताव प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सार्वजनिक गरेको ६ महिनाको कार्यसम्पादन प्रतिवेदनको पहिलो प्राथमिकतामा समावेश गरिएको छ । प्रहरी संगठनभित्र वर्षौंदेखि उठ्दै आएको यो विषयलाई यसअघि पनि विभिन्न नेतृत्वले उठाए पनि व्यवहारमा लागू हुन सकेको थिएन । विशेषगरी तल्लो दर्जाका प्रहरी कर्मचारीले लामो समयदेखि आफूहरूको सेवा अवधि, कामको…

थप

काठमाडौं । प्रहरी कर्मचारीको आर्थिक समस्या समाधान तथा मनोबल अभिवृद्धि गर्ने उद्देश्यले नेपाल प्रहरीले पछिल्लो ६ महिनामा ४८ सयभन्दा बढी प्रहरी कर्मचारीलाई दुई अर्ब ३८ करोड रुपैयाँभन्दा बढी सहुलियत कर्जा वितरण गरेको छ । प्रहरी प्रधान कार्यालयले आफ्ना कर्मचारीलाई विभिन्न शीर्षकमा दुई अर्ब ३८ करोड ७३ लाख २३ हजार रुपैयाँ सहुलियत कर्जा उपलब्ध गराएको जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी कर्मचारीको हित, आर्थिक सहजता तथा मनोबल अभिवृद्धिलाई लक्षित गर्दै प्रहरी कल्याण कोषमार्फत चार हजार आठ सय ४७ जना प्रहरी कर्मचारीलाई उक्त रकम कर्जास्वरूप वितरण गरिएको हो । प्रहरी प्रवक्ता डिआइजी अबिनारायण काफ्लेका अनुसार प्रहरी वरिष्ठ नायब निरीक्षकदेखि प्रहरी…

थप

वीरगञ्ज । जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । सरकारी कागजात किर्ते, झुठा विवरण पेश गरी नागरिकता तथा अन्य सरकारी कागजात बनाएको आरोपमा दायर मुद्दामा अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो । सरकारी वकिल कार्यालय पर्साले जेठ १ गते मेयर सिंहसहित चार जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको थियो । अदालतका अनुसार उनीहरू अदालतमा उपस्थित नभएपछि अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि पक्राउ पुर्जी जारी गरिएको हो । मुद्दामा अर्काकी छोरीलाई नक्कली हस्ताक्षरका आधारमा जन्मदर्ता, नागरिकता र राहदानी बनाइएको आरोप लगाइएको छ । उक्त प्रकरणमा मेयर सिंहसँगै उनकी दोस्रो भनिएकी श्रीमती,…

थप

काठमाडौं । रास्वपाका सांसद जगदीश खरेलले विपक्षी दलले संसद् अवरोध गरेर तमासा देखाएको टिप्पणी गरेका छन् । विपक्षी दलले प्रधानमन्त्रीको उपस्थिति खोज्दै सदनमा विरोध जारी राखेपछि उनले यस्तो टिप्पणी गरेका हुन्। उनले भने, ‘मलाई आज गहिरोसँग महसुस भयो आठवटा अध्यादेश सरकारले किन ल्याउनुप¥यो भनेर । संसद् यसै गरी चलेर विगत १० वर्षदेखि हामीले ७२ सालमा बनेको संविधान पछि जति ऐन र कानुनहरू संसद्ले बनाउनुपथ्र्यो, त्यो कानुन किन बन्न सकेन भनेर यो तमासाले देखाइरहेको छ । अहिले संसदीय तमासा हामीले देखाइरहेका छौँ ।’ विपक्षी दलहरुले प्रधानमन्त्री बालेन शाहले संसदमा आएर जनताका प्रश्नको जवाफ दिनुपर्छ भन्दै विरोध गर्दै आएका थिए । त्यसमाथि…

थप