Author: Scoop Khabar

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीको सरुवा/बढुवामा हुने आर्थिक चलखेल शून्यमा झारेको दाबी गरेका छन् । शुक्रबार बिहान सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री श्रेष्ठले प्रहरीको सरुवा/बढुवामा हुने आर्थिक चलखेल शून्यमा झारेको दाबी गरेका हुन् । ‘प्रहरीको सरुवा/बढुवामा हुने आर्थिक चलखेल शून्यमा झारेको छु । मेरो सचिवालयले कहीँ आर्थिक चलखेल गरेको देखाउनुभयो भने म राजनीति नै गर्दिन,’ श्रेष्ठले दाबीसमेत गरे । यसअघि प्रहरीको सरुवादेखि बढुवासम्मको सूची गृह मन्त्रालय वा बालुवाटारले तयार पारेर प्रहरी प्रधान कार्यालयमा बुझाउने गरेको थियो । त्यसलाई नै सदर गर्न प्रधान कार्यालय बाध्य हुन्थ्यो । तर, अहिले त्यस्तो अवस्थामा नरहेको मन्त्री श्रेष्ठ बताउँछन् । प्रहरीलाई दिएको काम…

थप

बारा । बारामा ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद भएको छ ।  कोल्हवी नगरपालिका-५, सोनाभर बस्ने जितेन्द्र चौधरीको घरमा गाँजा लुकाइछिपाइ राखेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, कोल्हवीबाट प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीको कमान्डमा खटिएको टोलीले १ सय ६८ किलो गाँजा फेला परेको हो । स्थानीय जनप्रतिनिधि तथा स्थानीयको रोहबरमा घर खानतलासी गर्दा कोठाभित्र लुकाई राखेको अवस्थामा गाँजा बरामद गरिएको प्रहरी नायब उपरीक्षक पुरूषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । गाँजालाई बरामद गरी इलाका प्रहरी कार्यालय कोल्हवीमा राखिएको छ । यस घटनामा घरधनी चौधरीसहित संलग्न व्यक्तिहरूको खोजतलास जारी रहेको पाण्डेको भनाइ छ ।

थप

काठमाडौ । ललिता निवास क्षेत्रको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने गरी भएका निर्णयमा संलग्न तत्कालीन सचिवहरू विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।   पूर्वसचिवहरु युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएर अनुसन्धान अघि बढाएको हो । यस प्रकरणमा १७ पूर्वसहसचिवसहितका कर्मचारी जोडिएका छन् । प्रहरीले उनीहरूविरुद्ध पनि यसअघि नै पक्राउ पुर्जी लिइएको छ।

थप

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउन परेमा अबको ६ महिनाभित्र सच्याउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ‘उमेर, नाम, जात सच्याउने नियमहरू, २०१७’ अनुसार विद्यार्थीले प्रमाण पत्र पाएको ६ महिनाभित्र प्रमुख जिल्ला अधिकारी (सीडीओ) समक्ष निवेदन दिनुपर्नेछ । प्राप्त निवेदन अनुसार प्रमुख जिल्ला अधिकारीले फैसला पर्चा र सिफारिस गरेको आधारमा मात्रै बोर्डले नाम, थर र जन्ममिति सच्याउन मिल्छ । यदि छ महिना ढिला भएको अवस्थामा सीडीओले पनि फैसला पर्चा बनाउन नमिल्ने नियमले उल्लेख गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले भने, ‘अहिलेको अवस्थामा प्रमाण पत्र पाएको ६ महिनाभित्र…

थप

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एक दर्जनभन्दा बढी जिल्लामा इन्चार्ज रहेका प्रहरी उपरीक्षक (एसपी)को हेरफेर तयारी थालेको छ । एक वर्ष अवधि पुगेका र कमजोर कमाण्डिङ क्षमताका कारण जिल्लामा हेरफेर हुन लागेको हो । यसपटक बारा, सुनसरी, इलाम, डोटी, कास्की, भक्तपुर, मकवानपुर, रौतहट, नुवाकोट, कपिलवस्तु जस्ता महत्वपूर्ण जिल्लाका प्रमुख परिवर्तन हुँदैछन् । उनीहरुको एक वर्ष अवधी पुगेका कारण प्रधान कार्यालयले हेरफेरको तयारी गरेको हो । हाल बारामा होविन्द्र बोगटी, सुनसरीमा प्रभु ढकाल, इलाममा दिलिप घिमिरे, कास्कीमा अजय केसी, भक्तपुरमा प्रजित केसी, मकवानपुरमा बामदेव गौतम, रौतहटमा बीर बहादुर बुढामगर, नुवाकोटमा रमेश पण्डित, कपिलवस्तुमा प्रेम बहादुर बस्नेत रहेका छन् । त्यस्तै डोटीमा…

