Author: Scoop Khabar

फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पर्सा जिल्ला क्षेत्र नम्बर ३ मा पहिलो नम्बरमा नेपाली काग्रेसका उम्मेदवार सुरेन्द्र चौधरी र एमाले उम्मेदवार रुपेश पाण्डे चौथो नम्बरमा रहेका छन्। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ मा नेपाली काग्रेसका उम्मेदवार चौधरी पहिलो स्थानमा रहेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार छोटेलाल यादव दोस्रो स्थानमा र तेस्रो  स्थानमा रावस्पाका उम्मेदवार रामाकन्त चौरसिया र चौथोमा नेकपा एमालेका उम्मेदवार रुपेस पाण्डे रहेका छन्।नेपाल काग्रेसका उम्मेदवार चौधरी २०७४ सालको निर्वाचन हरिनारायण रौनियार संग पराजित भएका थिए।त्यसैगरी २०७९ सालको निर्वाचनमा एमालेका उम्मेदवार राज कुमार गुप्ता संग झिनो मतले चौधरी पराजित भएका थिए।पर्सा…

थप

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–३ स्थित एक आवासीय घरमा दिउँसै ठूलो परिमाणको चोरी भएको छ। तिल सरा पुर्जाको घरलाई लक्षित गरी शनिबार दिउँसो भएको चोरीमा करिब १९ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ। दिनदहाडै भएको यस घटनाले स्थानीय बासिन्दामा त्रास र असुरक्षाको भावना बढाएको छ। प्रहरीका अनुसार शनिबार दिउँसो घरमा कोही नभएको अवस्थामा चोरहरू घरभित्र प्रवेश गरेका थिए। घरको ढोका फोडेर वा अन्य उपाय अपनाएर भित्र पसेका चोरहरूले सुनका विभिन्न गरगहना र नगद रकम चोरी गरी फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। चोरी भएका गरगहनामा सुनका हार, औँठी, सिक्री, झुम्का लगायतका सामग्री रहेको बताइएको छ…

थप

काठमाडौं । नेपाल पत्रकार महासंघ जापान शाखाले आफ्नो १५औँ स्थापना दिवस आगामी मार्च १५ तारिखमा भव्य रूपमा मनाउने निर्णय गरेको छ। स्थापना दिवसलाई विशेष बनाउँदै महासंघले प्रवासमा सक्रिय नेपाली पत्रकारहरूको योगदानको कदर गर्न प्रवास पत्रकारिता पुरस्कार स्थापना गर्ने तथा १० लाख येनको पत्रकार कल्याण कोष सञ्चालनमा ल्याउने महत्वपूर्ण निर्णयहरू गरेको छ। शाखाको हालै सम्पन्न नियमित दोश्रो बैठकले स्थापना दिवस कार्यक्रमको तयारी र व्यवस्थापनका लागि सचिव अर्जुन लामिछानेको संयोजकत्वमा उपसमिति गठन गरेको छ। उपसमिति सदस्यहरूमा दिनेश थापा, रामचन्द्र गिरी, दुर्गा आचार्य र भवानी भट्ट रहेका छन्। उपसमितिले कार्यक्रमको स्वरूप, व्यवस्थापन र समन्वयको जिम्मेवारी सम्हाल्ने छ। बैठकले स्थापना दिवसकै अवसरमा प्रदान गरिने…

