Author: Scoop Khabar

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्मा उपस्थित सबै राजनीतिक दल र सदस्यबाट असल संवैधानिक र संसदीय अभ्यासको अपेक्षा गरेको बताएका छन् । ‘संसद दिवस–२०८०’ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै बहुदलीय व्यवस्थामा राजनीतिक दलहरु नै संवैधानिक र संसदीय अभ्यासका असली सञ्चालक भएको हुनाले राजनीतिक दलहरुको आपसी सद्भाव, सहमति र समन्वयमा नै संसद्को गतिशीलता र क्रियाशीलता निर्भर रहने उल्लेख गरेका छन् । उनले संसद् दिवसले सङ्घीय संसद्का सदस्यहरु, संविधानसभा सदस्यहरु, पूर्वसांसद, संसद् सचिवालयलगायत राष्ट्रसेवक कर्मचारी वर्ग एवं आमनेपाली जनतामा संसदीय लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि प्रेरणा मिलोस् भन्ने कामनासमेत गरे । संसद् दिवसका अवसरमा…

थप

तस्बिर: फाइल फोटो पोखरा । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादी शक्तिहरूबीच पार्टी एकताका लागि ठोस पहल भइरहेको बताएका छन् । शनिबार बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने, ‘माओवादी कमजोर हुँदा सिङ्गो परिवर्तन कमजोर हुन्छ। हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ। त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो। त्यसका लागि हामी सबैले देशको पक्षमा सोच्न र काम गर्न जरुरी छ।’ ‘हामीभित्र मात्र थपघट गरेर पार्टी पुनर्निर्माण हुँदैन। यस पटक सरकारको नेतृत्व लिँदा परिवर्तन र पार्टी…

थप

छेन्दु । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा लगानीको उपयुक्त वातावरण रहेकाले विविध क्षेत्रमा लगानी वृद्धि चिनियाँ लगानीकर्तालाई आग्रह गरेका छन् । चीनको सिचुवान प्रान्तको छेन्दुमा आज सिचुवान प्रादेशिक लगानी समूहसँगको भेटमा उनले वैदेशिक लगानीलाई प्रोत्साहित गर्न नीतिगत र प्रक्रियागत सुधार गरिएको बताए । नेपालमा विभिन्न क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उनले निर्धक्क भएर लगानी गर्न आग्रह गरे । “नेपालमा ऊर्जा, कृषि, पर्यटन, सूचना प्रविधिका क्षेत्रमा लगानी गर्ने प्रशस्त सम्भावना छ । हामीले वैदेशक लागनीका लागि उपयुक्त वातावरण बनाउँदै गइरहेका छौँ, वैदेशक लागनीलाई प्रवर्द्धन तथा लगानीको सुरक्षा गर्न सकियोस् भनेर कानुन, नियममा पर्याप्त सुधार गरेका छौँ”, उनले भने…

थप

२५ साउनमा अनलाइनन्यूज७ ले पहिलोपटक निर्दोष सिपाहीहरुको व्यथालाई समाचार बनाएर प्रकाशित गरेको थियो। ‘सेनाको बदमासीः ‘कोर्टमार्सल’ गरिएका दुई जना निर्दोष सिपाही दुई बर्षदेखि प्रताडित’ शीर्षकमा समाचार प्रकाशित गरेपछि सर्वत्र चासोको विषय बन्यो। त्यसपछि हामीले पीडितका परिवारलाई भेट्न अवसर पायौं। चितवन पुगेर पीडित परिवारका सदस्यलाई भेटेरै निर्दोष हुँदाहुँदै पनि उनीहरुलाई जेलमा राखिएको र मुद्दाका क्रममा परिवारका सदस्यलाई दिइएको यातनाको वृत्तान्त हामीले यसअघिका श्रृखंलामा लेखिसकेका छौं। पीडित परिवारलाई दिइएको मानसिक तथा शारीरिक यातनाको विषयमा हामीले खबरदारी गरिरह्यौं। मेनस्ट्रिमका मिडियाहरुले जतिबेला समाचार लेख्ने आँट पनि गरेनन्। झुटो अभियोगमा दुई सैनिकले झुटो अभियोगमा जेल सजाय भोगिरहेको भन्दै हामी समाचार लेख्न पछि हटेनौं। हामीले निरन्तर…

थप

काठमाडौं । निर्देशक दिनेश राउतको आगामी फिल्ममा अभिनेताद्दय प्रदिप खड्का र पल शाह सँगै देखिने भएका छन् । भदौबाट फ्लोरमा जाने फिल्मको कथा विकास सुवेदीले लेखिरहेका छन् । सामाजिक विषयबस्तुमा निर्माण हुन लागेको फिल्मम पहिलो पटक प्रदिप र पलले सहकार्य गर्न लागेका हुन् । फिल्मकै लागि भनेर पल अनुप बरालसाग अभिनय क्लास लिने तयारीमा रहेका छन् ।

