Author: Scoop Khabar

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सोमबार एकैपटक ४८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गर्दा केही निर्णयले संगठनभित्रै प्रश्न उठाएको छ। तीमध्ये सबैभन्दा चासोको विषय बनेको छ- जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी प्रदीप क्षेत्रीको समयावधि नपुग्दै गरिएको सरुवा। रुपन्देहीजस्तो सीमावर्ती, तस्करी तथा संगठित अपराधको दृष्टिले संवेदनशील जिल्लामा प्रभावकारी कमाण्ड सम्हालिरहेका एसपी क्षेत्रीलाई ९ महिनामै हटाएर उनको स्थानमा एसपी जनक बहादुर शाहीलाई पठाइएको छ। एसपी क्षेत्रीलाई तत्कालीन प्रहरी महानिरीक्षक दीपक थापाले वैशाखमा रुपन्देही पठाएका थिए। सामान्यतः एक जिल्लामा एसपीको कार्यकाल कम्तीमा एक वर्ष रहने प्रचलन छ। तर, कुनै स्पष्ट कारण नखुलाइ ९ महिनामै सरुवा गरिनु अस्वाभाविक मानिएको छ। उत्कृष्ट कार्यसम्पादनकै बीच…

थप

काठमाडौं । प्रहरी प्रधान कार्यालयले उपत्यका, सातवटै प्रदेश, जिल्ला तथा इकाइमा कार्यरत ५० जना प्रहरी कर्मचारीलाई छानबिनको प्रक्रियामा तानेको छ। प्रहरी प्रधान कार्यालय प्रशासन शाखा तथा सुपरिवेक्षण तथा अनुगमन महाशाखाको पत्रअनुसार उनीहरूलाई आवश्यक कागजातसहित तोकिएको मितिमा उपस्थित हुन निर्देशन दिइएको हो। छानबिनका क्रममा केही विषयवस्तु बुझ्नुपर्ने देखिएकाले प्रहरी कर्मचारीहरूलाई कार्यालय पोसाकमै उपस्थित गराउन सम्बन्धित कार्यालयलाई जानकारी गराइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ। छानबिनमा तानिनेहरूमा प्रहरी जवानदेखि प्रहरी बरिष्ठ नायब निरीक्षकसम्मका कर्मचारी रहेका छन्। नामावली यस प्रकार छः प्र.ब.ना.नि राजेन्द्र चौहान – नेपाल प्रहरी विशेष सुरक्षा गण, रातोपाटी, मकवानपुरप्र.ना.नि. कपिल खड्का – जिल्ला प्रहरी कार्यालय, सुनसरीप्र.ना.नि. सुवास यादव – जिल्ला…

थप

काठमाडौं । नेपाल प्रहरीका ८ जना जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरूवा भएको छ। गृह मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णय गरी ८ डिआइजीहरुको सरूवा गरेको हो। जसअनुसार लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा डिआइजी भुपेन्द्र खत्रीको सरुवा भएको छ । त्यस्तै जयराज सापकोटाको कर्णाली प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ भने दिपक रेग्मीको बागमति प्रदेश प्रहरी कार्यालय र दिपेन्द्र घर्ती क्षेत्रीको गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ । हेर्नुहोस् अन्य को कहाँ भए ?

थप

काठमाडौं । नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा भएको छ । माघ १ गतेदेखि लागू हुने गरी एसपीहरुको सरुवा भएको हो । अपराध अनुसन्धान कार्यालयको अनुसन्धान शाखाका एसपी काजी कुमार आचार्यलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा पठाइएको छ । रुपन्देहीका एसपी प्रदीप क्षेत्रीको भने नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहमा सरुवा भएको छ । रुपन्देहीमा जनक बहादुर शाहीको सरुवा भएको छ । हेर्नुहोस् सरुवाको सूची

थप

काठमाडौं । नेपाल प्रहरीका ४८ प्रहरी नायब उपरीक्षक (डिएसपी)हरूको सरुवा भएको छ। सरुवामा विभिन्न कार्यालयका प्रहरी प्रमुख फेरिएका छन्। रसुवामा डिएसपी अशोक थापा, इलाका प्रहरी कार्यालय दमक, झापामा किशोर लम्साललाई पठाइएको छ। हेर्नुहोस् सुची

