Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित प्रहरी वृत्तमा कार्यरत प्रहरी सहायक हबलदार जगतराज खनाल ‘पुलिस अफ द मन्थ’ अवार्डबाट सम्मानित भएका छन् । उत्कृष्ट कार्यसम्पादन, व्यावसायिक दक्षता र प्रहरी संगठनको छवि उच्च बनाउन पुर्याएको योगदानको कदर गर्दै उनलाई वैशाख महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको हो । प्रहरी वृत्त दरबारमार्गका अनुसार हबलदार खनालले वन्यजन्तु तथा लागुऔषधसम्बन्धी अपराध अनुसन्धानमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन्। विशेषगरी गत महिना दरबारमार्गस्थित एक रेस्टुरेन्टबाट गैँडाको खागसहित तीन जनालाई पक्राउ गर्न सफल भएको घटनाले उनको अनुसन्धान क्षमता र सक्रियता उजागर गरेको थियो। प्रहरी वृत्तले खनालले यसअघि पनि विभिन्न महत्वपूर्ण अपरेसनहरूमा प्रभावकारी भूमिका खेल्दै अपराध नियन्त्रण तथा अनुसन्धानमा…
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौं उपत्यकाका खोलाका किनारमा रहेका सुकुमबासीलाई अर्को स्थानमा सार्ने काम सरकारले गरेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले आफू स्थानीय सरकारमा रहेको बेलामा नै सङ्घ सरकारलाई भनेको स्मरण गरे । उनले सुकुमबासी बस्तीबाट उठाएर होल्डिङमा राखिएकाहरूलाई जग्गाको व्यवस्थापन सरकारले गर्ने बताए । त्यो आफू नेतृत्वको सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीको मान्यता रहेको बताए । उनले सुकुमबासी हटाउन काठमाडौँलाई सबैभन्दा पहिलो प्राथमिकतामा पारेको विषयमा स्पष्ट पार्दै प्रधानमन्त्री शाहले उनीहरूको जोखिममा रहेको ज्यान बचाउन भएको बताए । जग्गा उपलब्ध गराउने विषयमा ३ मन्त्रालयले काम गरिरहेका उनको…
काठमाडौं । उपत्यकामा बढ्दो लुटपाट तथा चोरीका घटनालाई नियन्त्रण गर्ने अभियानअन्तर्गत काठमाडौं प्रहरीले विशेष अपरेशन सञ्चालन गर्दै एक जना लुटेरा समूहका सदस्यलाई गोली प्रहार गरी पक्राउ गरेको छ। शनिबार राति काठमाडौंको जडीबुटीस्थित रोयल पार्टी प्यालेस नजिक प्रहरी टोलीले शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूमाथि निगरानी गर्ने क्रममा लुटपाटमा संलग्न रहेको आरोप लागेका गणेश कार्कीलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार नियन्त्रणमा लिने क्रममा कार्कीले प्रहरीमाथि प्रतिरोध गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार घटनाका क्रममा प्रहरीले आत्मरक्षाका लागि एक राउन्ड गोली प्रहार गरेको थियो। गोली लागेर घाइते भएका कार्कीको बायाँ खुट्टामा चोट लागेको छ। उनी काठमाडौंको…
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सरकार गलत दिशामा गएमा वा काम गर्नमा ढिलाइ भएको अवस्थामा घण्टी बजाएर सचेत गराउन आग्रह गरेका छन्। शनिबार लाइन्स क्लब काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख अर्यालले सरकार गलत बाटोमा हिडेमा सच्याउन आग्रह गरेका हुन्। ‘तपाईहरूले जसरी लायन्स क्लबमा बिहानै उठेर घण्टी बजाउने गर्नुहुन्छ, अब सरकारलाई पनि घण्टी बजाईदिनुहोला की यहाँनेर गलत हुँदै छ, यो छिटो गर्नुस्, यसरी काम गर्नुस्, यसरी गर्नुपर्छ, जनताको माग यो हो, आजको जनताको आवश्यकता यो हो,’ अर्यालले भने। यस्तै, कानुन निर्माण प्रक्रियामा सुझाव दिन र सरकारका कमजोरीप्रति समयमै सचेत गराउन पनि उनले अनुरोध गरे। ‘कानुन निर्माण व्यवस्थापिकालाई सघाउने, सुझाव दिने, कहाँ कस्तो…
ममता काफ्ले प्रकरणमा नयाँ मोडः आराबाट भेटियो मानव कपाल, डीएनए परीक्षणले खोल्न सक्छ रहस्य
काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यस्थित मनासास पार्कबाट रहस्यमय रूपमा बेपत्ता भएकी नेपाली नर्स ममता काफ्ले भट्टको प्रकरणमा नयाँ फरेन्सिक प्रमाण फेला परेको छ। बेपत्ता भएको झण्डै दुई वर्षपछि अनुसन्धानकर्ताहरूले बरामद गरेको एउटा आराबाट मानव कपाल तथा रौँका नमुनाहरू भेटिएपछि बहुचर्चित घटनाले नयाँ मोड लिएको छ। अमेरिकी सञ्चारमाध्यमहरूले सार्वजनिक गरेको अदालतसम्बन्धी दस्तावेज अनुसार भर्जिनियाको फरेन्सिक विज्ञान विभागले अनुसन्धानका क्रममा बरामद गरिएको आरामा विस्तृत वैज्ञानिक परीक्षण गरेको थियो। परीक्षणका क्रममा तीनवटा मानव कपाल, १३ वटा कपालका टुक्रा, केही रेशा तथा अन्य सूक्ष्म पदार्थहरू फेला परेका छन्। फरेन्सिक विज्ञहरूले प्रारम्भिक रूपमा भिजुअल परीक्षण तथा स्टेरियो माइक्रोस्कोपी प्रविधिबाट विश्लेषण गरेपछि थप अनुसन्धान प्रक्रिया अघि…
