चितवन । चितवनको नारायणगढ क्षेत्रमा रहेको वडा प्रहरी कार्यालयको टोलीमाथि पछिल्लो समय सेवाग्राहीका गम्भीर गुनासा सार्वजनिक हुन थालेका छन्। उजुरी लिएर पुगेका सर्वसाधारणले प्रहरी प्रशासनले आफ्नो अनुकूल वा फाइदा हुने विषयमा मात्र चासो दिने, अन्यथा बेवास्ता गर्ने गरेको आरोप लगाएका छन्।
नारायणगढ वडा प्रहरी कार्यालयमा उजुरी दिएका एक स्थानीयले आफ्नो चोरी भएको सामानबारे प्रमाणसहित जानकारी गराउँदा समेत प्रहरीले आवश्यक चासो नदिएको गुनासो गरेका छन्। ती सेवाग्राहीका अनुसार चोरी घटनासम्बन्धी सिसिटिभी फुटेजसहित पटक–पटक वडा प्रहरी कार्यालय पुग्दा पनि एक सातासम्म कुनै प्रभावकारी पहल नभएको बताए।
‘प्रमाण बोकेर जाँदा पनि सुनुवाइ भएन, उल्टै वास्ता नगरिएको महसुस भयो,’ ती पीडितले गुनासो गर्दै भने।
स्थानीयका अनुसार यस्ता घटनाले प्रहरी प्रशासनप्रतिको विश्वास कमजोर बनाउँदै गएको छ। नागरिकले सुरक्षा निकायबाट छिटो र निष्पक्ष सेवा अपेक्षा गर्ने भए पनि कतिपय अवस्थामा उजुरी नै बेवास्ता हुने गरेको आरोपले चिन्ता थपेको छ।
यदि नागरिकका गुनासा यथाशीघ्र सम्बोधन नभए समाजमा असुरक्षा बढ्न सक्ने भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिए कारबाही गर्न माग गरेका छन्।
चितवनको मुख्य व्यापारिक केन्द्र नारायणगढमा सुरक्षाको जिम्मेवारी पाएको वडा प्रहरी कार्यालयका प्रमुख छन् प्रहरी निरीक्षक (इन्स्पेक्टर) कुशराज कार्की। स्थानीय व्यवसायी, सर्वसाधारण र यातायात मजदुरहरूले इन्स्पेक्टर कार्कीको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै आर्थिक चलखेल र शक्तिको दुरुपयोग बढेको आरोप लगाएका छन्।
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको नाममा इन्स्पेक्टर कार्कीको आतंक नै छ । इन्स्पेक्टर कार्कीले आईजीपीको भतिज हो भन्दै थर्काउनेसमेत गरेको व्यवसायीहरु बताउँछन्।
अडिओ सुन्नुहोस्
यो पनि पढ्नुहोस्…
नारायणगढ वडा प्रहरी: राति होटल चहार्दै असुली, कार्यक्रममै छिरेर हंगामा गर्ने इन्स्पेक्टर टोली
नारायणगढमा प्रहरीकै भूमिकामाथि प्रश्न: असुली र सेटिङका आरोपले तातेको बजार
नारायणगढ वडा प्रहरीकै संरक्षणमा अवैध गतिविधि संचालन
![चोरीको प्रमाणसहित पुगेका पीडित भन्छन्- ‘नारायणगढ प्रहरीले वास्तै गरेन’ [अडिओसहित]](https://scoopkhabar.com/wp-content/uploads/2026/05/narayangadh-police-1024x476.jpeg)