Author: Scoop Khabar

काठमाडौँ । ‘तपाईंको नाम २ नम्बरमा छ । ३० करोड नदिए अपहरण गरी हत्या गरिदिन्छु’, खोटाङ राहबेशी गाउँपालिका वडा नम्बर १ राहबेशी स्थायी घर भएका रमेश कुमार गुरुङले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई यसरी पटक पटक धम्क्याए ।  यतिमात्रै होइन उनले हत्या गर्नको लागि योजना बनिसकेको भन्दै ज्यान बचाउने भए मागेको जति रकम दिन समेत दबाब दिइरहे । प्रसाईलाई धम्क्याउन उनले गत असार १३ गत साँझ ६ बजेर १२ मिनेटदेखि प्रवेश लामाको नामबाट पटक पटक फोन गरिरहे । ‘हत्या गर्नको लागि योजना बनिसकेको छ । यदि सुरक्षित हुन चाहनुहुन्छ भने रकम दिनुपर्ने हुन्छ, डिमाण्डको रकम उपलब्ध गर्नुभयो भने तपाईंको जीवन बच्न…

थप

काठमाडौँ ।  सशस्त्र प्रहरी बल प्रधान कार्यालयले तीन महिनादेखि बिना सूचना ड्युटीमा उपस्थित नभएका सात कर्मचारीलाई सात दिन भित्र हाजिर हुन आउन सूचना जारी गरेको छ ।  जसमध्ये दुई जना सशस्त्र प्रहरी सहायक हवलदार र ५ जना जवान छन् । उनीहरूलाई सात दिन भित्र सन्तोषजनक जवाफसहित कार्यालयमा हाजिर हुन नआए नोकरीबाट हटाइने चेतावनी दिइएको छ । हाजिर हुन नजानेहरूमा सशस्त्र प्रहरी बल नेपालको ३ नम्बर गणका जवान लक्ष्मण लिम्बु, २७ नम्बर गण कपिल खत्री, २१ नम्बर गण पूर्ण बहादुर तामाङ, १७ नम्बर गणका केशर बहादुर विष्ट, ४९ नम्बर गुल्मका नर साउद, २९ नम्बर गणका सहायक प्रहरी हवलदार प्रतीक बिक र…

थप

काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सबै जनाको शव काठमाडौं ल्याइएको छ । त्रिभुवन विमानस्थल कार्यालयका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार शव काठमाडौं शिक्षण अस्पतालमा लगिएको छ । सुरुमा ४ जनाको शव ल्याइएको थियो । दोस्रो हेलिकप्टरमा दुई शवसहित ६ जनाकै शव काठमाडौं ल्याइएको छ । मंगलबार बिहान भएको हेलिकप्टर दुर्घटनामा एक चालक र ५ जना यात्रुको मृत्यु भएको छ । यात्रु सबै मेक्सिकन नागरिक हुन् । उनीहरु माउन्टेन फ्लाइटका लागि खुम्बु क्षेत्रमा पुगेका थिए ।

थप

काठमाडौ । ठमेलमा पुनः गुण्डाराज सुरु भएको झल्को दिने घटना भएको छ । आपराधिक पृष्ठभूमि भएको एक समूहले क्लब ओम्नियाका सञ्चालकमाथि क्लबमै कुटपिट गरेको घटना सार्वजनिक भएको हो । नुवाकोट सूर्यगढी गाउँपालिका– १ का राजेन्द्र गुरुङलाई नुवाकोट ककनी– ५ का सानुभाइ भनिने युवराज गुरुङसहितको समूहले शुक्रबार राति २ बजे क्लबमै पुगेर कुटपिट गरेको हो । युवराज गुरुङले कुटपिट गर्दै गरेको भिडियोसमेत सार्वजनिक भएको छ । युवराजले क्लबमा खाएको बिलसमेत नतिरेरै हिँड्ने गरेका थिए । लामो समय वैदेशिक रोजगारीपछि नेपाल फर्किएका राजेन्द्रले चार महिनाअघि मात्रै क्बल सञ्चालनमा ल्याएका थिए । सानुभाइको समूहले क्लबको भौतिक संरचनासमेत तोडफोड गरेका छन् । राजेन्द्र गुरुङलाई…

थप

काठमाडौ । गोरखा सबिकको फुजेलमा बसोबास गर्दै आएका युवाहरुको उल्लेखयीय सहभागितामा फुजेल-चितवन सम्पर्क समिति गठन भएको छ ।   शनिबार गठन भएको भेलाले १३ सदस्यीय समिति चयन गरेको छ ।  जसअन्तर्गत अध्यक्षमा गण्डकी गाउपालिका, ४ चितवन बस्दै आएका सुजन पन्त निर्वाचित भएका छन् ।   त्यस्तै  भेलाले उपाध्यक्षमा सन्तोष दुवाडी र सुमन लामिछानेलाई चयन गरेको छ ।  सचिवमा शंकर पौडेल, सह-सचिवमा शिरिश ढकाल, कोषाध्यक्षमा सुनिता दुवाडी र सह-कोषाध्यक्षमा अनुप पन्त चयन भएका छन् ।   त्यसैगरी सदस्यहरुमा किशोर पन्त, सन्देश अंगाई, हरी पन्त र समिक्षा ढकाल चयन भएका छन् । बाकी २ जना सदस्य पछि नियुक्ती गर्ने सचिव पौडेलले जानकारी…

