Author: Scoop Khabar

धादिङ । इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्की बागमती प्रदेश प्रहरी कार्यालयद्वारा २०८३ साल जेठ महिनाको ‘बेस्ट प्रोभिन्स पुलिस अफ द मन्थ’ घोषित भएका छन्। बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले सार्वजनिक गरेको निर्णयअनुसार डिएसपी कार्कीले आफ्नो जिम्मेवारीलाई व्यावसायिक दक्षता र उच्च कार्यसम्पादनका साथ निर्वाह गर्दै अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्न उल्लेखनीय भूमिका खेलेको भन्दै उक्त सम्मान प्रदान गरिएको हो। प्रदेश प्रहरी कार्यालयका अनुसार डिएसपी कार्कीको नेतृत्वमा इलाका प्रहरी कार्यालय गजुरीले लागूऔषध तथा हातहतियार सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ, अवैध भरुवा बन्दुक बरामद, लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूमाथि कारबाही, अवैध रूपमा ओसारपसार गरिएका चौपाया…

थप

काठमाडौं । शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परेर प्रहरी हिरासतमा रहेका व्यक्तिलाई हिरासतभित्रै प्रवेश गरी मानसिक दबाब, गालीगलौज तथा ज्यान मार्ने धम्की दिएको आरोपमा गृहमन्त्री सुधन गुरुङ विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरिएको छ। अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले आयोगको केन्द्रीय कार्यालय पुल्चोक पुगेर उजुरी दर्ता गराएका हुन्। उनीहरूले राज्यको जिम्मेवार पदमा रहेका व्यक्तिबाटै आफूहरूमाथि गम्भीर मानव अधिकार उल्लंघन भएको दाबी गरेका छन्। उजुरीअनुसार, गत जेठ १९ गते कालापानी, लिपुलेक र लिम्पियाधुरासम्बन्धी सीमा विवादको विषयमा भारतीय दूतावास अगाडि गरिएको शान्तिपूर्ण प्रदर्शनका क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउपछि सोह्रखुट्टे लैनचौर प्रहरी वृत्तमा राखिएको करिब आधा घण्टापछि गृहमन्त्री…

थप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको नयाँ पदाधिकारीमा आकांक्षा व्यक्त गरेका छन् । झा महाधिवेशनस्थल चितवनमा पत्रकारसँग कुराकानी गर्दै आफ्नो आकांक्षा महामन्त्रीमा भएको बताएका छन् । उनले सञ्चारकर्मीहरूसँग भने,‘परिणाम जेसुकै आओस्, म महामन्त्रीमा भिड्न तयार छु । आजकै व्यवस्थापन हेर्दा पनि अनुभवी व्यक्ति नेतृत्वमा चाहिन्छ भन्ने देखिएको छ । मैले अहिलेसम्म पार्टीमा लिएको जिम्मेवारीले महामन्त्री पदलाई न्याय गर्छु भन्ने लागेको छ ।’ साथीभाइहरूले पनि आफूलाई सोही पदमा अगाडि बढ्न सुझाव दिएको उनको भनाइ छ । ‘अगाडिको बाटो हिँड्दा चुनौतीको सामना गर्नुपर्छ । म त्यो चुनौतीको लागि तयार छु’, उनले भने ।

थप

टोकियो । जापानको साइतामा प्रान्तस्थित कोनोसु सिटीको एक अपार्टमेन्टमा नेपाली महिला मृत फेला परेकी छन्। घटनासम्बन्धी अनुसन्धानका लागि एक नेपाली पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार २१ तारिख बिहान करिब ६ः३० बजे ३० वर्ष आसपासका एक पुरुष कपडामा रगत लागेको अवस्थामा प्रहरी चौकी पुगेका थिए। त्यसपछि प्रहरी उक्त पुरुष बस्ने अपार्टमेन्टमा पुगेको थियो। प्रहरीले अपार्टमेन्टभित्र करिब ३७ वर्षीया नेपाली महिलालाई टाउकोबाट रगत बगेको अवस्थामा ढलेकी भेटेको जनाएको छ। उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाको कारण खुल्न बाँकी रहेको र मृतक तथा नियन्त्रणमा रहेका पुरुषबीचको सम्बन्धबारे पनि अनुसन्धान भइरहेको बताइएको छ।…

थप

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइ प्रकरणमा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग बयान लिएको छ । शुक्रबार श्रेष्ठसँग आयोगको मुख्यालय टंगालमा बयान लिएको आयोग स्रोतले जानकारी दिएको हो । पुष्कमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री रहेका श्रेष्ठसहित अख्तियारले परराष्ट्र सचिव अमृतबहादुर राई र पूर्व सचिव एवम् नेपालका लागी बेल्जियमका राजदूत सेवा लम्सालसँग पनि बयान लिएको छ । श्रेष्ठ परराष्ट्रमन्त्री हुँदा लम्साल पररारष्ट्र सचिव थिइन् भने विद्युत्तिय राहदानीको टेण्डर प्रक्रिया हुँदा अहिलेका सचिव राई परराष्ट्रमै सह सचिव थिए । राहदानी छपाइमा भएको अनियमितताबारे बयानमा आउन अख्तियारले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई तीन दिनको समय दिएर बयानका लागि बोलाएको थियो । अख्तियारले असार…

