Author: Scoop Khabar

काठमाडौं । एसईई परीक्षाका क्रममा जफत गरिएका मोबाइल फोन र स्मार्टवाच फिर्ता गर्नुको सट्टा नष्ट गरिएको घटनाले सिरहा प्रहरी र जिल्ला प्रशासनको निर्णयमाथि प्रश्न उठाएको छ। एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण पानीमा डुबाएर नष्ट गरिएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ। जिल्ला प्रशासन कार्यालय सिरहा, शिक्षा विकास तथा समन्वय इकाइ र सुरक्षा निकायको समन्वयमा जफत गरिएका ४ सय ८९ मोबाइल फोन, ७ वटा आईफोन र ५ वटा स्मार्टवाच नष्ट गरिएको हो। यी उपकरणको अनुमानित मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ। प्रहरीका अनुसार अधिकांश मोबाइललाई पानी भरिएको ड्रममा २४ घण्टासम्म डुबाएर नष्ट गरिएको थियो। पानी…

थप

सर्लाही । दुई छोराको विद्यालय शुल्कको विषयलाई लिएर सुरु भएको सामान्य विवादले सर्लाहीमा गम्भीर मोड लिएको छ। विद्यालय सञ्चालकको उजुरीपछि सोधपुछका लागि प्रहरी कार्यालय पुगेका एक अभिभावक प्रहरीको कुटाइबाट गम्भीर घाइते भएपछि घटना चर्चामा आएको हो। धनकौल गाउँपालिका–५ हरकठवाका फेकु दासले आफ्ना दुई छोराले अध्ययन गरेको विद्यालयको शुल्क तिरिसकेको दाबी गरिरहेका बेला विद्यालय प्रशासनले भने १३ हजार रुपैयाँ बाँकी रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको थियो। सोही निवेदनको आधारमा जिल्ला प्रशासन कार्यालयले इलाका प्रहरी कार्यालय हरकठवालाई आवश्यक सोधपुछ गर्न पत्राचार गरेको थियो। बुधबार दिउँसो श्रीमतीसहित प्रहरी कार्यालय पुगेका दासले आफूलाई प्रहरीले एउटा कागजमा हस्ताक्षर गर्न दबाब दिएको आरोप लगाएका…

थप

काठमाडौं । प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेले काठमाडौंको कमाण्ड सम्हालेका छन् । त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा एसएसपी रमेश थापा ९ महिना कार्यकाल पूरा गरेर बिदा भएका छन् । थापाका ठाउँमा सरुवा भएर आएका एसएसपी घिमिरेले बिहीबार काठमाडौंको कमाण्ड सम्हालेका हुन् । थापा जेनजी आन्दोलनपछि ५ असोजमा सरुवा भएर काठमाडौ प्रहरी प्रमुखको रुपमा कमाण्ड सम्हाल्न आएका थिए । काठमाडौंको कमाण्ड सम्हान आएका नयाँ एसएसपी घिमिरेको काँधमा देशको संघीय राजधानी काठमाडौंको शान्ति सुरक्षाको कमाण्ड गर्ने जिम्मेवारी आएको छ । काठमाडौं सुरक्षाका हिसाबले निकै चुनौतीपूर्ण मानिन्छ ।

थप

काठमाडौं । माछापुच्छ्रे बैंकद्धारा जारी ‘८ दशमलब २५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका तीन करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । यो सेयरको निष्काशन मूल्य तीन अर्ब रुपैयाँ रहेको बैंकले जनाएको छ । बैंकका अनुसार सूचीकृत भएको यो अग्राधिकार सेयर हिजोदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि उपलब्ध छ ।

थप

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई आफ्नो सम्पत्ति विवरण बुझाएर सहयोग गर्ने बताएका छन्। बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले आफू र पार्टीका अन्य नेताहरुले समेत आफ्नो सम्पत्ति विवरण बुझाएर सरकारलाई सहयोग गर्ने बताए। यद्यपि आयोग गठन प्रक्रिया र कार्यादेशको स्वच्छतामाथि भविष्यमा प्रश्न उठ्न सक्ने भन्दै उनले सरकारलाई सचेतसमेत गराए। उनले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्राथमिकतामा राखेको भन्दै संविधान र कानूनअनुसार सरकारले गर्ने सबै प्रयासमा कांग्रेसको शतप्रतिशत सहयोग रहने बताए। उनले सार्वजनिक पद धारण गरेका नेता र पदाधिकारीहरुको सम्पत्तिसम्बन्धीको विषय छिटो टुंगियोस् भन्ने नेपाली कांग्रेसको चाहना रहेको पनि…