थप

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले वर्तमान राजनीतिक नेतृत्वबाट प्रहरीलाई काम गर्न सहज रहेको बताएका छन् । शुक्रवार प्रहरी प्रधान कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको सरकार संगठन रुपान्तरण र विकास गर्ने हकमा राम्रो रहेको बताए । उनले साधन श्रोतको कमी, देशको आर्थिक अवस्था कमजोर भएका कारणले प्रहरी प्रशासनलाई केही कठिनाइ भएको पनि बताए । उनले जिल्लाबाटै साइबर अपराधको मुद्दा निक्र्यौल गर्ने सरकारले निर्णयले थप सहयोग पुगेको बताए । प्रहरी प्रशासनलाई बलियो बनाउनका लागि गृह मन्त्रालयबाट राम्रो सहयोग मिलेपनि अन्य निकायबाट भने भनेअनुसारको सहयोग नपाएको गुनासो गरे । उनले प्रहरी समायोजनको…

थप

चितवन । भरतपुर महानगरपालिकाले कक्षा ११ को छात्रावृत्तिका लागि आवेदन माग गरेको छ । शैक्षिक सत्र २०८० मा महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालय तथा सामुदायिक क्याम्पसमा कक्षा ११ मा अध्ययन गर्न चाहाने विद्यार्थीले आवेदन दिन सक्ने महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ । महानगरपालिकाको छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०७५ (संशोधनसहित) को दफा ५ को उपदप ३ (१) बमोजिम १५ दिनभित्र आवेदन दिन सूचना प्रकाशन गरेको छ । आगामी साउन ५ गतेभत्रि आवश्यक कागजातसहित भरतपुर महानगरपालिकाको वेबसाईटमा गई आवेदन भर्ने व्यवस्था मिलाईएको शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडेलले जानकारी दिए । आवेदनका लागि एसईईको ग्रेड सिट, अपाङ्ता भएको विद्यार्थीको हकमा अपाङ्ता परिचयपत्र,…

थप

काठमाडौं । नेपाल प्रहरी कार्ययोजना २०८०, चालु आर्थिक वर्षको गत ३ महिनाका मुख्य उपलब्धीहरूका साथै समसामयिक विषयमा केन्द्रित रहँदै प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरेका छन् । आईजी कुँवरले तालुक गृहमन्त्रालयबाट प्राप्त निर्देशन अनुरूप संगठनको सुदृढिकरणका लागि उपयुक्त वातावरण सिर्जना भएको उल्लेख गरेका छन् । प्रहरी संगठनलाई थप सुदृढ बनाउँदै अघि बढ्न सञ्चारकर्मीहरूसँग निरन्तर समन्वय र सहकार्य गर्दै जाने विषयमा प्रहरी महानिरीक्षकले विशेष जोड दिए । सञ्चारकर्मीहरू माझ केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले चालू आर्थिक वर्षको गत तीन महिनाको उल्लेख्य प्रगति विवरणहरु प्रस्तुत गर्दै सञ्चारकर्मीहरूद्वारा राखिएका जिज्ञासाहरूको निरूपण समेत…

थप

गत बुधबार अर्थात असार २० गते अन्दाजी ३ बजेको समयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नायारणकाजी श्रेष्ठ भरतपुर विमानस्थल, चितवनमा उत्रिए । प्रचण्ड गर्मीका कारण बाहिरको तापक्रम अत्याधिक थियो । दुई जना सुरक्षाकर्मी र एकजना स्वकीय सचिवसहित विमानस्थलमा उत्रिएका मन्त्री श्रेष्ठको स्वागतमा जिल्ला प्रशासन कार्यालय, चितवनका प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी, पार्टीका नेता कार्यकर्ता एवं पत्रकारहरुको उपस्थिति थियो । स्वागतपछि मन्त्री श्रेष्ठ विमानस्थलमा रहेको भिआईपी कोठामा गए । उनको अनुहार मलिन थियो । मन्त्री श्रेष्ठसँगै पछिपछि सिडिओ, सुरक्षाकर्मी, नेता कार्यतकर्ता तथा पत्रकारहरु पनि उक्त कोठामा छिरे । सोफामा बसेका मन्त्री श्रेष्ठलाई पत्रकारहरुले घेरा हालेर प्रश्न सोध्न थाले । पत्रकारले सोधे :- ‘ठूला मान्छेलाई…

थप

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सेवाका लागि आवश्यक पर्ने जनशक्ति र स्वास्थ्य सेवा प्रवाहमा जनताको सरल र सहज पहुँचका लागि स्वास्थ्य क्षेत्रका प्रतिष्ठानहरूले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको छैटौँ सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ‘स्वास्थ्य सेवा र यस क्षेत्रमा आवश्यक पर्ने जनशक्तिको विकासका निम्ति प्रतिष्ठानको उत्पादन, सेवा र बितरण प्रणाली सरल, पूर्वाग्रहरहित, आम नागरिकको पहुँच पुग्ने स्तरको हुनुपर्ने’ बताएका हुन् । सो अवसरमा प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले ‘प्रतिष्ठानको रणनीतिक विकास र समावादोन्मुख स्वास्थ्यको लक्ष्य प्राप्तिका निम्ति यस सभाले महत्वपूर्ण योगदान गर्ने विश्वास लिँदै सोही बमोजिम नीति, योजना, कार्यक्रम र कार्यान्वयनको प्रक्रियामा…

थप