काठमाडौं । गृह मन्त्रालय, बढुवा समितिको सचिवालयले नेपाल प्रहरीका चार जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरेको छ ।
जेठ १३ गते बसेको बढुवा समितिको बैठकले जनपद र प्राविधिक समूहतर्फका अधिकारीहरूलाई बढुवा गर्ने निर्णय गरेको हो ।
सिफारिस सूचीअनुसार जनपद समूहतर्फ जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत एसपी अमरेन्द्र बहादुर सिंहलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ ।
त्यसैगरी, प्राविधिक समूहतर्फ स्वास्थ्य उप-समूह (चिकित्सक) बाट नेपाल प्रहरी अस्पतालमा कार्यरत डा. सेवक श्रेष्ठलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।
यस्तै, इन्जिनियरिङ उप(समूह (सूचना प्रविधि) तर्फबाट सरोज शाक्य र मनिषराज सापकोटालाई एसएसपी पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।
प्रहरी नियमावली २०७१ को नियम २७ को उप(नियम (४) अनुसार बढुवा समितिको बैठकले सो सिफारिस गरेको हो।
