काठमाडौ । गोरखा सबिकको फुजेलमा बसोबास गर्दै आएका युवाहरुको उल्लेखयीय सहभागितामा फुजेल-चितवन सम्पर्क समिति गठन भएको छ ।
शनिबार गठन भएको भेलाले १३ सदस्यीय समिति चयन गरेको छ । जसअन्तर्गत अध्यक्षमा गण्डकी गाउपालिका, ४ चितवन बस्दै आएका सुजन पन्त निर्वाचित भएका छन् ।
त्यस्तै भेलाले उपाध्यक्षमा सन्तोष दुवाडी र सुमन लामिछानेलाई चयन गरेको छ । सचिवमा शंकर पौडेल, सह-सचिवमा शिरिश ढकाल, कोषाध्यक्षमा सुनिता दुवाडी र सह-कोषाध्यक्षमा अनुप पन्त चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा किशोर पन्त, सन्देश अंगाई, हरी पन्त र समिक्षा ढकाल चयन भएका छन् । बाकी २ जना सदस्य पछि नियुक्ती गर्ने सचिव पौडेलले जानकारी दिए ।
‘परिवर्तनका लागि समाजसेवा’ भन्ने मूल नाराका साथ गठन भएको यस संस्थाले गाउँको विभिन्न क्षेत्रमा काम गर्ने अध्यक्ष पन्तले बताए । उनले भने, ‘गाउँघरमा हुने आपराधिक क्रियाकलापदेखि समाजमा पर्ने सुखद या दुःखद घटनाहरुमा फुजेल चितवन सम्पर्क समितिको सधैं सहभागिता रहनेछ ।’
फुजेल चितवन सम्पर्क समिति विशुद्ध सामाजिक संस्थाको रुपमा अघि बढ्ने बताउँदै अध्यक्ष पन्तले भने, आफ्नो नेतृत्वमा यस संस्थाले सामाजिक काममा जोड दिनेछ ।’
भेलाले ५ जनालाई सल्लाहकार चयन समेत गरेको छ । जसमा नेत्र जी पन्त, केदार तिवारी, अर्जुन भट्टराई, सुरेश जङ पाण्डे र सुजन भट्टलाई सल्लाहकारमा नियुक्त गरेको हो ।

