काठमाडौ । ललिता निवास क्षेत्रको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने गरी भएका निर्णयमा संलग्न तत्कालीन सचिवहरू विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
पूर्वसचिवहरु युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएर अनुसन्धान अघि बढाएको हो ।
यस प्रकरणमा १७ पूर्वसहसचिवसहितका कर्मचारी जोडिएका छन् । प्रहरीले उनीहरूविरुद्ध पनि यसअघि नै पक्राउ पुर्जी लिइएको छ।
Facebook Comments Box
