Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट सबै क्षेत्रलाई समेट्ने गरी आउने बताएका छन्। पार्टीका प्रशिक्षण कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै समावेशी बजेट ल्याउने प्रयास भइरहेको बताए। उनले भने, ‘वैशाखको अन्तिममा सिद्धान्त तथा प्राथमिकता, जेठ १५ गते सरकारले बजेट ल्याउँछ। हाम्रो बाचापत्रमा जेजे लेखेका थियौँ सकेसम्म न्याय गर्नेगरी आउँछ।’ उनले बजेटमा कसैलाई काखा कसैलाई पाखा नगर्ने समेत बताए।
गगन थापालाई मुख्यमन्त्री शाहको प्रश्न : शेरबहादुर देउवालाई टिकटबाट किन वञ्चित गरियो :
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद, प्रदेश सरकार परिवर्तनको बहस र पार्टी एकताबद्धताको विषय उठाउँदै वर्तमान नेतृत्वलाई सचेत भएर अघि बढ्न आग्रह गरेका छन्। शनिबार नेपाली कांग्रेसको ‘जरा अभियान’ कार्यक्रममा बोल्दै उनले वर्तमान सभापति गगन कुमार थापालाई पार्टीभित्र पछिल्लो समय उठेका विभिन्न विषयमा प्रश्न गरेका हुन्। उनले २३ र २४ गते देउवा दम्पतीमाथि भएको आक्रमण स्वाभाविक हो कि अस्वाभाविक भन्ने प्रश्न उठाए। साथै, देउवालाई टिकट नदिने विषय पनि स्वाभाविक हो कि होइन भन्ने स्पष्ट हुनुपर्ने बताए। ‘आज शेरबहादुर देउवालाई टिकटबाट किन वञ्चित गरियो रु अब उहाँको स्थान कहाँ हुन्छ ?’ भन्दै शाहले पार्टीभित्र…
‘हामी माओवादीलाई निल्छौं’: पूर्व प्रहरी महानिरीक्षक साहले सुनाए वामदेवसँगको पुरानो राजनीतिक संवाद
काठमाडौं । रविन्द्र प्रताप साहले तत्कालीन एमाले नेता तथा पूर्व गृहमन्त्री बामदेव गौतमसँग भएको पुरानो राजनीतिक संवाद सार्वजनिक गर्दै अहिलेको नेपाली कम्युनिष्ट राजनीतिमाथि रोचक टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस लेख्दै शाहले २०६५ सालतिर आफू प्रहरी महानिरीक्षक (आईजीपी) बन्न नसकेको प्रसंगदेखि एमाले–माओवादी सम्बन्धको राजनीतिक उतारचढावसम्मका विषय स्मरण गरेका हुन्। साहका अनुसार त्यतिबेला पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री तथा वामदेव गौतम गृहमन्त्री थिए। आफू धादिङ जिल्लामा भएको एउटा आपराधिक घटनाको छानबिन आयोगमा कार्यरत रहेका बेला प्रहरी मुख्यालय पुगेको समयमा गृहमन्त्री गौतमले बोलाएको उनले उल्लेख गरेका छन्। भेटका क्रममा आफूले आईजीपी बन्न नसकेको कारण सोध्दा वामदेवले ‘केही माओवादीको कारण र केही…
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालमा उच्च तहमा व्यापक बढुवा गरिएको छ। गृह मन्त्रालयले ७ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी)लाई वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा गरेको हो। वैशाख ११ गते बसेको बढुवा समितिको बैठकले रिक्त पदका लागि गरेको सिफारिसका आधारमा गृह मन्त्रालयले बढुवा निर्णय कार्यान्वयन गरेको जनाएको छ। एसएसपीमा बढुवा हुने अधिकृतहरूमा दीपककुमार थापा, सुधीर सुबेदी, महेश केसी, प्रकाशकुमार सुबेदी, चित्रांगत दाहाल, सुभाष भण्डारी तथा प्रदीपसिंह कार्की रहेका छन्। यस्तै गृह मन्त्रालयले सशस्त्र प्रहरीका ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी)लाई नायव महानिरीक्षक (डीआईजी) पदमा समेत बढुवा गरेको छ। बढुवा समितिको सोही बैठकको सिफारिसअनुसार उनीहरू डीआईजीमा उक्लिएका हुन्। बढुवा भएका अधिकृतहरूलाई सोमबार…
काठमाडौं । नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (एसपी) स्तरको सरुवा रोकिँदा संगठनभित्र असन्तुष्टि बढ्न थालेको छ । सामान्यतया एक वर्षको कार्यअवधि पूरा भएपछि जिल्ला कमाण्डमा रहेका एसपीहरुको सरुवा गर्ने अभ्यास रहे पनि यसपटक भने प्रहरी प्रधान कार्यालयले चाहेर पनि प्रक्रिया अगाडि बढाउन सकेको छैन। प्रहरी प्रधान कार्यालयले २०८२ वैशाख १५ गते ६३ जना एसपीहरुको सरुवा गरेको थियो । उनीहरुको कार्यकाल अहिले एक वर्ष पूरा गरिसकेको छ । त्यसपछि २०८२ साउन २७ गते ९ जना एसपी र असोज २ गते थप ४८ जना एसपीहरुको सरुवा निकालिएको थियो । तीमध्ये अधिकांश अहिले पनि विभिन्न जिल्ला र युनिटको कमाण्डमा कार्यरत छन् । प्रहरी नियमावलीअनुसार…
