काठमाडौं । गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका चार जना उप अनुसन्धान निर्देशक (एसपी) बाट सह अनुसन्धान निर्देशक (एसएसपी) मा बढुवा भएका छन् ।
एसएसपीमा बढुवा हुनेहरुमा नगेन्द्र दाहाल, रिबेन गच्छदार, नरेश शाह, पप्पु पौडेल रहेका छन् । विभागमा अन्य तल्लो तहमा पनि बढुवाको तयारी भइरहेको छ ।
यसअघि सरकारले इन्द्रसिंह लामा र माधव तिमल्सिनालाई अनुसन्धान निर्देशक (डिआईजी) मा बढुवा गर्ने निर्णय गरेको थियो । डिआईजीमा बढुवा भएका लामा र तिमल्सिना व्यवसायीक सुरक्षा अधिकारीको रुपमा चिनिन्छन् ।
Facebook Comments Box