थप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी ५ वर्षको कार्यकाल नै वालेन्द्र शाह ‘बालेन’ नै प्रधानमन्त्री बन्ने स्पष्ट पारेका छन् । आइतबार पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै रविले आफूहरुबिच कुनै मनमुटाव हुनेमा कुनै शंका नगर्न आग्रह गरे । उनले चुनाव अघि नै बालेनलाई प्रधानमन्त्री बनाउने सहमति भएको स्पष्ट पार्दै प्रधानमन्त्रीका लागि कुनै शंका नगर्न आग्रह गरे । ‘सरकार सञ्चालन गर्न चुनाव अगाडि नै पार्टीका बरिष्ठ नेता बालेन शाहको खुट्टामा बल पुर्‍याइसकेको छ । अब भटाभट गोल हान्ने जिम्मा बालेनजीको,’ रविले भने, ‘झुक्किएर त्यो बल कही आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो ।’ त्यस्तै…

थप

काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत समुह ‘एच’को आज भएको खेलमा स्पेनले साउदी अरेबियामथि जित निकालेको छ । एटलान्टा स्टेडियममा भरखरै सम्पन्न खेलमा स्पेनले साउदी अरेबियामाथि ४-० गोलअन्तरको जित निकालेको हो । स्पेनले खेलको पहिलो हाफमा तीन गोल गरयो भने खेलको दोस्रो हाफमा एक गोल उपहार पायो । खेलको १०औँ मिनेटमा स्पेनका लामिन यामालले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको २१ औँ मिनेटमा मिकेल ओयार्जाबलले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । त्यसको तीन मिनेटमा उनै मिकेलले गोल गर्दै स्पेनको अग्रता तेब्बर बनाए । खेलको ४९ औँ मिनेटमा साउदीका खेलाडी हसन अल्ताम्बक्तिले स्पेनका लागि आत्मघाती…

थप

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले भ्रष्टाचार र सरकारी स्रोत–साधनको दुरुपयोगका विषयमा आफ्नो पार्टी कुनै पनि हालतमा सम्झौता नगर्ने बताएका छन्। आवश्यक परे अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पाँच घण्टा होइन, पाँच वर्षसम्म पनि प्रश्न सोध्ने उनको भनाइ छ। रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सरकारी दोहन र अनियमितताका घटनामाथि कडाइका साथ प्रश्न उठाइने स्पष्ट पारे। ‘सरकारी दोहन भएको छ भने निहुँ खोज्छौं। अख्तियारलाई पाँच घण्टा होइन, चाहियो भने पाँच वर्ष राखेर पनि प्रश्न सोधिन्छ,’ उनले भने।

थप

चितवन । चितवनको भरतपुर महानगरपालिका–१५ स्थित अतिथि पार्टी प्यालेस नजिक ट्रकको पछाडि स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु भएको छ। भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना ५ ख ५८१६ नम्बरको ट्रकमा सोही दिशातर्फ गइरहेको बा.प्र.०६–००४ प ७२४८ नम्बरको स्कुटर पछाडिबाट ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरीले जनाएको छ। दुर्घटनामा स्कुटर चालक भरतपुर महानगरपालिका–२६ दिव्यनगर निवासी २२ वर्षीय अशोक भण्डारी र स्कुटरको पछाडि सवार लमजुङ घर भई हाल भरतपुर महानगरपालिका–२० बस्दै आएका १९ वर्षीय राजिब गुरुङ गम्भीर घाइते भएका थिए। दुवै जनालाई उपचारका लागि अस्पताल लगिएको भए पनि उपचारकै क्रममा बिहान २ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–३…

थप

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१ मा प्रहरीमाथि चक्कु प्रहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। घटनामा एक प्रहरी सहायक निरीक्षक (असई), एक प्रहरी जवान तथा एक सुधारगृहका कर्मचारी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार रामेछाप घर भई हाल विराटनगर–१ अनुकरण मार्गमा डेरा गरी बस्दै आएका २९ वर्षीय रुबिन कार्कीलाई धारिलो हतियार (चक्कु) सहित नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार कार्कीलाई उनका आफन्तले काठमाडौंस्थित एक सुधारगृह पठाउने तयारी गरिरहेका थिए। सोही क्रममा उनी कोठाभित्र गएर आत्महत्याको प्रयास गरिरहेको सूचना प्राप्त भएपछि सीआरभी भृकुटीचोकबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। आफन्त र प्रहरीको उपस्थितिमा कार्कीलाई सम्झाउने प्रयास भइरहेका बेला उनले अचानक…

थप