थप

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै जाँदा मन्त्रिपरिषद् नै हलचलमा परेको छ। चुनावी प्रतिस्पर्धामा उत्रने तयारीमा रहेका दुई मन्त्रीले आज पदबाट राजीनामा दिने तयारी गरेका छन्। चुनाव लड्नका लागि राजीनामा दिन लागेको जानकारी उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई समेत गराइसकेको एक मन्त्रीले पुष्टि गरे। राजीनामा दिनेमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता रहेका छन्। प्रधानमन्त्री कार्कीले यसबारे अन्य मन्त्रीहरूलाई पनि जानकारी गराइसकेको स्रोतको भनाइ छ। सरकारभित्रै अर्का एक मन्त्रीले पनि राजीनामा दिन सक्ने चर्चा चलिरहेको छ। प्रधानमन्त्री कार्कीले तीन जना मन्त्री राजीनामा दिएर निर्वाचनमा होमिन सक्ने विषय अन्य मन्त्रीहरूसँग छलफल गरे…

थप

काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा‌ नेपाल थाइल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको हो । नेपालले दिएको १२३ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । २ रन आवश्यक हुँदा थाइल्याण्डले विजयी चौका प्रहार गरेको हो । थाइल्यान्डका लागि नथाकन चन्थमले अविजित ५७ रन बनाइन् । नानपत‌ कोन्चारोन्काईले ३२ तथा अफिसरा सुवानचोनराथीले २८ रन बनाइन् । नेपालका लागि दुवै विकेट सीता रानामगरले‌ लिइन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन…

थप

काठमाडौं । गरिमा विकास बैंकले आफ्नो आधिकारिक लोगो तथा छाप परिवर्तन गरेको छ । आफ्नो संस्थागत पहिचानलाई समयसापेक्ष र सशक्त बनाउने उद्देश्यसहित बैंकले माघ १ गतेदेखि नयाँ लोगो प्रयोगमा ल्याएको हो । बैंकको गत कार्तिक २७ गते सम्पन्न उन्नाइसौँ वार्षिक साधारणसभाबाट लोगो तथा छाप परिवर्तन गर्ने विशेष प्रस्ताव पारित भएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी नयाँ लोगो कार्यान्वयनमा ल्याइएको हो । परिवर्तित लोगोले बैंकको आधुनिक, सरल र विश्वसनीय पहिचान झल्काउने विश्वास बैंकले लिएको छ ।

थप

काठमाडौं । एनसेलले नेपालका तीन सहरमा ‘क्रिएटर्स मेला’ आयोजना गर्न नेपालस्थित अमेरिकी दूतावाससँग सहकार्य गरेको छ । निःशुल्क रूपमा सहभागी हुन सकिने यस कार्यक्रममा नेपालमा बढ्दो क्रममा रहेका कन्टेन्ट क्रिएटरहरूलाई व्यावहारिक सिकाइ, व्यावसायिक सम्पर्क तथा सहकार्यका अवसर प्रदान गरिनेछ । यो वर्षको क्रिएटर्स मेला भोलि (माघ ३) चितवनबाट सुरु हुँदैछ । त्यसपछि माघ १० गते नेपालगन्ज र माघ १६ तथा १७ गते काठमाडौँमा कार्यक्रम आयोजना हुनेछ । सन् २०२३ देखि क्रिएटर्स मेलाको साझेदारका रूपमा एनसेलले सहयोग गर्दै आएको छ । कार्यक्रमले नेपाली युवाहरूलाई कन्टेन्ट क्रिएसनमार्फत सशक्त बनाउने र डिजिटल नेपालको लक्ष्यमा टेवा पुर्‍याउने उद्देश्य लिएको छ । ‘भिजन टु भेन्चर’…

थप

काठमाडौं । चन्द्रागिरि नगरपालिकाका स्थानीयवासीले आजदेखि केबलकार चढ्दा ५० प्रतिशत छुट पाउन थालेका छन् । केबलकारको प्रवर्द्धक संस्था चन्द्रागिरि हिल्स लिमिटेडको गत पुस २३ गते सम्पन्न १६औँ साधारणसभाले माघ १ गतेदेखि लागू हुनेगरी चन्द्रागिरि नगरपालिका तथा मकवानपुर जिल्लाका थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका स्थानीयवासीले समेत यस्तो छुट उपलब्ध गराउने निर्णय गरेको थियो । माघ १ गते सार्वजनिक बिदा परेका कारण छुटको निर्णय आजदेखि कार्यान्वयनमा आएको हो । हाल चन्द्रागिरि केबलकार चढ्नका लागि साधारण टिकटका लागि ८२५ रूपैयाँ तिर्नुपर्छ । यसअघि कम्पनीले चन्द्रागिरिस्थित केबलकारको बेसस्टेसन वरपरका एकदेखि पाँच वडाका बासिन्दालाई २५ प्रतिशत छुट दिइरहेको थियो । ‘एक वर्षअघि नगर कार्यपालिकाले सबै…

थप