काठमाडौं । प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले लुटपाटको प्रयासलाई साहसपूर्वक विफल पार्ने सञ्जिता शाक्यलाई सम्मान गरेका छन्। काठमाडौं महानगरपालिका–२४ तुछेनानी गल्लीस्थित नैना एण्ड ईशान ज्वेलर्समा गत वैशाख १७ गते दुई जना व्यक्तिले पेस्तोल देखाई लुटपाट गर्ने उद्देश्यले आतंक सिर्जना गरेका थिए। उक्त विषम परिस्थितिमा काठमाडौं महानगरपालिका–२२ वटु निवासी सञ्जिता शाक्यले आफ्नो ज्यानको पर्वाह नगरी साहस, आत्मविश्वास र उच्च नागरिक दायित्व प्रदर्शन गर्दै लुटेराको प्रयास असफल बनाएकी थिइन्। उक्त साहसिक कार्यको कदर गर्दै प्रहरी महानिरीक्षक कार्कीले बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा उनलाई कदरपत्र प्रदान गरी सम्मान गरेका हुन्। प्रहरी प्रधान कार्यालयका अनुसार उक्त घटनामा संलग्न तीन जनालाई प्रहरीले…
रौतहट । रौतहटको कटहरिया नगरपालिकामा बोक्सीको आरोपमा एक दलित महिलामाथि गरिएको अमानवीय र जघन्य व्यवहारले मानवताको सीमालाई नै चुनौती दिएको छ। कटहरिया–९, डुमरिया मुसहरी टोलकी करिब ५५ वर्षीया पूर्व वडा सदस्य अंकलिया देवी मुसहरिनलाई स्थानीय व्यक्तिहरूको समूहले जबरजस्ती मानव मलमूत्र खुवाएको घटना सार्वजनिक भएको हो। घटना शनिबार साँझ करिब ७ बजे भएको हो। छिमेकी पुकार माझीको घरमा बिहेको अवसरमा पर्साबाट आएको जन्तीमा सहभागी एक १० वर्षीय बालक अचानक बिरामी भई बान्ता गरेपछि त्यसैलाई निहुँ बनाएर ‘जादुटुना गरेको’ आरोप लगाउँदै करिब १५–२० जनाको समूहले मुसहरिनमाथि आक्रमण गरेको आरोप छ। पीडितकी छोरी सुमिला देवी मुसहरिनका अनुसार, ‘हामी आमा–छोरी मात्रै घरमा थियौँ। एक्कासि…
रौतहट । झण्डै दुई दशकसम्म रहस्यको पर्दाभित्र लुकेको एक दर्दनाक पारिवारिक हत्याकाण्ड अन्ततः सार्वजनिक भएको छ। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकर प्रसाद आचार्यको सुझबुझ, धैर्य र निरन्तर सक्रियताले १८ वर्षपछि चकित पार्ने तथ्य बाहिर आएको हो- बाबुको हत्यामा आफ्नै छोरा संलग्न रहेको पुष्टि भएको छ। २०६४ साल जेठ २० गते गरुडा नगरपालिका–१ (साबिक जयमनगर–४) का ६८ वर्षीय विशेष महतो कोईरीको निर्मम हत्या भएको थियो। घटनापछि प्रारम्भिक अनुसन्धानकै क्रममा उनका कान्छा छोरा राम बिलास महतोमाथि शंका गरिएको थियो। तर उनी परिवारसहित फरार भएपछि घटना लामो समयसम्म रहस्यमै सीमित रह्यो। समय बित्दै जाँदा अनुसन्धानका फाइलहरू थन्किएका थिए। तर डीएसपी आचार्यले…
काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्याल आजबाट अनिवार्य अवकाशमा जाने भएका छन् । आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अर्याल शुक्रबार राति १२ बजेबाट अनिवार्य अवकाशमा जाने भएका छन् । सशस्त्र प्रहरी हेडक्वाटरले शुक्रबार फौजी परम्पराअनुसार अर्यालको बिदाइ गर्नेछ । आईजीपीको चार वर्षे कार्यकाल विवादरहीतरुपमा अर्यालले बताए । उनी कुनै ठूलो विवादमा मुछिएनन् । संगठनलाई सही ट्रयाकमा ल्याउने अर्यालले उल्लेख्य भूमिका खेलेको सशस्त्र प्रहरी हेडक्वाटरले बताएको छ ।अर्याल अवकाशमा जाने भएपछि उनको ठाउँमा नारायणदत्त पौडेललाई आईजीपी बनाउने निर्णय सरकारले गरिसकेको छ । उनले भोलि, शनिबारदेखि कार्यकाल सम्हाल्नेछन् ।
काठमाडौं । नेपाल प्रहरीका ५,७५० जवानहरूको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार रातिउनीहरुको सरुवा गरेको हो । उनीहरुले जेठ महिनादेखि हाल सरुवा भएको दरबन्दीबाटै तलब भत्ता पाउने छन् । आवश्यकता अनुसार उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सुची हेर्नुहोस https://www.facebook.com/share/p/19yB8e1ndZ