काठमाडौं । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) अमरेन्द्र बहादुर सिंह प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस भएका छन् ।
बुधबार बसेको बढुवा समितिको बैठकले उनलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिस सूची प्रहरी नियमावली २०७१ को नियम २७ को उप-नियम (४) अनुसार प्रकाशित गरिएको छ । उनी जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत रहेका छन् ।
Facebook Comments Box