थप

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानले पूर्वगृहमन्त्री तथा सांसद सुधन गुरुङमाथि प्रहरी हिरासतभित्रै पुगेर आफ्ना अभियन्तामाथि दबाब र दुर्व्यवहार गरेको आरोप लगाएको छ। अभियानले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ। बिहीबार जारी प्रेस विज्ञप्तिमार्फत अभियानले हिरासतमा रहेका आफ्ना अभियन्तामाथि राजनीतिक प्रभाव प्रयोग गरी मानसिक दबाब सिर्जना गरिएको दाबी गरेको हो। अभियानका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहको संसदीय अभिव्यक्तिप्रति विरोध जनाउँदै काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गर्ने क्रममा अभियानका अगुवा अजय सोडारी, प्रकाश बम, सुजन पौडेल र स्तुल जेम्स नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरूलाई प्रहरी वृत्त लैनचौर र सोह्रखुट्टेमा राखिएको थियो। विज्ञप्तिअनुसार पक्राउ परेका अभियन्तालाई हिरासतमा…

थप

काठमाडौं । अवकाशको मुखमा रहेका सचिव कृष्णहरी पुष्करलाई प्रहरीले पक्राउ गरी केही घन्टा राखेर छाडेको छ। बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई कपनस्थित घरबाटै पक्राउ गरेको हो । उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव पुष्करले प्रधानमन्त्री बालेन शाहलाई भेट्न प्रयास गरेका थिए। भेट्न नसकेपछि आफुलाई मुख्यसचिव बनाउन भन्दै धम्कीपूर्ण भाषा प्रयोग गरेको एसएमएस पठाए । त्यसपछि प्रधानमन्त्रीको सचिवालयकै निर्देशनमा प्रहरीले उनलाई पक्राउ गरेको हो। उनी शुक्रबार नै छुटिसकेको स्रोत बताउँछ। पुष्कर आगामी असारमा अवकाश पाउँदैछन्। हालका मुख्यसचिव सुमनराज अर्याल पनि असारमा अवकाशमा जाँदैछन्। अर्यालभन्दा पुष्कर एक सातापछि अवकाशमा जानेछन्। मुख्यसचिवलाई राजीनामा दिन लगाए मात्र उनी मुख्यसचिव हुने सम्भावना छ। तर,…

थप

काठमाडौं । सशस्त्र प्रहरी बलका सातजना नायब महानिरीक्षक (डीआईजी) को सरुवा तथा सात जनाको पदस्थापन भएको छ । प्रधानमन्त्री तथा मन्त्रीस्तरको बिहीबारको निर्णय अनुसार उनीहरुको सरुवा तथा पदस्थापन भएको हो । सरुवाअनुसार डीआईजी विष्णुप्रसाद भट्ट नम्बर–२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, दीपक अधिकारी नम्बर–५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रूपन्देही, कृष्णराज पाठक नम्बर–६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा खटिएका छन्। यस्तै, दीपेन्द्र शाह सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरो, कृष्ण ढकाल कार्य विभाग, दीपेन्द्र कुँवर मानवस्रोत विभाग तथा सुरेशकुमार श्रेष्ठ सीमा सुरक्षा विभागमा सरुवा भएका छन्। त्यसैगरी, नयाँ पदस्थापनतर्फ दिग्विजय सुवेदी नम्बर–७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली, किरण बस्नेत नम्बर–३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर, माधवप्रसाद पौडेल नम्बर–९…

थप

काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारमा कार्यरत केही प्रहरी कर्मचारीमाथि पैसाको लेनदेनमा महिला र पुरुष कैदीबीच भेटघाट गराइदिने गरेको गम्भीर आरोप लागेको छ। विदाको दिन पारेर कारागारमा लामो समयदेखि कार्यरत प्रहरीहरुले त्यसरी महिला-पुरुषलाई भेटाइदिने गरेको खुलेको हो। स्रोतका अनुसार त्यसरी भेटाइदिए बापत प्रहरीले १० हजारदेखि ४० हजारसम्म लिने गरेका छन् । विशेषगरी कारागारभित्र प्रभावशाली मानिने चौकीदार, मुख्य नाइके, नाइके, भाइनाइके र सहनाइकेहरूलाई महिला कैदीसँग भेटाइदिने गरेका हुन्।। उनीहरुलाई प्रहरीकै रोहबरमा भेट गराइन्छ। जबकी केन्द्रीय कारागारको परिसरभित्र महिला बन्दीगृह, भद्र कारागार र केन्द्रीय कारागार गरी ३ वटा खण्ड (सेक्सन) छ । जसमध्ये महिला कारगारमा ३ वटा ब्लक, भद्र कारगारमा ३ वटा ब्लक…

थप

काठमाडौं । टिकटकर तुलसा अधिकारीलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ। जिल्ला अदालत ललितपुरका न्यायाधीश टेकनाथ गौतमको इजलासले बिहीबार अधिकारीलाई पुर्पक्षकाा लगि थुनामा पठाउने आदेश गरेको हो। अधिकारीविरुद्ध एक व्यवसायीलाई हनिट्रयापमा पारेर करोडौँ असुलेको आरोप छ। सोही आरोपमा उनलाई आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा चलाइएको हो।

थप