थप

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गर्नेसम्बन्धी सूचना जारी गरेको छ । कक्षा ११ मा भर्ना गर्ने विद्यार्थीहरूलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन आवश्यक भएकोले सम्बन्धित शिक्षण संस्थाबाट महानगरपालिकाले विवरण मागेको छ । जसअनुसार सबै शिक्षण संस्थाहरूलाई शैक्षिक सत्र २०७९–०८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको सङ्ख्या आषाढ मसान्तभित्र पठाउन शिक्षा विभागले सूचित गरेको छ ।

थप

काठमाडौं । नायक सारुक ताम्राकार झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । रातोपुलस्थित आफ्नै घरमा बिहीबार राति उनी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौं प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) सीताराम रिजालका अनुसार घटनास्थलको प्रकृति हेर्दा उनको मृत्यु शंकास्पद देखिएको छैन् । एसपी रिजालले भने, ‘अहिलेसम्म आत्महत्या नै भन्नेछ । त्यही पनि हामीले थप अनुसन्धान गर्दैछौं ।’ ताम्राकारको शव अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । उनले ‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’ , ‘नमरी बाचे’ लगायत चलचित्रमा अभिनय गरेका छन् ।

थप

भैरहवा । केही दिनदेखि भैरहवा क्षेत्रमा चोरी, डकैती र लुटपाटबाट आतंकित भइरहेको बेला प्रहरीले यसखालको अपराधमा संलग्न गिरोहमध्येको एक भारतीय महिलालाई पक्राउ गरेको छ । ती महिला पक्राउ परेको स्थलबाट यस्ता अपराधमा प्रयोग हुने विभिन्न औजार र हतियार पनि बरामद भएको दावी प्रहरीको छ । भारत गोरखपुर उत्तर प्रदेशकी ४३ वर्षीया गीता तिवारीलाई प्रहरीले पक्राउ गरि बिहीवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । रुपन्देहीका प्रहरी प्रमुख एसपी भरतबहादुर बिकले यी महिला सिद्धार्थनगर नगरपालिका–२ स्थित दीपक यादवको घर भाडामा लिइ चोरी, डकैती र लुटपाट गर्ने भारतीय गिरोहमा संलग्न रहेको बताए । ‘यी महिला भारतमा पनि यस्ता अपराधमा संलग्न भएको र…

थप

काठमाडौं । नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगीधन्दा चलाएको आरोपमा थुनामा रहेका ७ जनाले उच्च अदालतमा निवेदन दिएका छन् । काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पूर्व सांसद आङटावा शेर्पा र डा.इन्द्रजित राईसहित ७ जनाले दिएको निवेदन दिएका हुन् । उनीहरुको निवेदन दर्ता भएको उच्च अदालत पाटनका रजिष्टार ठगिन्द्र कट्टेलले जानकारी दिए । उनीहरुले फौजदारी कार्यविधि संहिता २०७४ को दफा–७३ बमोजिम ‘बेरितको आदेश बदर गरिपाउँ’ भन्दै निवेदन दिएका हुन् । उनीहरुसँगै निवेदन दिनेमा नरेन्द्र केसी, गोविन्दबहादुर चौधरी, सानु भण्डारी, हरिभक्त महर्जन र लक्ष्मी महर्जन छन् । काठमाडौं जिल्ला अदालतका न्यायधीश प्रेमप्रसाद न्यौपानेले असार १ मा पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित १६…

थप

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त भएका छन् । बिहीबार थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख खापुङले थापालाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । थापाले मुख्यमन्त्रीका लागि आजै दाबी पेश गरेका थिए । थापा नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता हुन् ।

थप