Author: Scoop Khabar

काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि अमेरिका, मेक्सिको र क्यानडामा सुरु हुँदैछ। विश्वभरका करोडौं समर्थकजस्तै नेपालमा पनि लाखौं फुटबल प्रेमीहरू विश्वकपको प्रतीक्षामा छन्। तर, फुटबलको उत्साहसँगै अनलाइन बेटिङ र सट्टेबाजीको जाल सक्रिय हुन सक्ने भन्दै नेपाल प्रहरीले सर्वसाधारणलाई सचेत गराएको छ। नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै विश्वकपलाई मनोरञ्जन र खेल संस्कृतिको उत्सवका रूपमा लिन आग्रह गरेको छ। प्रहरीले विशेषगरी अनलाइन बेटिङ, सट्टेबाजी र सजिलै पैसा कमाउने प्रलोभन देखाएर हुने ठगीबाट सावधान रहन अनुरोध गरेको हो। प्रहरीका अनुसार पछिल्ला वर्षहरूमा ठगी गिरोहहरूले ‘थोरै लगानीमा धेरै आम्दानी’, ‘घरमै बसेर पैसा कमाउने अवसर’…

थप

गोरखा । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले आफू पुनः गृहमन्त्री बन्न सक्ने संकेत गरेका छन्। गोरखामा आयोजित रास्वपाको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले आफूविरुद्ध उठेका आरोपबारे भइरहेको छानबिनबाट सफाइ पाए सरकारमा फर्किन सक्ने बताएका हुन्। सम्पत्तिको स्रोतबारे प्रश्न उठेपछि र विचौलिया दीपक भट्टसँगको सम्बन्धबारे आरोप लागेपछि गुरुङले गत वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसयता प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले गृहमन्त्री नियुक्त नगरेको भए पनि उनीमाथिको छानबिनका लागि समिति गठन गरेको थियो। समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाइसकेको छ। अधिवेशनलाई सम्बोधन गर्दै गुरुङले सार्वजनिक पदमा बसेपछि उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने…

थप

रसुवा । हुन्डी कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले १९ लाख ५२ हजार १०० रुपैयाँ नगदसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–३ स्थायी घर भएका ३५ वर्षीय मिङमारछिरिङ गुरुङ रहेका छन्। अस्थायी प्रहरी पोस्ट धुन्चेबाट खटिएको प्रहरी टोलीले उनलाई गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चे बजार क्षेत्रबाट नियन्त्रणमा लिएको हो। उनी स्याफ्रुबेसीबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४८०७ नम्बरको सुमो गाडीमा सवार थिए। प्रहरीले उनको साथबाट ठूलो परिमाणमा नगद बरामद गरेपछि नियन्त्रणमा लिएको जनाएको छ। बरामद रकममध्ये एक हजार दरका एक हजार ८४५ थान, पाँच सय दरका २१३ थान र एक सय दरका ६ थान नोट रहेका छन्। यसरी…

थप

काठमाडौं । नेपाल प्रहरीको जनपथतर्फ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी आठवटा छ। मानवस्रोत विकास विभाग, कार्य विभाग, प्रदेश समन्वय विभाग, अपराध अनुसन्धान विभाग, प्रशासन विभाग, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय एआईजी नेतृत्वका प्रमुख युनिट हुन्। यीमध्ये काठमाडौं उपत्यका प्रहरी कार्यालय, सीआईबी, प्रहरी एकेडेमी र मानवस्रोत विकास विभागलाई संगठनभित्र सबैभन्दा प्रभावशाली र आकर्षक युनिटका रूपमा हेरिन्छ। प्रहरी संगठनको जनशक्ति व्यवस्थापन, अनुसन्धान, तालिम तथा राजधानीको सुरक्षा व्यवस्थासँग प्रत्यक्ष जोडिएका कारण यी निकायलाई ‘पावर सेन्टर’ समेत भन्ने गरिन्छ। हाल यी चारवटै युनिटका प्रमुख एआईजीहरूको कार्यकाल सात महिनादेखि १० महिनासम्म पुगिसकेको छ। विगतका अभ्यास…

थप

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुरेन्द्र चौधरीले प्रमुख जिल्ला अधिकारी (सिडिओ), प्रहरी र सरकारी वकिलबीच मिलेमतो भए जो-कसैलाई पनि अपराधी वा निर्दोष बनाउन सकिने दाबी गरेका छन्। दाङको घोराहीमा जारी रास्वपाको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै चौधरीले राज्य संयन्त्रको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्। उनले प्रहरी, सिडिओ कार्यालयको मुद्दा शाखा र सरकारी वकिल कार्यालय एक ठाउँमा उभिए कुनै पनि व्यक्तिलाई अपराधी बनाउने वा अपराधीलाई समेत निर्दोष साबित गर्ने अवस्था रहेको आरोप लगाए। उनले पार्टी सभापति रवि लामिछानेले पनि विगतदेखि नै राज्य संयन्त्रको चरित्र बदल्नुपर्ने विषय उठाउँदै आएको उल्लेख गरे। राज्य नागरिकमै अन्तर्निहित हुने भन्दै नागरिकको चाहनाअनुसार राज्य सञ्चालन…

