काठमाडौं । नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगीधन्दा चलाएको आरोपमा थुनामा रहेका ७ जनाले उच्च अदालतमा निवेदन दिएका छन् ।
काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पूर्व सांसद आङटावा शेर्पा र डा.इन्द्रजित राईसहित ७ जनाले दिएको निवेदन दिएका हुन् ।
उनीहरुको निवेदन दर्ता भएको उच्च अदालत पाटनका रजिष्टार ठगिन्द्र कट्टेलले जानकारी दिए । उनीहरुले फौजदारी कार्यविधि संहिता २०७४ को दफा–७३ बमोजिम ‘बेरितको आदेश बदर गरिपाउँ’ भन्दै निवेदन दिएका हुन् ।
उनीहरुसँगै निवेदन दिनेमा नरेन्द्र केसी, गोविन्दबहादुर चौधरी, सानु भण्डारी, हरिभक्त महर्जन र लक्ष्मी महर्जन छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायधीश प्रेमप्रसाद न्यौपानेले असार १ मा पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित १६ जनालाई थुनामा राख्ने आदेश गरेका थिए ।
