काठमाडौँ । साविक विजेता रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) ले गुजरात टाइटन्सलाई ९२ रनले हराउँदै लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा स्थान बनाएको छ।
आरसिबीले कप्तान रजत पाटीदारको विस्फोटक इनिङ्सको मद्दतमा २० ओभरमा पाँच विकेट गुमाएर २५४ रन बनाएको थियो। जवाफमा गुजरात १९.३ ओभरमा १६२ रनमै अलआउट भयो।
गुजरातसँग भने अझै फाइनल पुग्ने एउटा अवसर बाँकी छ। अब टोलीले आज (बुधबार) हुने हैदराबाद र राजस्थानबीचको इलिमिनेटरको विजेतासँग शुक्रबार क्वालिफायर–२ मा प्रतिस्पर्धा गर्नेछ।
आरसिबीले कुल पाँचौँ पटक आइपिएल फाइनलमा स्थान बनाएको हो। यसअघि टोली सन् २००९, २०११, २०१६ र २०२५ मा फाइनल पुगेको थियो। गत सिजन पञ्जाब किङ्सलाई हराउँदै उपाधि जितेको आरसिबी उपाधि रक्षा गर्न अब एक कदम टाढा छ।
