Author: Scoop Khabar

काठमाडौं । नेपाल प्रहरीका कार्यरत प्रहरी कर्मचारीहरुले अत्यावश्यकबाहेक दसैं बिदा नपाउने भएका छन् । प्रहरी प्रधान कार्यालयले दसैंमा घर बिदा नलिन र त्यस्तो बिदा स्वीकृत नगर्न मातहतलाई निर्देशन जारी गरेको हो । प्रदेश प्रहरी कार्यालय र ७७ वटै जिल्लाका इन्चार्जहरूलाई सर्कुलर गरेर प्रहरी प्रधान कार्यालयले भनेको छ, ‘अत्यावश्यक बाहेक कसैलाई पनि पर्व बिदा नदिनु ।’ जिल्लाका इन्चार्जहरूलाई दसैंमा बिदा नलिन र मातहतका कर्मचारीलाई बिदा नदिन सर्कुलर गरिएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए । सोही क्रममा प्रधान कार्यालयले नजिकिँदै गरेको दसैं, तिहार र छठपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गर्न देशैभरका प्रहरी युनिटहरूमा सर्कुलर जारी गरेको छ । नेपाल…

थप

काठमाडौं । दसैंतिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सोह्रश्राद्धबाटै नयाँ नोट सटही सुरु गर्ने भएको छ । तर, नयाँ नोट सटहीमा नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारलाई प्राथमिकता दिने भएको छ । डिजिटल कारोबारलाई प्राथमिकता दिने लक्ष्यका साथ राष्ट्र बैंकले दसैँमा नयाँ नोट क्यूआरमार्फत नै साट्न पाउने व्यवस्था गर्ने भएको हो । नयाँ नोट साट्न आउनेले यो वर्ष आफूले नोट नबोकी आउँदा पनि हुने बैंकले जनाएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेश शाक्यले नयाँ नोट आवश्यक पर्ने जो कोहीले क्यूआरमार्फत भुक्तानी गरेर बैंकबाट नयाँ नोट लिन सक्ने बताए । ‘यो वर्षको दसैँमा नयाँ नोट सट्न आउनेहरूलाई क्यूआरमार्फत सटही गर्न पाउने…

थप

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशबाहिर भएको बेला गुप्तचर विभाग प्रमुख हुतराज थापा भारत जान लागेका छन् । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख थापा बुधबार काठमाडौंबाट नयाँ दिल्ली जाने भएका हुन् । प्रमुख थापालाई भारतीय ‘रअ’का प्रमुख रवि सिंहले बोलाएपछि नयाँ दिल्ली जान लागेका हुन् । उनी आफ्ना सहयोगीको साथमा भारत जान लागेको विभाग स्रोतले जानकारी दिएको छ । गत ११ भदौमा कोरिया गएका थापाले यो वर्ष विभागको वार्षिक उत्सव समेत नमनाएको पाइएको छ । १२ गते विभागको बार्षिक उत्सव थियो । तर उनी अघिल्लो दिन कोरिया उडेका थिए । कोरिया जानुअघि उनले नेपालमा पाँच सदस्यीय कोरियन टोलीलाई गत वैशाख…

थप

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुव्र्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  गृह मन्त्रालयमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक सङ्घलगायत स्वास्थ्यकर्मीसँग सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधिसँगको छलफलमा उहाँले स्वास्थ्यकर्मीलाई दुव्र्यवहार र कुटपिट हुन नदिइने प्रतिबद्धता व्यक्त गरे । ‘चिकित्सको चासो र चिन्ता पूरा गर्न सरकार प्रतिबद्ध छ, मुलुकमा विधिको शासन लागू हुन्छ, चिकित्सक र स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने व्यवस्था सरकारले मिलाउँछ,’ उनले भने । चिकित्सकमाथि दुव्र्यवहार र आक्रमण गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै उहाँले आन्दोलनरत चिकित्सकलाई बिरामीको सेवामा फर्कन आग्रह गरे…

थप

काठमाडौं । दाङमा बस दुर्घटनामा परी १५ जना घाइते भएका छन् । काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश-०२-००१ ख ०३६२ नम्बरको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गको लमही-९ अमिलियामा मंगलबार बिहान करिब साढे ६ बजेतिर दुर्घटना भएको हो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) जनकबहादुर मल्लले जानकारी दिए । अन्य पाँच जनाको अवस्था मध्यम रहेको छ भने केही सामान्य घाइते भएका छन् । बाँकी यात्रु सकुशल रहेको प्रवक्ता मल्लले बताए । बसमा करिब ३०र३५ जना सवार रहेको सवार थिए । दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ ।

