काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त भएका छन् । बिहीबार थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रदेश प्रमुख खापुङले थापालाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
थापाले मुख्यमन्त्रीका लागि आजै दाबी पेश गरेका थिए । थापा नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता हुन् ।

Facebook Comments Box
