काठमाडौं । प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेले काठमाडौंको कमाण्ड सम्हालेका छन् । त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा एसएसपी रमेश थापा ९ महिना कार्यकाल पूरा गरेर बिदा भएका छन् ।
थापाका ठाउँमा सरुवा भएर आएका एसएसपी घिमिरेले बिहीबार काठमाडौंको कमाण्ड सम्हालेका हुन् । थापा जेनजी आन्दोलनपछि ५ असोजमा सरुवा भएर काठमाडौ प्रहरी प्रमुखको रुपमा कमाण्ड सम्हाल्न आएका थिए ।
काठमाडौंको कमाण्ड सम्हान आएका नयाँ एसएसपी घिमिरेको काँधमा देशको संघीय राजधानी काठमाडौंको शान्ति सुरक्षाको कमाण्ड गर्ने जिम्मेवारी आएको छ । काठमाडौं सुरक्षाका हिसाबले निकै चुनौतीपूर्ण मानिन्छ ।
Facebook Comments Box
