Author: Scoop Khabar

काठमाडौं । सल्यान प्रहरीले वनमा लुकाएर राखिएका तीन थान बन्दुक फेला पारेको छ। सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१२ स्थित सिद्धगुफा सामुदायिक वन क्षेत्रमा प्रहरीले तीन थान अवैध भरुवा बन्दुक बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार विशेष सूचनाको आधारमा वन क्षेत्रमा गरिएको खोजी अभियानका क्रममा बेवारिसे अवस्थामा बन्दुक फेला परेका हुन्। प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले बरामद गरिएका बन्दुक कसले र कुन उद्देश्यले त्यहाँ लुकाएर राखेको भन्ने विषयमा अनुसन्धान जारी रहेको जानकारी दिए। प्रहरीले घटनासँग सम्बन्धित व्यक्तिको पहिचान गर्न थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

थप

कपिलवस्तु । कपिलवस्तुमा सशस्त्र प्रहरीको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु भएको छ । बुधबार बिहान ११ बजे कपिलवस्तु नगरपालिका-३ स्थित महिता चोकमा सेमरीबाट तौलिहवातर्फ जाँदै गरेको लु प्र ०१००१ ह ३६७२ नम्बरको टेम्पोलाई सशस्त्र प्रहरीको गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करपछि सोही नगरपालिका-६ सेमेरीका अतिकूर रहमानका तीन वर्षे छोरा महफुज मुसलमान गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका महफुजको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक बालकको शव कपिलवस्तु अस्पतालमा राखिएको छ। र्दुघटनामा ट्याम्पु चालक कपिलवस्तु नगरपालिका-३ वर्गदवाका ६० वर्षीय शिवप्रसाद चौधरी गम्भीर घाइते भएका छन्। उनको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ। यसैगरी…

थप

काठमाडौं । नेपाल प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायीहरुलाई धाक धम्की दिएको आरोपमा प्रहरीले काठमाडौंको गौरीघाटबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोसी गाउँपालिका–३ घर भएर कागेश्वरी मनोहरा नगरपालिका–९ डेरा गरी बस्ने ३४ वर्षीय आशिष सुनुवार छन् । आरोपीले सीआईबीको सहायक हवलदार हुँ भनेर चाबहिल क्षेत्रमा होटल व्यवसायी तथा स्थानीयलाई धाक धम्की दिने गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । बुधवार पक्राउ परेका सुनुवारमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।

थप

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा संवेदनशील सरकारी संरचनाको सुरक्षामा नेपाली सेनाबाट कमजोरी भएको निष्कर्ष निकालेको छ। आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा आन्दोलनका क्रममा संघीय संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत तथा राष्ट्रपति निवास क्षेत्रमा भएको तोडफोड र आगजनी रोक्न खटिएको सेना प्रभावकारी रूपमा परिचालन हुन नसकेको उल्लेख गरिएको छ। प्रतिवेदनअनुसार आन्दोलनकारीहरूले संवेदनशील क्षेत्रहरूमा प्रवेश गरी तोडफोड र आगजनी गर्दा समेत सुरक्षामा खटिएको सेना ‘मूकदर्शक’ बनेको आयोगको ठहर छ। आयोगले भविष्यमा यस्ता घटनामा राष्ट्रिय सम्पत्तिको सुरक्षा र मानव अधिकारको संरक्षणलाई प्राथमिकतामा राख्न प्रधानसेनापतिलाई निर्देशन दिन सरकारलाई सिफारिस गरेको छ। त्यस्तै,…

थप

चितवन । नारायणगढस्थित वडा प्रहरी कार्यालयकै छेउमा सञ्चालित केही होटल तथा क्लबमा अवैध गतिविधि भइरहेको भन्दै स्थानीयवासीले गम्भीर आरोप लगाएका छन्। त्यहाँ बसोबास गर्ने सिग्देल, सुनार, यादव थरका स्थानीयले ती होटलमा लामो समयदेखि शंकास्पद गतिविधि सञ्चालन हुँदै आएको बताएका हुन्। स्थानीयका अनुसार यस विषयमा पटक–पटक प्रहरी प्रशासनलाई जानकारी गराउँदा समेत कुनै ठोस कदम चालिएको छैन। स्रोतका अनुसार होटलहरूमा भइरहेको अवैध गतिविधिबारे जानकारी जिल्ला प्रहरी कार्यालय चितवनसम्म पुगेको भए पनि प्रभावकारी कारबाही हुन नसकेको आरोप छ। यस विषयमा यसअघि पनि समाचार प्रकाशन भइसकेको बताइएको छ। स्रोतले दाबी गरेअनुसार महिनौँदेखि प्रहरीलाई जानकारी हुँदाहुँदै पनि वडा प्रहरी कार्यालय मौन बस्नु र गतिविधि नियन्त्रणतर्फ…

