Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका चार जना उप अनुसन्धान निर्देशक (एसपी) बाट सह अनुसन्धान निर्देशक (एसएसपी) मा बढुवा भएका छन् । एसएसपीमा बढुवा हुनेहरुमा नगेन्द्र दाहाल, रिबेन गच्छदार, नरेश शाह, पप्पु पौडेल रहेका छन् । विभागमा अन्य तल्लो तहमा पनि बढुवाको तयारी भइरहेको छ । यसअघि सरकारले इन्द्रसिंह लामा र माधव तिमल्सिनालाई अनुसन्धान निर्देशक (डिआईजी) मा बढुवा गर्ने निर्णय गरेको थियो । डिआईजीमा बढुवा भएका लामा र तिमल्सिना व्यवसायीक सुरक्षा अधिकारीको रुपमा चिनिन्छन् ।
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै चीन भ्रमणमा जाने बताएका छन् । शनिबार दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तर्क्रिया गर्दै उनले चीन भ्रमणको तयारी भइरहेको बताएका हुन् । ‘राष्ट्र र जनताप्रति इमानदार भएर काम गरिरहेको छु । छिट्टै चीन भ्रमण हुँदैछ, त्यसको तयारी भएको छ । त्यहाँ पनि देश र जनताको हितमा अधिकतम राम्रो कोसिस हुन्छ,’ उनले भने, ‘गठबन्धनको सरकार पाँच वर्ष चल्छ । यो कसैले हिलाएर हिल्दैन । हामी समझदारीका साथ अगाडि बढ्छौँ ।’ उनले भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीब्रता पाउने बताए । ‘भ्रष्टाचार देशको विकराल समस्या हो । नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा…
काठमाडौं । भारतको तमिलनाडुस्थित उटीमा सम्पन्न त्रिलोक इन्टरनेशनल फिल्मफेयर अवार्डमा सलोन बस्नेतले उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन् । जुन २६ मा सम्पन्न अवार्ड समारोहमा सलोन छोटो सिनेमा विद्यातर्फ उत्कृष्ट अभिनेता घोषित भएका हुन्। उनले ‘इम प्योर’ चलचित्रका लागि उक्त अवार्ड प्राप्त गरेका हुन् । अष्ट्रेलियाको कम्पनीले निर्माण गरेको उक्ता सिनेमालाई अनुप थापाले निर्देशन गरेका हुन् । सिनेमामा सलोनका अलावा मेनुका प्रधान र रुविना थापाको पनि अभिनय रहेको छ । अभिनेता बस्नेतको मुख्य भुमिका रहेको सिनेमा जय हो आगामी भाद्र ८ गतेबाट प्रदर्शनमा आउँदैछ ।
भोजपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन क्षेत्रको योजनाबद्ध विकास गरेर देशलाई आर्थिक रूपमा सक्षम बनाउन सकिने बताएका छन् । उनले सञ्चालन गरेको ‘हाम्रो सम्पदा राम्रो सम्पदा’ अभियानअन्तर्गत गृहजिल्ला भोजपुरमा आयोजना गरिएको सरसफाइ अभियान कार्यक्रमलाई सम्बोधन गर्दै नागरिकले आफ्नो क्षेत्रको विकासमा आफैँले भूमिका खेल्नुपर्नेमा जोड दिए । पर्यटकहरूलाई आकर्षित गर्नका लागि आफ्नो संस्कार, संस्कृति तथा आचरण र वातावरणमा सुधार गर्नुपर्ने उनको भनाइ छ । पर्यटकीय क्षेत्रलाई सफा, सुन्दर र हराभरा बनाउन नागरिकस्तरबाट अगुवाइ गर्नुपर्नेमा उनको जोड थियो । ‘पर्यटनको विकासका लागि हाम्रो संस्कार र संस्कृतिको जगेर्नासँगै आफ्नो ठाउँलाई सफा सुन्दर र हरभरा बनाउन आवश्यक छ,’ मन्त्री किरातीले…
नेम्वाङको प्रश्न : ‘एमालेका नेताहरूमाथि ‘पहिचानको ढुङ्गा’ वर्षाएर कोशी प्रदेशको नाम परिवर्तन होला ?’
