बर्दिया । प्रहरी हिरासतबाट फरार भएका दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतबाट फरार भएका र्दियाको मधुवन नगरपालिका–५ का १९ वर्षका अजय नेपाली र २० वर्षका राजा नेपाली शनिबार विहान पौने एक बजे पक्राउ परेका हुन् ।
उनीहरु ज्यान मार्ने उद्योग मुद्दामा असार ८ गते पक्राउ परेका थिए ।
अघिल्लो राती बत्ती गएकाले खाना खान बाहिरा निकाल्ने बेलामा डिउटीमा रहेका प्रहरीले चाबीको झुप्पा नजिकै राखेको मौका पारेर उनीहरुले एउटा चाबी निकालेको पाइएको छ ।
झुप्पाबाट एउटा चाबी निकालेको डिउटीमा खटिएको प्रहरीले थाहा नपाउँदा उनीहरु बिहान भागेका थिए । बर्दिया प्रहरीले घटनाको छानबिन गर्न समिति नै गठन गरेको छ ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हिक्मत बोहराको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको छ । समितिले छिट्टै प्रतिबेदन बुझाउने र त्यसका आधारमा प्रहरी कारबाहीमा पर्ने जनाइएको छ ।
उनहिरु बर्दियाको इलाका प्रहरी कार्यालय, ढोढरीबाट भागेका हुन् ।
