काठमाडौं । धनगढीमा प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ । बुधबार कैलाली प्रहरीको टोलीले धनगढी उपमहानगरपालिका-१ स्थित साथीभाई होटलबाट उनीहरुलाई पक्राउ गरेको हो ।
होटलमा जुवातास भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) गंगादत्त बडुको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई समातेको पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा एकजना पूर्व प्रहरी निरीक्षक (इन्सपेक्टर) पनि रहेको खुलेको छ । केही समय अघिमात्र रिटायर भएका पूर्व इन्सपेक्टर प्रेमसिंह खड्का पनि जुवाखालबाट समातिएको खुलेको हो ।
खड्कासँगै धनगढी उपमहानगरपालिका-५ बस्ने ४६ वर्षका पवन पन्त, सोही ठाउँका ४२ वर्षका हेमराज जोशी, धनगढी-३ बस्ने ४० वर्षका लक्ष्मीराज जोशी, धनगढी-४ बस्ने ३६ वर्षका जितेन्द्र भट्ट, धनगढी-८ बस्ने ४६ वर्षका गणेश दाहाल, धनगढी ५ बस्ने ५९ वर्षका महेन्द्रसिंह खड्का, धनगढी-३ बस्ने ३६ वर्षका धर्म बोगटी र डोटी शिखर नगरपालिका-३ बस्ने ५१ वर्षका रमेश कडायतलाई पनि जुवाखालबाट पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट नगद ३३ हजार ८५५ र ३ गड्डी तास पनि बरामद गरिएको र अहिले उनीहरुलाई थुनामा राखेर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दले बताए ।
