काठमाडौं । नेपाल प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायीहरुलाई धाक धम्की दिएको आरोपमा प्रहरीले काठमाडौंको गौरीघाटबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोसी गाउँपालिका–३ घर भएर कागेश्वरी मनोहरा नगरपालिका–९ डेरा गरी बस्ने ३४ वर्षीय आशिष सुनुवार छन् ।
आरोपीले सीआईबीको सहायक हवलदार हुँ भनेर चाबहिल क्षेत्रमा होटल व्यवसायी तथा स्थानीयलाई धाक धम्की दिने गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।
बुधवार पक्राउ परेका सुनुवारमाथि प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।
Facebook Comments Box