नवलपरासी । पर्यटकीय भिसाको दुरुपयोग गर्दै अवैध रूपमा व्यापारिक गतिविधिमा संलग्न रहेको आरोपमा दुई चिनियाँ नागरिक नवलपरासी (बर्दघाट–सुस्तापूर्व) बाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार देवचुली नगरपालिका–१३ स्थित दलदले बजार क्षेत्रमा छालाजन्य सामग्री बिक्री गरिरहेको अवस्थामा ५८ वर्षीय च्यान जिन्चियान र ६० वर्षीया यी लिहुआलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले उनीहरूको साथबाट बिक्रीका लागि राखिएका ४३ थान छालाका ज्याकेट बरामद गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरूले आवश्यक अनुमति तथा बिलबिजकबिना उक्त सामग्री बिक्री वितरण गरिरहेको खुलेको छ। नेपालको विद्यमान कानुनी व्यवस्थाअनुसार पर्यटकीय भिसामा आएका विदेशी नागरिकले व्यापारिक वा आयआर्जनसम्बन्धी गतिविधिमा संलग्न हुन पाउँदैनन्। तर पक्राउ परेका चिनियाँ नागरिकहरूले पर्यटकका रूपमा…
जाजरकोट । कुशे गाउँपालिकाको भरंगामा सञ्चालित स्वास्थ्य शिविरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पालिका सभापति विक्रमशाही ठकुरीले महिला कर्मचारीमाथि हातपात गरेका छन् । सामाजिक सञ्जालको भिडियो सामग्रीमार्फत सुप्रियाराज्य लक्ष्मीले आफूमाथि ठकुरीले हातपात गरेको बताएकी छन् । उनले उक्त घटनाको निष्पक्ष,स्वतन्त्र र पारदर्शी छानबिन गरेर सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कानुनबमोजिम आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा आग्रह गरेकी छन् ।
काठमाडौं । पूर्व अर्थराज्यमन्त्री उदय शमशेर राणाले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट अत्यन्त महत्वाकांक्षी भएको टिप्पणी गरेका छन् । नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका राणाले बजेटबारे प्रतिक्रिया दिँदै बजेटमा ऋण र पूर्वाधार खर्चबीच सन्तुलन नमिलेको भन्दै टिप्पणी गरेका हुन् । अगामी आर्थिक वर्षको बजेटको आकार चालु आर्थिक वर्षको संशोधित बजेटभन्दा करिव २५ प्रतिशतले वृद्धि गरी ल्याइएको उनको भनाई छ । उनले भने- ‘बजेट निकै महत्वाकांक्षी देखियो । सुन्नमा एकदमै राम्रो छ । तर, ऋणको दायरा अत्यन्त बढेको छ । ऋण लिएपछि त्यो पूर्वाधार विकासमा खर्च हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । अनुत्पादक क्षेत्रमा ऋण खर्च हुँदा भविष्यमा ऋण…
सिरहा । सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाले चालु आर्थिक वर्ष २०८२/८३ मा अवैध सामान नियन्त्रणमार्फत ९ करोड ८२ लाख ७८ हजार ३ सय २९ रुपैयाँ बराबरको राजस्व संकलनमा योगदान दिएको विवरण सार्वजनिक गरेको छ। गणको १९औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उक्त उपलब्धिलाई प्रमुख रूपमा प्रस्तुत गरिएको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले सीमा सुरक्षादेखि अवैध कारोबार नियन्त्रणसम्मका विषयमा चर्चा गरेका थिए। यसैक्रममा सशस्त्र प्रहरीका बाहिनीपति कृष्ण ढकालले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि तल्लो तहका कर्मचारीहरू अझ जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरेका थिए। तर उनको सम्बोधनको शैली भने कार्यक्रममा चर्चा र टिप्पणीको विषय बनेको छ। प्रत्यक्षदर्शीहरूका…
पोखरा । सशस्त्र प्रहरी उपरीक्षक अरुणकुमार शर्मा सम्मानित भएका छन् । गणतन्त्र दिवसको अवसर पारेर गण्डकी प्रदेश सरकारले शर्मासहित विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान गरेको हो । नागरिक सुरक्षादेखि सञ्चार, शिक्षा, कृषि, पर्यटन र समाजसेवासम्म सक्रिय भूमिका खेलेका व्यक्तित्वलाई प्रदेश सरकारले नगद पुरस्कार, सम्मानपत्र र दोसल्लासहित सम्मान गरेको छ । पोखरामा शुक्रबार आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी बल नम्बर २४ गण हेडक्वाटर कालिका गणका तत्कालीन प्रमुख अरुणकुमार शर्मालाई नगद २५ हजारसहित सम्मान गरियो ।