थप

काठमाडौं । कैलालीको घोडाघोडीमा साँझको वाकिङका क्रममा इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीमाथि दुर्व्यवहार भएको छ। प्रहरीका अनुसार सुरक्षागार्डसहित हिडिरहेका डीएसपी चौधरीमाथि स्थानीय नेत्र शाहीसहित तीन जनाले दुर्व्यवहार गरेका हुन्। घटनापछि इलाका प्रहरी कार्यालय सुखडले तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। प्रहरी स्रोतका अनुसार दुर्व्यवहारमा संलग्न व्यक्तिहरूले मदिरा सेवन गरेका थिए। उनीहरूले डीएसपी चौधरीसँग हिड्ने क्रममा सामान्य ठोक्किएको र उनी प्रहरी अधिकृत भएको थाहा पाएपछि तत्काल माफी मागेको दाबी गरेका छन्। यद्यपि, उक्त घटनापछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाएको छ। पक्राउ परेकाहरूले भने माफी मागिसक्दा पनि आफूहरूमाथि मुद्दा चलाइएको गुनासो…

थप

रुपन्देही । नेपाल भ्रमणमा रहेका भारतीय सेनाको गोरखा ब्रिगेडका अध्यक्ष लेफ्टिनेन्ट जनरल सञ्जीव चौहान रुपन्देही पुगेका छन्। उनले बुटवलमा आयोजित पूर्व गोर्खा सैनिक तथा उनीहरूका परिवारसँगको भेटघाट तथा सम्मान कार्यक्रममा सहभागिता जनाएका हुन्। बुटवल उपमहानगरपालिका–२ फूलबारीमा शनिबार आयोजित कार्यक्रममा पूर्व गोर्खा सैनिक र परिवारजनको उल्लेख्य उपस्थिति रहेको थियो। अवकाशप्राप्त सुबेदार होमबहादुर दगामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेफ्टिनेन्ट जनरल चौहान प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रमपछि चौहान नेतृत्वको टोलीले बुटवल–११ कालिकानगरस्थित एक होटलमा पुगेर प्रथम गोर्खा राइफल्सका पूर्वसैनिकहरूसँग अन्तरक्रिया तथा भेटघाट गरेको थियो। भारतीय सेनाको टोली हाल तिलोत्तमा नगरपालिका–१४ स्थित टाइगर प्यालेस रिसोर्टमा बसेको छ। टोली आइतबार सुनौली नाका हुँदै भारतको…

थप

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले एमाले सचिवालयले गरेको कार्यविभाजनमा कटाक्ष गरेका छन् । उनले अब एमाले कसरी बन्छ भनेर एआइलाई सोध्नु पर्ने अवस्था आएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले भनेका छन्, ‘एमालेको कार्यविभाजन हेर्दा यस्तो लाग्छ, सोच्ने काम हाम्रो होइन, केवल आदेश पालना गर्नु र लड्नु हो, सैनिक सङ्गठनमा जस्तै ।’ बास्कोटाले एमालेको कार्यविभाजनमा कुनै पनि सिद्धान्तले काम नगरेको बताएका छन् ।

थप

सिरहा । एसईई र कक्षा–१२ को परीक्षाका क्रममा जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घडी नष्ट गरिएको विषयलाई लिएर सिरहामा विवाद चर्किएको छ। प्रशासनको निर्णयप्रति असन्तुष्टि जनाउँदै विद्यार्थी संगठनहरूले आन्दोलनको घोषणा गरेका छन्। संयुक्त विद्यार्थी संगठनले सोमबार दिउँसो १२ बजे जिल्ला प्रशासन कार्यालय सिरहाअगाडि प्रदर्शन गर्ने जनाएको छ। संगठनले सम्पूर्ण विद्यार्थीलाई आन्दोलनमा सहभागी हुन आह्वानसमेत गरेको छ। ‘विद्यार्थीलाई क्षतिपूर्ति दे सरकार’ भन्ने नारासहित हुने प्रदर्शनमार्फत जफत गरिएका मोबाइल तथा स्मार्ट घडी नष्ट गर्नुको सट्टा कानुनी प्रक्रिया अपनाउनुपर्ने र सम्बन्धित विद्यार्थीलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग राखिएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले गत चैतमा सम्पन्न एसईई तथा कक्षा–१२ को परीक्षाका क्रममा जफत…

थप

काठमाडौं । हास्यकलाकार सीताराम कट्टेल (धुर्मुस)ले न्याय पाउने आशासहित मातृभूमि फर्किएको बताएका छन् । अमेरिकामा रहँदै आएका कट्टेलले सामाजिक सञ्जालमा लेखेका छन्- ‘न्याय अवश्य मिल्ने छ भन्ने पूर्ण आशा र अटल विश्वास बोकेर आफ्नै मातृभूमिको आँगनमा फर्किएको छु।’ उनले थप लेखेका छन्- ‘आशा छ, न्यायको अनुभूति गर्दै आफ्नै माटोको काखमा सुख-दुःख साटेर जीवनका घाउहरू निको पार्ने अवसर अवश्य प्राप्त हुनेछ।’ उनी केही सयमयता परिवारसहित अमेरिकामा बस्दै आएका थिए ।

थप