थप

काठमाडौं । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) अमरेन्द्र बहादुर सिंह प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस भएका छन् । बुधबार बसेको बढुवा समितिको बैठकले उनलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिस सूची प्रहरी नियमावली २०७१ को नियम २७ को उप-नियम (४) अनुसार प्रकाशित गरिएको छ । उनी जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत रहेका छन् ।

थप

काठमाडौं । नेपाल प्रहरीको विभिन्न प्राविधिक समूहमा कार्यरत १४ जना प्रहरी वरिष्ठ नायव निरीक्षक (सई) हरूलाई प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले बुधबार विभिन्न विधाका प्राविधिक अधिकृतहरूको बढुवा सूची सार्वजनिक गरेको हो। सिफारिस सूचीअनुसार इन्जिनियरिङतर्फ सञ्चारका ४ जना, सूचना प्रविधिका ३ जना, आवास तथा भौतिकका २ जना र संगीत उप(समूहका १ जना गरी १० जना रहेका छन्। यस्तै, स्वास्थ्य (नर्सिङ) तर्फ २ जना, विधि विज्ञान (फरेन्सिक) तर्फ १ जना र केनाइन (कुुकुर सेवा) तर्फ १ जना गरी कुल १४ जना वरिष्ठ सईहरू इन्स्पेक्टरका लागि सिफारिस भएका हुन्। हेर्नुहोस् को को बढुवा…

थप

काठमाडौं । नेपाल प्रहरीको जनपद र प्राविधिक समूहका १३ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) हरूलाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयको बुधबार बसेको बैठकको निर्णयअनुसार बढुवा सिफारिस सूची सार्वजनिक गरिएको हो। समितिको निर्णयअनुसार डिएसपी ध्रुव कुमार श्रेष्ठलाई एसपी पदमा बढुवाका लागि सिफारिस गरिएको छ। त्यसैगरी, प्राविधिकतर्फ स्वास्थ्य र इन्जिनियरिङ समूहका १२ जना डिएसपीहरू बढुवा सिफारिसमा परेका छन्। स्वास्थ्य (चिकित्सक) उप-समूहतर्फ ९ जनालाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ। जसमा डा. शोभा वाग्ले, डा. सरोज सिंह, डा. बिकल श्रेष्ठ, डा. बोध विक्रम कार्की, डा. निर्मल घिमिरे, डा. नर्मन लामिछाने, डा. दिपा चुडाल,…

थप

काठमाडौं । गृह मन्त्रालय, बढुवा समितिको सचिवालयले नेपाल प्रहरीका चार जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरेको छ । जेठ १३ गते बसेको बढुवा समितिको बैठकले जनपद र प्राविधिक समूहतर्फका अधिकारीहरूलाई बढुवा गर्ने निर्णय गरेको हो । सिफारिस सूचीअनुसार जनपद समूहतर्फ जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत एसपी अमरेन्द्र बहादुर सिंहलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ । त्यसैगरी, प्राविधिक समूहतर्फ स्वास्थ्य उप-समूह (चिकित्सक) बाट नेपाल प्रहरी अस्पतालमा कार्यरत डा. सेवक श्रेष्ठलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । यस्तै, इन्जिनियरिङ उप(समूह (सूचना प्रविधि) तर्फबाट सरोज शाक्य र मनिषराज सापकोटालाई एसएसपी पदमा बढुवाका लागि…

थप

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल, सार्वजनिक बहस तथा विभिन्न राजनीतिक वृत्तमा नेपाल प्रहरीका वर्तमान आईजीपी दानबहादुर कार्कीमाथि जेनजेड आन्दोलनका घटनालाई लिएर विभिन्न किसिमले प्रताडना दिने, सके कट्लेआम गर्ने दुष्प्रयास भइरहेको छ । तर घटनाको समग्र सन्दर्भ, तत्कालीन कमाण्ड संरचना तथा त्यसपछिका संस्थागत सुधार र नेतृत्वलाई हेर्दा वर्तमान नेतृत्वमाथि दोष थोपरेर प्रताडना दिइरहनु अन्यायपूर्ण हुने तर्क झन् बलियो बन्दै गएको छ । सुरक्षा स्रोतहरूका अनुसार तत्कालीन एआईजी कार्की २३ गतेको घटनामा उपत्यका प्रहरी कार्यालयको कमाण्डमा थिएनन् । उनी २४ भदौमा मात्रै तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङको मौखिक आदेशमा परिचालित भई काममा खटिएका थिए । स्रोतका अनुसार दुःखद, विषम एवं…

थप