काठमाडौं । नायक सारुक ताम्राकार झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । रातोपुलस्थित आफ्नै घरमा बिहीबार राति उनी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौं प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) सीताराम रिजालका अनुसार घटनास्थलको प्रकृति हेर्दा उनको मृत्यु शंकास्पद देखिएको छैन् ।
एसपी रिजालले भने, ‘अहिलेसम्म आत्महत्या नै भन्नेछ । त्यही पनि हामीले थप अनुसन्धान गर्दैछौं ।’ ताम्राकारको शव अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
उनले ‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’ , ‘नमरी बाचे’ लगायत चलचित्रमा अभिनय गरेका छन् ।
Facebook Comments Box