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पहिचानका नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पार्टीका अन्य नेताहरूमाथि ढुङ्गा प्रहार गरेर कोशी प्रदेशको नाम परिवर्तन नहुने बताएका छन् । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालद्वारा शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै नेम्वाङले आदिवासी जनजातिका अधिकारका लागि महत्वपूर्ण पहलकदमी लिने नेकपा एमाले र यसका नेताहरूमाथि ‘पहिचानको ढुङ्गा’ वर्षाइएकामा आश्चर्य प्रकट गरे । ‘हामी कुनै पनि विषयमा असहमति हुँदा शान्तिपूर्ण विरोध गरिनुपर्छ भन्नेमा विश्वास गर्छौं, उपाध्यक्ष नेम्वाङले प्रश्न गर्दै भने, ‘कार्यकर्ता भेट्न जाँदा नेकपा एमालेका अध्यक्षमाथि ढुङ्गा प्रहार गरेर नाम परिवर्तन होला त ? के यो नाम परिवर्तन…
बर्दिया । प्रहरी हिरासतबाट फरार भएका दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतबाट फरार भएका र्दियाको मधुवन नगरपालिका–५ का १९ वर्षका अजय नेपाली र २० वर्षका राजा नेपाली शनिबार विहान पौने एक बजे पक्राउ परेका हुन् । उनीहरु ज्यान मार्ने उद्योग मुद्दामा असार ८ गते पक्राउ परेका थिए । अघिल्लो राती बत्ती गएकाले खाना खान बाहिरा निकाल्ने बेलामा डिउटीमा रहेका प्रहरीले चाबीको झुप्पा नजिकै राखेको मौका पारेर उनीहरुले एउटा चाबी निकालेको पाइएको छ । झुप्पाबाट एउटा चाबी निकालेको डिउटीमा खटिएको प्रहरीले थाहा नपाउँदा उनीहरु बिहान भागेका थिए । बर्दिया प्रहरीले घटनाको छानबिन गर्न समिति नै गठन…
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार र अनियमिततामा संलग्न कसैलाई पनि उन्मुक्ति नदिने बताएका छन् । पोखरामा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्ध अनुसन्धानको कामले थप तीव्रता पाउने बताए । भ्रष्टाचार देशको विकराल समस्याका रूपमा रहेको उल्लेख गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरण वा ललिता निवास प्रकरण यसमा सरकार दृढताका साथ अगाडि बढेको बताए ।
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेकपा एमालेसँग मिलेर नेपाली कांग्रेसले संयुक्त सरकार बनाउने कुरा हल्ला मात्र रहेको प्रष्ट्याएका छ्न् । शनिबार डडेल्धुरामा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले बजारमा आएको हल्लाअनुसार एमालेसँग मिल्ने कुनै सम्भावना नरहेको बताएका हुन्। ‘नेपाली कांग्रेसलाई पुस १० गतेको घटना हेक्का रहेकै छ । हामीले इतिहासबाट पाठ सिक्नुपर्छ त्यसकारण अहिले एमालेसँग नेपाली कांग्रेसको संयुक्त सरकार बन्ने कुनैपनि सम्भावना रहेको छैन’ उनले भने । उनले प्रतिपक्ष दलका मागलाई अधिकतम सम्बोधन गर्ने प्रयन्त गरेको बताए । उनले पहिलोपटक भारतसँग कुटनैतिक रुपमा कालापानी तथा लिम्पियाधुरा क्षेत्रको समस्याका बारेमा कुरा अगाडि बढाइएको समेत प्रष्ट पारे । केही समयअघि…
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का महाप्रबन्धक वृतान्त खनालले पदबाट राजीनामा दिएका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्दको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै खनालले पदबाट राजीनामा दिएका हुन् । उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘क्रीकेट संघका अध्यक्ष चन्दको खेल र खेलाडीको मात्र नभई व्यवस्थापनमा बलमिच्याइ, सबै बिषयमा पार्टीबाट वा हाल प्रधानमन्त्री कार्यालयबाट दबाब छ भन्दै काम गराउने, र काम गर्न नमिलेपछि साशकिय शैलीमा बर्खास्तीको धम्की दिने बानी रहेको हुँदा मैले यो दास मानसिकतामा काम गर्न नसकिने र दिउँसै रक्सी खाएर कार्यालयमा आएर अभद्र गाली गलौज गरेको हुँदा राजिनामा दिएको हुँ ।’ २०७९ को वैशाखदेखि क्यानको महाप्रबन्धक नियुक्त भएका खनालले पदाधिकारीसँगको विवादपछि…
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस बदल्ने अभियानमा आफू लागि परेको बताएका छन् । उनले कांग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको पनि बताए । नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै थापाले दाग लागेको कांग्रेसको महामन्त्री बन्नुभन्दा सफा कांग्रेसको कार्यकर्ता भएर बस्न आफूलाई मन भएको बताए । एउटै व्यक्ति ५/६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी नचल्ने भएकाले कांग्रेस, एमाले र माओवादीजस्ता पुराना पार्टीहरु आज एकसाथ संकटमा पर्न गएको उल्लेख गर्दै उनले आफूले व्यक्तिको नभई पार्टीनै बदल्ने कुरा गरेको बताए । महामन्त्री थापाले डेमोक्रेसीमा एउटै व्यक्ति पटक पटक प्रधानमन्त्री…