थप

वीरगन्ज । नेपाली कांग्रेसका नेता तथा पूर्व कानुनमन्त्री अजय कुमार चौरसियाका लागि पर्सा क्षेत्र नम्बर २ यतिबेला फलामको चिउरा चपाउनु सरह बनेको छ। निर्वाचन नजिकिँदै गर्दा चौरसियामाथि लागेका ‘टुरिष्ट उम्मेदवार’ र ‘न्यायालयका बिचौलिया’ जस्ता गम्भीर आरोपहरूले उनको चुनावी प्रचारलाई निकै कमजोर बनाएको छ। क्षेत्र नम्बर ३ मा आफ्नो राजनीतिक धरातल सुरक्षित नदेखेपछि क्षेत्र नम्बर २ मा सरेका चौरसियालाई मतदाताले ‘गेटावे’ उम्मेदवार (पलायनवादी) को रूपमा हेरेका छन्। स्थानीय अगुवाहरू भन्छन्, “आफ्नै छिमेकी र गाउँलेको विश्वास जित्न नसकेर क्षेत्र फेर्दै हिँड्ने नेताले हाम्रो विकास गर्छन् भन्नेमा कुनै ग्यारेन्टी छैन।” चौरसिया कानुनमन्त्री हुँदा गरेका विवादास्पद निर्णयहरू अहिले उनको घाँटीको पासो बनेका छन्। न्यायाधीश…

थप

वीरगञ्ज, १८ माघ । नेकपा पार्टीका उम्मेदवार मनोज चौधरीले आफ्नो पार्टीको नेतृत्वमा सरकार बने मात्र देशमा बिकाश हुने र जेएनजी माग सम्बोधन हुने बताएकाछन्।नेकपा पार्टीका तर्फबाट निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका चौधरीले जेएनजीको माग नेकपा पार्टीले मात्र पुरा गर्ने बताएका हुन्। चौधरीले घर दैलो कार्यक्रम वीरगन्ज महानगरपालिका वडा नम्वर १८ अलौमा मतदाताहरुलाई रिझाउदै आफु जितेर गएपछी मतदाता माग अनुसार र चाहना अनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् ।उम्मेदवार मनोज चौधरी वीरगन्ज १७ अलौ कै वासीपनी हुन ।उम्मेदवार चौधरीले निर्वाचन क्षेत्र नम्बर २ को अलौमा घर दैलो कार्यक्रम गर्दै आफुलाई मत दिएर विजयी गराउन आफना गाउँका मतदाताहरुलाई आग्रह समेत…

थप

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा जनता समाजवादी पार्टीका उम्मेदवार अशोक टेमानीप्रति मतदाताको असुन्तुष्टि बढ्दै गएको देखिएको छ। जनता समाजवादी पार्टीले मधेस अन्दोलन गरेका नेता तथा कार्यकर्तालाई उम्मेदवार नबनाई व्यापारी पुष्टभूमीबाट आएका टेमानीलाई उम्मेदवार बनाएपछि पर्सा क्षेत्र नम्बर २ का मतदाताले मत नदिने आवाज उठाउन थालेका छन्। जनता समाजवादी पार्टीले पार्टीको लागि योगदान दिने लाई टिकट नदिएको र पैसाको बलमा व्यापारीलाई टिकट दिई उम्मेदवार बनाएकोले स्थानीयमा ठुलो आलोचना भईरहेको देखिएको छ। पर्सा–२ का एक मतदाताले भने, “चुनावमा भोट माग्न आउँदा मात्रै देखिने नेताबाट हामी दिक्क भइसकेका छौं।”पर्सा -२ का मतदाताले भनुसुन र पैसाको आधारमा टेमानीलाई टिकट दिएकोले मत नदिने…

थप

टोकियो । जापानको राजधानी टोकियोमा ४२ करोड जापानी येन लुटिएको छ। घटना २०२६ जनवरी २९ तारिख राति करिब ९ः३० बजे टोकियोको ताइतो वार्डमा भएको हो। जापानी प्रहरीकाअनुसार जापानी र चिनियाँ नागरिक सम्मिलित एक समूहले ठूलो परिमाणको नगद तीनवटा सुटकेसमा राखेर गाडीमा लोड गरिरहेको बेला तीन जनाको समूहले एकाएक आक्रमण गरेको थियो। लुटेराहरूले पीडितमाथि स्प्रे छर्केर नगद भएको सुटकेस लिएर फरार भएका हुन्। घटनापछि गरिएको अनुसन्धानका क्रममा टोकियोको हानेदा विमानस्थलको पार्किङ क्षेत्रमा पनि यस्तै प्रकृतिको अर्को लुटपाट प्रयास भएको खुलेको छ। त्यहाँ १ अर्ब ९० करोड जापानी येन राखिएको सुटकेस लुट्ने प्रयास गरिए पनि लुटेरा सफल हुन नसकेको प्रहरीले जनाएको छ।…