थप

काठमाडौं । सोमबार बिहान बारामा एक पूर्वसशस्त्र प्रहरी जवानको शव हत्या गरिएको अवस्थामा भेटियो । नेपाल–भारत सिमानास्थित दशगजा क्षेत्रमा ३४ वर्षीय अमरेशकुमार सिंहको शव भेटिएको हो । पचरौता नगरपालिका–१ पचरौता गाउँको दक्षिणतिर दशगजा क्षेत्रमा आइतबार मध्यराति साढे १२ बजेको समयमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फालिएको अवस्थामा स्थानीयवासीले सिंहको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । तत्कालै बारा प्रहरी प्रमुख सुरेशराज काफ्लेसहितको टोली घटनास्थलमा पुग्छन् । शवको प्रकृति हेर्दा उनको हत्या नै भएको निष्कर्षमा प्रहरी पुग्यो । मृतक सिंहमाथि धारिलो हतियार प्रहार भएकाले शरीरका विभिन्न ठाउँमा चोट देखिएको थियो । र, प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढायो । सिंहले दशगजाको…

थप

काठमाडौं । पर्सा प्रहरीले ठूलो परिमाणमा लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठोरी गाउँपालिका–४ विजयबस्तीका ३४ वर्षीय क्षेत्रबहादुर श्रेष्ठ छन् । जिराभवानी गाउँपालिका–१ गम्हरियास्थित सडकखण्डमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगन्ज तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो । ना ६१ प ९७०० नम्बरको मोटरसाइकलमा सूवर्णपुरबाट वीरगन्जतर्फ आउँदै गरेका श्रेष्ठलाई रोकेर खानतलासी गर्ने क्रममा मोटरसाइकलको पछाडि सिटबाट चरेस बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक (डीएसपी) कुमार विक्रम थापाका अनुसार सेतो बोराभित्र टेपले र्‍यापिङ गरी प्रतिप्याकेट ५ सय ग्रामका दरले ६४ प्याकेटमा ३२ किलो चरेस बरामद…

थप

काठमाडौं । कर्णाली प्रदेशमा प्रहरी जवान १३९ औं समूहको आधारभूत तालिममा सहभागी १७८ पुरुष र १२२ महिला गरेर ३०० जना प्रहरी जवानहरु दीक्षित भएका छन् । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतले नेपालगन्जमा दीक्षान्त समारोहको आयोजना गरेर आधारभूत तालिम प्राप्त गरेका तीन सय जना जवानलाई दीक्षित गरेर कार्यक्षेत्रमा पठाएको हो । कर्णाली प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक (डिआईजी) भीमप्रसाद ढकालले आधारभूत तालिम प्राप्त गरेका जवानहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेर कार्यक्षेत्रमा प्रवेश गराएका थिए । डिआईजी ढकालले तालिम प्राप्त गरेर कार्यक्षेत्रमा प्रवेश गर्नुहुने सबै प्रहरीलाई आम नागरिकको सेवालाई मुख्य केन्द्र बनाएर काम गर्न निर्देशन समेत दिए । तालिम पाएका प्रहरी जवानहरुलाई…

थप

काठमाडौं । सल्यान कपुरकोट गाउँपालिका-३ चोरखोला नजिकै सेतापैरास्थित राप्ती राजमार्गमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन । रोल्पाबाट दाङतर्फ तरकारी बोकी जाँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जिप अनियन्त्रित भई सडकबाट अन्दाजी ३५० मिटर तल खस्न गई र्दुघटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दाङ तुलसीपुर उपमहानगरपालिका-२ बस्ने ३५ वर्षीय नारायण योगी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय, सल्यानका प्रमुख नायब उपरीक्षक (डिएसपी) नवीन कार्कीले जानकारी दिए । घाइते योगीलाई उपचारको लागि दांग पठाएको डिएसपी कार्कीले बताए । घटनालगत्तै प्रहरी चौकी कपुरकोट सल्यानबाट प्रहरी…

थप

काठमाडौं । कोशी प्रदेशको ६ जिल्लाको सुरक्षा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम आज विराटनगरमा हुँदैछ । बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित गृह सचिव र तीनवटै सुरक्षा निकायका प्रमुख पनि विराटनगर पुगिसकेका छन् । पछिल्लो समयमा कोशीमा देखिएको शान्ति सुरक्षाको चुनौती र त्यहाँ देखिएका समस्याहरूको पहिचानका लागि गृहमन्त्री श्रेष्ठ आइतबार नै विराटनगर पुगेका हुन् । जहाँ नेपाल प्रहरीका महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धानका विभागका प्रमुख र सांसदसहितले बैठकमा ब्रिफिङ लिने प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उनीहरू कोशी प्रदेशका विभिन्न ठाउँमा देखिएका समस्याको पहिचान तथा समाधान पहल गर्ने गरी तीन दिनसम्म कोशी प्रदेशमै…

थप