काठमाडौं । प्रहरीले बाल मन्दिरको जग्गा भाडासम्बन्धी विवादमा तीन जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तीन जनालाई पक्राउ गरेको हो ।
सीआईबीका एसएसपी अनुपमशम्शेर जबराले तीन जनालाई पक्राउ गरिएको पुष्टि गरे । पक्राउ पर्नेहरूमा आशा श्रेष्ठ, ओम कृष्ण कर्माचार्य र राजेन्द्र श्रेष्ठ रहेका छन्।
उच्च अदालतका पूर्वमुख्यन्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा गठित आयोगले २०७७ मै प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनअनुसार सीआईबीले अहिले तीन जनालाई पक्राउ गरेको हो ।
उनीहरुविरुद्ध ठगीको कसुरमा मुद्दा चलाइने सीआईबीले बताएको छ ।
Facebook Comments Box