थप

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान) बिच चार्टर्ड एकाउण्टेण्टहरुलाई लक्षित गर्दै विशेष सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने विषयमा महत्त्वपूर्ण सम्झौता भएको छ। यस सम्झौतासँगै अब संघमा आबद्ध सदस्यहरुले बैंकबाट विभिन्न बैंकिङ सुविधाहरूमा विशेष छुट र प्राथमिकता पाउने निश्चित भएको हो। सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका तर्फबाट अध्यक्ष अनुप नेपालले हस्ताक्षर गरेका छन्। यो सहकार्यपछि चार्टर्ड एकाउण्टेण्टहरुले न्यूनतम कागजी प्रक्रियामै ७५ हजारदेखि ५ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा पाउनेछन्। यसका साथै आवश्यक प्रक्रिया पूरा गरी बिना धितो १५ लाख रुपैयाँसम्मको व्यक्तिगत प्रोफेसनल कर्जा समेत उपभोग गर्न…

थप

काठमाडौं । सानिमा बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मा नियुक्त पवन कुमार आचार्यले सोमबारदेखि आफ्नो कार्यभार सम्हालेका छन्। बैंकको सञ्चालक समितिले गत कात्तिक २४ गते गरेको निर्णयअनुसार उनलाई आगामी कार्यकालका लागि बैंकको नेतृत्व सुम्पिएको हो। नवनियुक्त सिइओ आचार्य विगत २१ वर्षदेखि सानिमा बैंकमै विभिन्न जिम्मेवारीमा रहेर विशिष्ट योगदान पुर्‍याउँदै आएका व्यक्ति हुन्। यसअघि उनी बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए। बैंकको लामो सेवा अवधिमा उनले १० भन्दा बढी विभाग र शाखाहरूको नेतृत्व गरिसकेका छन्। उनको मुख्य विशेषज्ञता कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन र परियोजना वित्तमा रहेको छ। बैंकिङ क्षेत्रमा प्रवेश गर्नुअघि उनीसँग इन्जिनियरका रूपमा ४ वर्ष काम गरेको…

थप

मुम्बई । भारतीय गायिका नेहा कक्कडको एउटा रहस्यमयी सामाजिक सञ्जाल पोस्टले निम्त्याएको डिभोर्सको चर्चा अन्ततः साम्य भएको छ। केही दिनअघि ‘सबै सम्बन्धहरूबाट ब्रेक लिँदैछु’ भनी पोस्ट गरेपछि उनी र पति रोहनप्रित सिंहबीच सम्बन्धविच्छेद हुन लागेको भन्दै सञ्चारमाध्यम र फ्यानमाझ सनसनी फैलिएको थियो। तर, नेहाले स्पष्टीकरण दिँदै आफू डिभोर्सको प्रक्रियामा नरहेको र परिवारलाई यस विवादमा नतान्न आग्रह गरेकी छिन्। नेहाले अर्को पोस्ट शेयर गर्दै लेखेकी छिन्, ‘कृपया मेरा निर्दोष पति र प्यारो परिवारलाई यो सबमा नघिसार्नुहोस्। उहाँहरू सफा मनका हुनुहुन्छ र म आज जे छु, उहाँहरूकै साथका कारण छु।’ उनले आफू परिवारसँग नभई अन्य केही व्यक्ति र कार्यप्रणाली (सिस्टम) सँग दुखी…

थप