थप

काठमाडौं । फिल्म ‘दिमाग खराब’को छायांकन सक्किएको छ । निर्माण टिमले ३६ दिनमा फिल्मको छांयाकन पूरा गरेका हुन् । निर्देशक निश्चल बस्नेतको निर्देशन रहेको फिल्मको काठमाडौंको पिंगलास्थानस्थित नेपाल सिनेमा क्याम्पसमा फिल्मको अन्तिम सिन खिचिएको हो । ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टस्को ब्यानरमा निर्माण हुने फिल्ममा निमेष श्रेष्ठको सम्पादन, सुशन प्रजापतिको छायांकन, जयन के वाइवा र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको छ । फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा, स्वस्तिमा खड्का र विजय बरालको मुख्य भूमिका रहेको छ । फिल्मको निर्मातामा रौनक विक्रम कँडेल र कार्यकारी निर्मातामा सुरज बम ठकुरी छन् ।

थप

काठमाडौैं । ‘प्रेमगीत ३’बाट फिल्ममा डेब्यू गर्दै गर्दा क्रिष्टिना गुरुङले लोभलाग्दो चर्चा कमाइन् । अडिसनमा सयौं प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनले पहिलो फिल्ममै स्टार अभिनेता प्रदीप खड्कासँग स्क्रिन शेयर गर्ने अवसर पाएकी थिइन् । फिल्ममा छनोट भएदेखि रिलिजसम्मै क्रिष्टिनाले राम्रो चर्चा पाइन् । उनको चर्चा नेपालमा मात्र भएन, भारत लगायतका देशमा रहेका नेपालीमाझ समेत उनी चर्चित बनिन् । किनकि उक्त फिल्म नेपाल, भारतसँगै विश्वका धेरै देशमा एकसाथ प्रदर्शनमा आएको थियो । उक्त फिल्म रिलिज भएपछि क्रिष्टिनालाई अन्य फिल्ममा पनि देख्न पाउने अपेक्षा थियो । ‘प्रेम गीत ३’ फिल्म हिट त भयो तर फिल्म रिलिजपछि क्रिष्टिनाको चर्चा भने पहिलेजस्तो हुन सकेन ।

थप

काठमाडौंँ । चर्चित कलाकार सागर लम्साल ‘बले’ले फिल्म निर्माण गर्ने भएका छन् । उनले आफ्नै होम प्रोडक्सन बले इन्टरटेनमेन्टबाट फिल्म निर्माण गर्न लागेका हुन् । १२ वर्षअघि ‘लोफर’ फिल्मबाट अभिनय यात्रा थालेका उनले यहि फिल्मबाट ‘बले’ उपनाम पाएका थिए । त्यसयता केही फिल्ममा अभिनय गरेका उनी चर्चामा भने चर्चित हास्य टेलिश्रृङखला ‘भद्रगोल’बाट आएका हुन् । अहिले ‘सक्किगोनि’मा नियमित देखिँदै आएका उनी म्युजिक भिडियोमा समेत उत्तिकै रुचाइएका छन् । दर्शकहरुको मायालाई आत्मसाथ गर्दै आफूले फिल्म निर्माण गर्ने सोच बनाएको लम्सालले बताए । फिल्मको स्क्रिप्ट लेखन उनी आफैंले गरिरहेका छन् । जसको काम अन्तिम चरणमा पुगेको लम्सालले बताए । आफुले निर्माण गर्ने…

थप

काठमाडौंँ । फिल्म ‘हिँड्दा हिँड्दै’ भदौ १ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको हो । आकाश श्रेष्ठ, सलोन बस्नेत, रेखा शाह, सानिया खान, विकास थापामगर, विमल श्रेष्ठ, बालकलाकार अर्विन थिङ्ग लगायतको अभिनय फिल्ममा छ । मिलन आलेमगरको निर्देशन रहेको फिल्म सुशील पंगेनीले लेखेका हुन् । विमल श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा राज लामा निर्मातामा छन् भने प्रमोद कुमार तामाङ र महादेश शाह सह–निर्मातामा छन् । आरआर फिल्मस्ले वितरण गर्ने रोमान्टिक ड्रामामा निर्माण भएको फिल्म सुमनकुमार तण्डुकारको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, तारा प्रकाश लिम्बू र किरण माइकल घिमिरेको संगीत, गौतमराज…

थप

काठमाडौं । नेपाल प्रहरीका ३० औं महानिरीक्षक (आईजी) हुन्, बसन्त बहादुर कुँवर । २८ मार्च १९७० जन्मिएका कुँवर नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ चैत १० गतेको निणर्यअनुसार आईजी नियुक्त भएका हुन् । प्रहरी महानिरीक्षक कुँवर वि.सं. २०५१ चैत ५ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका हुन् । त्यसको १२ वर्षपछि २०६३ भदौ ८ गते कुँवर प्रहरी नायब उपरीक्षक (डिएसपी) मा पदोन्नती भएका हुन् । डिएसपी भएको ८ वर्षपछि २०७१ फगुन १० गते प्रहरी उपरीक्षक (एसपी) मा पदोन्नती भएका कुँवर चार वर्षपछि २०७५ फागुन ६ गते प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका हुन् । एसएसपी भएको चार…

थप